काठमाडौं– नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले आफ्नो पक्षबाट साझा उम्मेदवार बनाउन सकिन्छ भन्नेमा आत्मविश्वास बढेको बताएका छन्।
संस्थापन इतरबाट साझा उम्मेदवार तय गर्न अनुपम फुडल्याण्डमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रिजालले विभिन्न चरणमा छलफल हुँदा साझा उम्मेदवार बनाएर सभापति निर्वाचित गराउन सकिने दाबी गरे। ‘हाम्रो समूहबाट साझा उम्मेदवार बनाउन सकिन्छ भन्ने आत्मविश्वास छ,’ रिजालले भने, ‘हिजो चाक्सीबारी बैठकबाट निस्केपछिको अप्ठ्यारो र तिक्ततापूर्ण परिस्थितिबाट झन बढी हाम्रो संकल्प बढेको छ। झन हामो मेहनत बढेको छ। त्यो घटनापछि परिस्थितिलाई सम्हालेर अगाडि लग्ने कुरामा हामीलाई सफलता प्राप्त हुन्छ भन्ने दहिलो आधार फेला पारेका छौं।’
आफूहरु आत्मविश्वासका साथ साझा उम्मेदवार बनाउने गरी कामगरी रहेको रिजालले बताए। ‘हामी साझा उम्मेदवार बनाउँछौं र परिणाम ल्याउँछौं,’ उनले भने, ‘साझा उम्मेदवार महाधिवेसनबाट सभापति पदमा बहुमतले निर्वाचित हुनेछ।
आफ्नो पार्टी कम्युनिष्ट नभएको बताउँदै रिजालले लोकतान्त्रिक पद्दतिबाट नेतृत्व चयन गर्दा सकस हुनु सामान्य भएको बताए। ‘हाम्रो पार्टी कम्युनिष्ट पार्टी होइन । हाम्रो पार्टी कांग्रेस हो, लोकतान्त्रिक पार्टी हो,’ रिजालले भने, ‘यो पार्टीमा विपी गणेशमान, सुवर्ण शमशेर त सर्वसम्मत हुन नसकेर प्रतिस्प्रधा गर्नुपरेको थियो।’
नेतृत्व छान्नलाई देशैभरबाट कार्यकर्ता एउटा सन्देश लिएर आएको बेलामा किन सर्वसम्मत भएन भनेर प्रश्न सोध्नु गलत भएको रिजालले टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।