काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सभापतिको उम्मेदवारीबाट पछि नहट्ने बताएका छन्। 
बिहीबार बिहान काठमाडौंमा उपलब्ध जिल्ला सभापति र पूर्वसभापतीहरुसँग छलफल गरेर उनले राय लिएका थिए। 
छलफलमा सहभागी अधिकांशले कोइराला सभापतिमा उठे मात्रै संस्थापन इतबाट जित निस्कने धारणा राखेका थिए।  प्रतिउत्तरमा शेखरले सभापतिको उम्मेदवारी दिने बताएका थिए। नेता प्रकाशमान उठे पनि आफ्नो उम्मेदवारी रहने उनले सहभागीसँग प्रतिवद्धता व्यक्त गरेका थिए।
'कांग्रेस अब पार्टी रहेन। ठेकेदारले कब्जा गरे' मोरङ जिल्ला सभापति डिग बहादुर लिम्बूले भने, ' कांग्रेस बचाउन शेखर सभापति हुनुपर्छ। उहाँलाई उठ्न सल्लाह दियौं।'
 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।