काठमाडौं– नेपाली कांग्रेसको वर्तमान केन्द्रीय समितिको 'अन्तिम' बैठक सकिएको छ। बैठकमा १४औं महाधिवेशनको तयारी तथा निर्धारित समयमै महाधिवेशन सक्ने विषयमा छलफल भएको छ। 
प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बिहीबारको बैठकले महामन्त्री डा शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवको लेखासम्बन्धी प्रतिवेदन पारित भएको छ। 
लेखासम्बन्धी प्रतिवेदन पेस गर्दै कोषाध्यक्ष यादवले कांग्रेसको कोषमा १० करोड रुपैयाँ मौज्दात रहेको जानकारी दिइन्। 
यसअघि भएका विधानमा बाधा अड्काउ फुकाउ, विधानको केही धारा निलम्बन गरेको निर्णयलाई पनि बिहीबारको बैठकले अनुमोदन गरेको छ। 
बिहीबारको बैठकमा केन्द्रीय सदस्य र पदाधिकारीको संख्या बढाउने प्रस्ताव लैजाने तयारी भएको भनिए पनि बैठकमा त्यस्तो कुनै प्रस्ताव पेस भएन। 
 
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।