काठमाडौं– आसन्न महाधिवेशनको तयारी तथा आफ्नो पक्षको लाइन क्लियर गर्ने उद्देश्यले कांग्रेस नेता कृष्णप्रसाद सिटौला समूहको बैठक बस्दैछ।
दिउँसो ३ बजे गौशालास्थित नेता सिटौलाको सम्पर्क कार्यालयमा बस्ने बैठकमा उनी पक्षका सबै नेता उपस्थित हुने जनाइएको छ।
यसअघि बुधबार सिटौला निवासमा बसेको बैठकले सभापतिमा आफै उठ्ने वा कुनै समूहलाई सघाउनेबारे निर्णय गर्ने अधिकार सिटौलालाई दिने निर्णय गरेको थियो।
बुधबारै वरिष्ठ नेता रामचन्द्र पौडेलले सिटौलालाई भेटी आफूलाई सहयोग गर्न आग्रह गरेका थिए। उनीपक्षका अधिकांश भने सभापति शेरबहादुर देउवालाई सघाउनु पर्ने पक्षमा देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।