• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

एमाले केन्द्रीय सदस्य विजेता घोषणा गर्दा कहाँ गडबड भयो?

64x64
डिबी खड्का बुधबार, मंसिर १५, २०७८  १६:५१
1140x725

काठमाडौं- नेकपा एमालेको १०औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य (खुला) र थारु क्लस्टरको विजेताको नाम घोषणा गर्दा ‘प्राविधिक त्रुटि’ देखिएको छ। उक्त त्रुटिका कारण चार उम्मेदवारले जितेको वा पराजय व्यहोरेको अनिश्चित बनेको छ। 

खुला केन्द्रीय सदस्य टंकप्रसाद कार्की र भीम रावल तथा थारु क्लस्टरमा रहेका नरुलाल चौधरी र जयप्रकाश चौधरीले केन्द्रीय सदस्यमा हारेका वा जितेका स्पष्ट हुन सकेको छैन।

एमाले निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले सुरुमा कार्कीलाई सदस्यमा विजयी भएको घोषणा गरेका थिए। तर, पछि सच्याउँदै उनी पराजित भएको बताए। 

निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली निकाल्दा १०० जनाको नाम थियो। मत परिणाममा ९९ जनाको मात्र नाम छ। अन्तिम नामावलीमा भएका तर, मत परिणाममा नभएका उम्मेदवार हुन्, सुरेन्द्र मानन्धर। उनी आफूले उम्मेदवारी फिर्ता लिएको बताउँछन्।

केन्द्रीय सदस्य (खुला) मा ८४ जनाको कोटा छ। १९ पदाधिकारीमध्ये निर्विरोध नभएका १४ जना पनि केन्द्रीय सदस्यको प्रतिश्पर्धामा थिए। ९९ उम्मेदवार कायम हुँदा पदाधिकारीमा विजयी १४ जना स्वतः केन्द्रीय सदस्यको प्रतिश्पर्धाबाट बाहिरिन्छन्। त्यसपछि ८५ प्रतिश्पर्धी मात्र कायम रहने कारण एक जना उम्मेदवार मात्र पराजित हुनुपर्छ।

आयोग अध्यक्ष सुब्बाले पढेको उक्त सूचीअनुसार कार्कीले ९०५ मत पाएका छन्। जबकि, आयोगले केन्द्रीय सदस्यमा विजयी भनेको र अध्यक्षमा पराजित भीम रावलको ९०४ मत मात्रै छ। यसाे हुँदा कार्की विजयी भएर रावल केन्द्रीय सदस्यमा पनि पराजित हुन्छन्।

घोषणा गर्दागर्दै ओलीतिर हेर्दा आशंका
टंकप्रसाद कार्कीले अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव बाहिरबाट सचिवममा उम्मेदवारी दिएका थिए। ओलीको सूचीविरुद्ध गएका उनी सचिवमा पराजित भए।

सदस्यमा कार्कीको नाम पढेपछि अध्यक्ष विजय सुब्बा ओलीतिर हेर्छन् र भन्छन्, ‘यहाँ विजयी लेखिएको छ।’ विजयीहरुको नाम घोषणापछि पोडियमबाट गएको उनी पछि फेरि आएर सच्याइएको बताउँदै कार्की पराजित भएको उल्लेख गरे। सुब्बाले नाम पढ्दै गर्दा ओलीतिर हेरेको र ‘विजयी लेखिएको’ भन्ने भाषाको प्रयोग गरेकाले नियतवश हराउन खोजिएको कार्की निकटहरू आशंका गरिरहेका छन्। 

Ncell 2
Ncell 2

उम्मेदवार कार्की भन्छन्, 'आयोगका अध्यक्षले नाम घोषणा गर्दा अध्यक्ष ओली तिर हेर्नुले निर्वाचन प्रकृयानै एकपक्षीय भएको जस्तो आशंका सिर्जना गरेको छ।'

कतिपयले सबैभन्दा कम मत देखिएका रावललाई केन्द्रीय कमिटीमा निरन्तरता दिन अध्यक्ष केपी शर्मा ओलीले अर्को उम्मेदवार हराउन खोजेको रुपमा पनि बुझेका छन्। केन्द्रीय कमिटीमा नरहने पहिल्यै घोषणा गरेका रावललाई केन्द्रीय कमिटीमै हराएको आरोपबाट मुक्त हुन ओली पक्षले यस्तो गर्न खोजेको हुनसक्ने केहीको आशंका छ।

पहिलोपटक भोटिङ मेसिनबाट मतदानको अभ्यास गरेको एमाले निर्वाचन आयोगले भने पुनः त्यसको परीक्षण गरिरहेको छ। राम्रोसँग परीक्षण गरेर मात्रै अन्तिम परिणाम प्रमाणित गर्ने तयारीमा आयोग छ। 

आयोगका अध्यक्ष सुब्बा हतारमा नतिजा प्रकाशित गर्दा केही प्राविधिक गडबडी भएको बताउँछन्। अहिले आफ्नो टिम त्यसलाई फेरि रुजु गर्नेतर्फ लागेको उनको भनाइ छ। उनले भने, ‘मेसिनमा मत परिणाम उस्तै राखिएको छ। त्यसलाई वर्णानुक्रमअनुसार सार्दा गडबडी भएको हुनसक्ने देखिएकाले हेर्दैछौं। हस्ताक्षर गरेर पार्टीलाई बुझाइने विजेताको नामवली दुरुस्त हुन्छ।’

थारु क्लस्टरमा के भयो?

थारु खुला कोटामा पनि अध्यक्ष सुब्बाले विजेताको नाम जयप्रकाश थारु भएको सुरुमा घोषणा गरे। सुब्बाले जयप्रकाश थारुको १७५३ भोट आएको बताएका थिए। यसैगरी नरुलाल चौधरी ७१९ मत ल्याएर पराजित भएको उनले बताए। 

विजयी भनिएका जयप्रकाश अध्यक्ष ओलीले प्रस्ताव गरेको सूचीबाहिरका हुन्। उनले अनपेक्षित जित निकालेको धेरैले अनुमान लगाए। तर, लामो समय उनको जित टिकेन बरु प्राविधिक गडबडी भएको बताउँदै सुब्बाले सच्याए। नरुलाल नै विजय बनेको उनले घोषणा गरे। 

आयोगले नतिजा सार्वजनिक गर्दा उम्मेदवारको वर्णानुक्रमअनुसार गरेको थियो। त्यहाँ कृपाराम राना र गौरीशंकर थारुपछि जयप्रकाश चौधरीको नाम आउनुपर्थ्यो। तर, नरुलालको आयो। वर्णानुक्रममा नरुलाल चौथौमा आउनुपर्छ र जयप्रकाश तेस्रो नम्बरमा आउनुपर्छ। उम्मेदवारी दर्तामा जयप्रकाश अन्तिममा र नरुलाल तेस्रोमा थिए। 

मतपरिणाम वर्णानुक्रम तर, नाम टाइप भने उम्मेदवारी अनुसार नै पर्न जाँदा गल्ती भएको अध्यक्ष सुब्बा बताउँछन्। समग्र परिणाम हेर्दा पनि आयोगको दाबी सही देखिन्छ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १६:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्