काठमाडौं– नेपाली कांग्रेसका प्रभावशाली नेता तथा नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक स्थिरता, पार्टी एकता र कार्यकताको वृहत्तर हितका निम्ति पार्टी सभापतिमा शेरबहादुर देउवालाई नै निरन्तरता दिनुपर्ने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै खाणले भने, ‘राजनीतिक स्थिरता, पार्टी एकता र कार्यकताको वृहत्तर हितका निम्ति पार्टी सभापतिमा शेरबहादुर देउवाको निरन्तरता आवश्यक छ।’
आसन्न महाधिवेशनले सभापतिमा देउवालाई नै निरन्तरता दिने निर्णय गर्नेमा आफू विश्वस्त रहेको उनले बताए।
गृहमन्त्री खाणले आगामी स्थानीय तहको निर्वाचन र आम निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न कांग्रेसमा एकता र वर्तमान गठबन्धनको स्थिरता आवश्यक रहेको समेत बताए। ‘स्थानीय तहको निर्वाचन, आम निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न नेपाली कांग्रेसमा एकता र गठबन्धनको स्थिरता आवश्यक छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।