काठमाडौं– १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रचार सुरु गरेका छन्। 
कांग्रेसको संस्थापन इतर पक्षमा रहेका कोइरालाले सामाजिक सञ्जालबाट प्रचार सुरु गरेका हुन्। 
इतर पक्षबाट शेखरसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला र नेता प्रकाशमान सिंह सभापतिका आकांक्षी छन्। 
इतर पक्षका नेताहरुबीच सभापतिमा साझा उम्मेदवार तय गर्न भन्दै सहमतिका लागि छलफल चलिरहेको छ।
सहमति निर्माण गर्न भनेर भइरहेका छलफलमा क्रममा सभापतिका आकांक्षीमध्ये वरिष्ठ नेता पौडेल र महामन्त्री डा. कोइरालाले केही लचक हुने संकेत पनि गरेका छन्। 
तर, प्रकाशमान सिंह र डा शेखर कोइराला आफ्नो अडानबाट पछि हट्न नमान्दा सहमति जुट्न नसकेको नेताहरुको भनाइ छ। 
कांग्रेसको १४औं महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदै छ।   
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।