काठमाडौं– १४औं महाधिवेशनमा सभापतिका आकांक्षी रहेका नेपाली कांग्रेस संस्थापन इतर पक्षका ४ नेतालाई मनाउने 'जिम्मा' ३ नेताले पाएका छन्। 
संस्थापन इतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला तथा नेताहरु प्रकाशमान सिंह र डा शेखर कोइराला सभापतिका आकांक्षी छन्। 
संस्थापन इतर पक्षबाट सभापतिमा साझा उम्मेदवार तय गर्ने भन्दै सोमबारदेखि नेताहरुबीच निरन्तर सामूहिक र छुट्टा–छुट्टै चलफल चलिरहेको छ। 
तर, सभापतिका आकांक्षीहरु आफ्नो अडानबाट पछि नहट्दा साझा उम्मेदवार तय गर्ने विषयमा सहमति जुट्न सकेको छैन। 
मंगलबार र बुधबार दिनभरजसो छलफल हुँदा पनि सहमति हुन नसकेपछि बिहीबार नेताहरु अर्जुन नरसिंक केसी, महेश आचार्य र बलबहादुर केसीले आकांक्षीहरुलाई सहमतिमा ल्याउने प्रयास थालेका छन्। 
इतर पक्षका केन्द्रीय सदस्यको बैठकले ३ जना नेताहरुलाई सभापतिका ४ जनाबीच सहमति निर्माण गरी साझा उम्मेदवार तय गर्न सहजीकरण गर्ने जिम्मेवारी दिएको हो। 
केन्द्रीय सदस्यहरु बैठकपछि ३ जना नेताहरुले सभापतिका आकांक्षीहरुसँग बेग्लाबेग्लै भेटवार्ता समेत गरेका छन्। 
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।