काठमाडौं- कांग्रेस नेता कृष्णप्रसाद सिटौलापक्षका अधिकांश नेताहरुले शेरबहादुर देउवापक्षसँग मिल्न सुझाव दिएका छन्।
बुधबार विहान चण्डोलस्थित नेता सिटौला निवासमा बसेको उनीपक्षीय नेताहरुको बैठकमा आसन्न महाधिवेशनमा संस्थापन पक्षसँग मिल्नुपर्ने सुझाव आएको बैठकमा सहभागी एक नेताले बताए।
बैठकमा सिटौलासहित केन्द्रीय सदस्य प्रदीप पौडेल, भीमसेनदास प्रधान, उमाकान्त चौधरी, शिव हुमागाईं लगायतका नेताहरुका साथै भ्रातृ संस्थामा रहेका उनी पक्षीय पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
सिटौलाले सभापतिमा उम्मेद्वारी दिने/ नदिने वा कुन पक्षसँग गठबन्धन गर्नेबारे आफू निकट नेताहरुसँग छलफल गरेका हुन्। छलफलमा सहभागीहरुले इतरसँग भन्दा सभापति देउवापक्षसँग मिल्न सुझाव दिएका हुन्।
सिटौलापक्षीय नेताहरुको बैठक जारी रहँदा सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल पनि चण्डोल पुगेर आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका थिए।
१३ औं महाधिवेशनमा सिटौंला सभापतिको उम्मेदवार भएर पराजित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।