काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवापक्षको बैठकमा तीन जना नेताले महामन्त्रीमा दाबी गरेका छन्।
बुधबार करिब तीन घण्टादेखि बूढानीलकण्ठमा जारी बैठकमा संस्थापनपक्षबाट पदाधिकारीमा आकांक्षी धेरै भएपछि उम्मेदवार चयन गर्न सकस परेको छ।
संस्थापन पक्षबाट महामन्त्रीमा डा प्रकाश शरण महत, बालकृष्ण खाण र एनपी साउदले दाबी गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए। महामन्त्रीका अर्का आकांक्षी ज्ञानेन्द्र कार्की भने भरखरै बैठकमा सहभागी भएका छन्।
त्यस्तै सहमहामन्त्रीमा दर्जन बढीले दाबी गरेका छन्। कांग्रेस विधानमा आठजना सहमहामन्त्रीको व्यवस्था भएकाले धेरै जनाले उम्मेदवारको आकांक्षा गरेका छन्।
उपसभापतिमा भने हालसम्म कसैले पनि दाबी गरेका छैनन्। पूर्ण बहादुर खड्काले बैठकको सञ्चालन गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।