काठमाडौं- नेपाली कांग्रेसको विदेश निकाय अन्तर्गतको जनसम्पर्क समिति अमेरिकाबाट चयन भएका महाधिवेशन प्रतिनिधिका बारेमा विवाद देखिएको छ।
पार्टीको विधान विपरित र निर्वाचनको कुनै प्रक्रया पूरा नगरि महाधिवेशन प्रतिनिधि चयन भएको भन्दै कांग्रस पार्टी कार्यालय सानेपामा उजुरी परेको हो।
पार्टीको विधान, नियमावली, निर्देशिका बमोजिम निर्वाचित भइ केन्द्रीय महाधिवेशनमा प्रतिनिधि आउनुपर्नेमा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले तानाशाही, अलोकतान्त्रिक र स्वेच्छारी ढंगले अवैधानिक रुपमा च्याप्टरहरु र केन्द्रिय समितिको निर्वाचनको कुनै पनि प्रक्रिया पूरा नगरी एकलौटी ढंगले महाधिवेशन प्रतिनिधिको नाम छानेर पठाएको भन्दै केन्द्रीय कार्यालय र निर्वाचन समितिमा उजुरी परेको हो।
अमेरिकाबाट ज्ञानल थापासहितले उक्त निर्वाचनलाई मान्यता नदिन भन्दै उजुरी गरेका हुन्। उक्त अवैधानिक रुपमा आएका नामहरु बदर गरी खारेज गर्न निवेदनमा माग गरिएको छ।
निवेदनमा अवैधानिक रुपमा आएका महाधिवेशन प्रतिनिधि खारेज गर्न माग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।