काठमाडौं– नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका गगनकुमार थापाले आज (बिहीबार) आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै छन्।
उनले दिउँसो ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमबीच ‘समुन्नत नेपालः सम्मानित नेपाली’ संकल्पसहितको अवधारणापत्र सार्वजनिक गर्न लागेको उनको सचिवालयले जनाएको छ।
उनले सामाजिक सञ्जालमार्फत अवधारणापत्रबारे जानकारी दिएका हुन्। ‘समुन्नत नेपालः सम्मानित नेपाली संकल्प पूरा गर्न सक्ने पार्टी बनाउन कांग्रेसको पुनर्जागरण र रुपान्तरणका लागि मेरो अवधारणा सार्वजनिक गरिने कार्यक्रममा तपाईंको गरिमामय उपस्थिति एवं सल्लाह सुझावको अपेक्षा गरेको छु,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।