काठमाडौं- मध्यक्रमका ब्याटर ट्रविस हेडको आक्रामक शतकमा एसेज सिरिजअन्तर्गत पहिलो टेस्ट खेलमा घरेलु टोली अस्ट्रेलियाले पहिलो इनिङ्समा १९६ रनको अग्रता बनाएको छ।
दोस्रो दिनको समाप्तिमा अस्ट्रेलियाले पहिलो इनिङ्समा ८४ ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४३ रन बनाएको यो।
अस्ट्रेलियाका बायाँ हाते ब्याटर ट्रेविस हेड १ सय १ सय १२ रनमा अविजित छन्। हेडले मात्र ८५ बलमा शतक प्रहार गरेका थिए। उनले ९५ बलमा १२ चौका र २ छक्का प्रहार गरे।
टेस्ट करिअरको हेडको तेस्रो तथा एसेज सिरिजमा पहिलो शतक हो। यता, मिचेल स्टार्क १० रनमा अविजित छन्।
ओपनर डेविड वार्नर शतक बनाउनबाट चुके। तीव्र गतिका बलर ओली रोविन्सनको स्लो बलमा वार्नर कभरमा बेन स्टोक्सबाट क्याच आउट भएपछि शतक बनाउन ६ रनले चुकेका थिए।
उनले १ सय ७६ बलमा ११ चौका र २ छक्कासहित ९४ बनाए। यता, मार्नस लाबुसेन ७४ रनमा क्याच आउट भए। १ सय १७ बल खेलेका लाबुसेनले ६ चौका र २ छक्का प्रहार गरे।
स्टिभ स्मिथ, एलेक्स केरी र प्याट कमिन्स१२–१२ रनमा आउट भए । इङ्ग्ल्याण्डका ओली रोविन्सनले सर्वाधिक तीन विकेट लिएका छन्। जो रुट, मार्कवुड, ज्याक लेच र क्रिस वोक्सले १–१ विकेट लिए।
यसअघि ब्रिसबेनमा कप्तान प्याट कमिङसको घातक बलिङसँगै अस्ट्रेलियाविरुद्धको एसेस क्रिकेट सिरिजअन्तर्गतको पहिलो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा इङ्ल्याण्ड १४७ रनमा अलआउट भएको थियोे।
टस जितेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्याण्ड ५०.१ ओभरमा अलआउट हुँदै १४७ रनमा समेटिएको हो।
इङ्ग्ल्याण्डका लागि जोस बटलरले सर्वाधिक ३९ रन जोडे। उनले ५८ बलमा ५ चौका प्रहार गरे।
यता, ओली पोपले ७९ बलमा २ चौका प्रहार गर्दै ३५ रन बनाए भने हसिव हमिद २५ रनमा आउट भए। उनले ७५ बलमा ३ चौका प्रहार गरे। अन्य ब्याट्सम्यानले भने अस्ट्रेलियासामू दोहोरो अंकमा रन बनाउन सकेनन्।
यता, ओली पोपले ७९ बलमा २ चौका प्रहार गर्दै ३५ रन बनाए भने हसिव हमिद २५ रनमा आउट भए। उनले ७५ बलमा ३ चौका प्रहार गरे। अन्य ब्याट्सम्यानले भने अस्ट्रेलियासामू दोहोरो अंकमा रन बनाउन सकेनन्।
इङ्ग्ल्याण्डलाई सस्तैमा समेट्न अस्ट्रेलियाका कप्तान प्याट कमिङसले सर्वाधिक ५ विकेट हात पारे। उनले १३.१ ओभर बलिङ गर्दै ३ मेडन राखेर ३८ रन खर्चिए। कमिङसको कप्तानीको यो पहिलो टेस्ट हो।
यता, मिचेल स्टार्क र जोस ह्याजलउडले समान दुई/दुई विकेट लिए भने क्यामरोन ग्रिनले एक विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।