काठमाडौं- नेपाली कांग्रेसमा संस्थापन इतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले आफू निकट नेताहरुसँग छलफल गरिरहेका छन्।
बिहीबार विहान वसुन्धारास्थित दियालो फुडल्याण्डमा कोइरालाले प्रदेशमा विजयी र,पराजितसँग छलफल गरिरहेका हुन्। त्यस्तै छलफलमा जिल्ला सभापतिमा विजयी र पराजित नेताहरु पनि रहेका छन्।
बुधबार संस्थापन इतरबाट सभापतिको साझा उम्मेदवार तय गर्न प्रयास गरिएको भएपनि असफल भएको थियो । सभापतिका आकांक्षीहरु पछि नहट्दा साझा उम्मेदवार चयन सम्भव हुन सकेको थिएन । संस्थान इतरले आज साझा उम्मेदवार तय गर्ने जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।