काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनमा हुने निर्वाचनको लागि आचारसंहिता सार्वजनिक भएको छ। बुधबार केन्द्रीय निर्वाचन आयोगका संयोजक गोपालकृष्ण घिमिरेले जारी गरेको आचारसंहितामा विभिन्न ६ वटा बुँदा रहेका छन्।
‘मतदानस्थलभित्र (भृकुटीमण्डप/राष्ट्रिय सभागृह) प्रवेश गर्दा मोबाइल फोन लिएर जान पाइने छैन’, आचारसंहितामा भनिएको छ।
त्यस्तै, नेपाली कांग्रेसको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, राष्ट्रिय सभागृह/भृकुटीमपण्डप, प्रदर्शनी मार्ग महाधिवेशनसँग सम्बन्धित स्थल रहेकाले त्यस वरपर ५०० मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रकारको प्रचार सामाग्री टाँस्न र माइकिङ गर्न नपाइने उल्लेख छ।
आफ्नो उम्मेदवारीको प्रचारप्रसाद गर्नुपर्दा भिजिटिङ कार्ड र सामान्य अपिल वितरण गर्न सकिने छ। तर, कसैको पनि व्यक्तिगत चरित्रमा लाञ्छना लाग्ने गरी प्रचारप्रसार गर्न पाइने छैन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।