काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर (पौडेल) पक्षका नेताहरुबीचको बैठक सुरु भएको छ।
१४औं महाधिवेशनमा सभापति सहित पदाधिकारीका साझा उम्मेदवार तय गर्न संस्थापन इतर पक्षका नेताहरु सोमबारदेखि निरन्तर छलफलमा छन्।
पौडेल पक्षका नेताहरुले बुधबार बिहान नवनिर्वाचित तथा निवर्तमान जिल्ला सभापति, नवनिर्वाचित प्रदेश सभापति र केन्द्रीय समिति सदस्यहरुसँग छलफल गरेका थिए।
बिहानको छलफलबाट प्राप्त रायका आधारमा साझा उम्मेदवार तय गर्न भनेर नेता प्रकाशमान सिंहको काठमाडौं चाक्सीबारीस्थित निवासमा नेताहरु भेला भएका हुन्।
बैठकमा सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालासहित केही केन्द्रीय सदस्यहरु पनि सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।