• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ३०, २०८३ Tue, Sep 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

एमाले केन्द्रीय सदस्य विजेता घोषणा गर्दा कहाँ गडबड भयो?

64x64
डिबी खड्का बुधबार, मंसिर १५, २०७८  १६:५१
1140x725

काठमाडौं- नेकपा एमालेको १०औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य (खुला) र थारु क्लस्टरको विजेताको नाम घोषणा गर्दा ‘प्राविधिक त्रुटि’ देखिएको छ। उक्त त्रुटिका कारण चार उम्मेदवारले जितेको वा पराजय व्यहोरेको अनिश्चित बनेको छ। 

खुला केन्द्रीय सदस्य टंकप्रसाद कार्की र भीम रावल तथा थारु क्लस्टरमा रहेका नरुलाल चौधरी र जयप्रकाश चौधरीले केन्द्रीय सदस्यमा हारेका वा जितेका स्पष्ट हुन सकेको छैन।

एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले सुरुमा कार्कीलाई सदस्यमा विजयी भएको घोषणा गरेका थिए। तर, पछि सच्याउँदै उनी पराजित भएको बताए। 

निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली निकाल्दा १०० जनाको नाम थियो। मत परिणाममा ९९ जनाको मात्र नाम छ। अन्तिम नामावलीमा भएका तर, मत परिणाममा नभएका उम्मेदवार हुन्, सुरेन्द्र मानन्धर। उनी आफूले उम्मेदवारी फिर्ता लिएको बताउँछन्।

केन्द्रीय सदस्य (खुला) मा ८४ जनाको कोटा छ। १९ पदाधिकारीमध्ये निर्विरोध नभएका १४ जना पनि केन्द्रीय सदस्यको प्रतिश्पर्धामा थिए। ९९ उम्मेदवार कायम हुँदा पदाधिकारीमा विजयी १४ जना स्वतः केन्द्रीय सदस्यको प्रतिश्पर्धाबाट बाहिरिन्छन्। त्यसपछि ८५ प्रतिश्पर्धी मात्र कायम रहने कारण एक जना उम्मेदवार मात्र पराजित हुनुपर्छ।

आयोग अध्यक्ष सुब्बाले पढेको उक्त सूचीअनुसार कार्कीले ९०५ मत पाएका छन्। जबकि, आयोगले केन्द्रीय सदस्यमा विजयी भनेको र अध्यक्षमा पराजित भीम रावलको ९०४ मत मात्रै छ। यसाे हुँदा कार्की विजयी भएर रावल केन्द्रीय सदस्यमा पनि पराजित हुन्छन्।

घोषणा गर्दागर्दै ओलीतिर हेर्दा आशंका
टंकप्रसाद कार्कीले अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव बाहिरबाट सचिवममा उम्मेदवारी दिएका थिए। ओलीको सूचीविरुद्ध गएका उनी सचिवमा पराजित भए।

सदस्यमा कार्कीको नाम पढेपछि अध्यक्ष विजय सुब्बा ओलीतिर हेर्छन् र भन्छन्, ‘यहाँ विजयी लेखिएको छ।’ विजयीहरुको नाम घोषणापछि पोडियमबाट गएको उनी पछि फेरि आएर सच्याइएको बताउँदै कार्की पराजित भएको उल्लेख गरे। सुब्बाले नाम पढ्दै गर्दा ओलीतिर हेरेको र ‘विजयी लेखिएको’ भन्ने भाषाको प्रयोग गरेकाले नियतवश हराउन खोजिएको कार्की निकटहरू आशंका गरिरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

उम्मेदवार कार्की भन्छन्, 'आयोगका अध्यक्षले नाम घोषणा गर्दा अध्यक्ष ओली तिर हेर्नुले निर्वाचन प्रकृयानै एकपक्षीय भएको जस्तो आशंका सिर्जना गरेको छ।'

कतिपयले सबैभन्दा कम मत देखिएका रावललाई केन्द्रीय कमिटीमा निरन्तरता दिन अध्यक्ष केपी शर्मा ओलीले अर्को उम्मेदवार हराउन खोजेको रुपमा पनि बुझेका छन्। केन्द्रीय कमिटीमा नरहने पहिल्यै घोषणा गरेका रावललाई केन्द्रीय कमिटीमै हराएको आरोपबाट मुक्त हुन ओली पक्षले यस्तो गर्न खोजेको हुनसक्ने केहीको आशंका छ।

पहिलोपटक भोटिङ मेसिनबाट मतदानको अभ्यास गरेको एमाले निर्वाचन आयोगले भने पुनः त्यसको परीक्षण गरिरहेको छ। राम्रोसँग परीक्षण गरेर मात्रै अन्तिम परिणाम प्रमाणित गर्ने तयारीमा आयोग छ। 

आयोगका अध्यक्ष सुब्बा हतारमा नतिजा प्रकाशित गर्दा केही प्राविधिक गडबडी भएको बताउँछन्। अहिले आफ्नो टिम त्यसलाई फेरि रुजु गर्नेतर्फ लागेको उनको भनाइ छ। उनले भने, ‘मेसिनमा मत परिणाम उस्तै राखिएको छ। त्यसलाई वर्णानुक्रमअनुसार सार्दा गडबडी भएको हुनसक्ने देखिएकाले हेर्दैछौं। हस्ताक्षर गरेर पार्टीलाई बुझाइने विजेताको नामवली दुरुस्त हुन्छ।’

थारु क्लस्टरमा के भयो?

थारु खुला कोटामा पनि अध्यक्ष सुब्बाले विजेताको नाम जयप्रकाश थारु भएको सुरुमा घोषणा गरे। सुब्बाले जयप्रकाश थारुको १७५३ भोट आएको बताएका थिए। यसैगरी नरुलाल चौधरी ७१९ मत ल्याएर पराजित भएको उनले बताए। 

विजयी भनिएका जयप्रकाश अध्यक्ष ओलीले प्रस्ताव गरेको सूचीबाहिरका हुन्। उनले अनपेक्षित जित निकालेको धेरैले अनुमान लगाए। तर, लामो समय उनको जित टिकेन बरु प्राविधिक गडबडी भएको बताउँदै सुब्बाले सच्याए। नरुलाल नै विजय बनेको उनले घोषणा गरे। 

आयोगले नतिजा सार्वजनिक गर्दा उम्मेदवारको वर्णानुक्रमअनुसार गरेको थियो। त्यहाँ कृपाराम राना र गौरीशंकर थारुपछि जयप्रकाश चौधरीको नाम आउनुपर्थ्यो। तर, नरुलालको आयो। वर्णानुक्रममा नरुलाल चौथौमा आउनुपर्छ र जयप्रकाश तेस्रो नम्बरमा आउनुपर्छ। उम्मेदवारी दर्तामा जयप्रकाश अन्तिममा र नरुलाल तेस्रोमा थिए। 

मतपरिणाम वर्णानुक्रम तर, नाम टाइप भने उम्मेदवारी अनुसार नै पर्न जाँदा गल्ती भएको अध्यक्ष सुब्बा बताउँछन्। समग्र परिणाम हेर्दा पनि आयोगको दाबी सही देखिन्छ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १६:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
नेपालसँग २०२७ भित्र द्विपक्षीय सिरिज खेल्ने बंगलादेशको तयारी मंगलबार, भदौ ३०, २०८३
निलम्बित एन्फाले राखेपमा गर्ने भनेको धर्ना कार्यक्रम स्थगित मंगलबार, भदौ ३०, २०८३
दुलहीजस्तै सिँगारिँदै छ जोमसोम बजार मंगलबार, भदौ ३०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य मंगलबार, भदौ ३०, २०८३
सञ्चय कोषदेखि बीमा कम्पनीसम्मको पैसा सेयर बजारमा ल्याउने सरकारको योजना मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
विशेष महाधिवेशन स्वीकार नगर्न बादललाई ओलीको फोन, एमाले पुनर्गठन कार्यदलको बैठकमा चर्काचर्की सोमबार, भदौ २९, २०८३
आईसीयूमा अन्तर्वार्ता विवाद चर्किएपछि प्रेस काउन्सिलको छानबिन, सुरजसिंह ठकुरीसहित तीन निकायलाई पत्र सोमबार, भदौ २९, २०८३
बालेन सरकार विघटन गरी अर्को सरकार गठन गर्न जेनजी मुभमेन्ट नेपालको माग सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्