काठमाडौं– नेपाली कांग्रेस नेता अर्जुन नरसिंह केसीले आसन्न महाधिवेशनमा संस्थापन इतर पक्षबाट साझा उम्मेदवार तय गर्नेबारे भोलि (बिहीबार) बेलुकासम्म टुंगोमा पुग्ने बताएका छन्।
नेता प्रकाशमान सिंहको काठमाडौं चाक्सीबारीस्थित निवासमा बुधबार भएको बैठकबाट बाहिरिने क्रममा नेता केसीले बुधबारको छलफलमा सहमति नजुटेकाले भोलिसम्म टुगोमा पुगिने बताए।
‘अहिलेसम्म अन्तिम टुंगोमा पुगेका छैनौं। हामीले अनुपम फुडल्याण्डमा बसेर छलफल गर्यौं। हाम्रो पक्षबाट जितेका झण्डै ३२ जना सभापतिहरुसँग बसेर कुरा गर्यौं। उहाँहरुले आफ्नो किसिमको राय र सुझाव दिनुभएको थियो,’ केसीले भने, ‘त्यो दृष्टिकोणलाई हामीले आत्मसाथ गरेर तदनुरुप दिनभर बसेर छलफल गर्यौं। कुराकानीमा हामीहरु मिल्ने पक्षमा छौं। तर,अहिलेसम्म अन्तिम टुंगो लगाएका छैनौं।’
सहमतिमा पुग्न केही प्राविधिक र केही राजनीतिक विषय मिलाउन बाँकी रहेको केसीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।