• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

राप्रपा महाधिवेशन : थापाले महामन्त्री बनाएका लिङदेनले यसरी जन्माए नयाँ गुट, सहमति खोज्दै राणा

64x64
दुर्गा दुलाल सोमबार, मंसिर १३, २०७८  ११:१०
1140x725

काठमाडौं- पञ्चायती शासन व्यवस्थापछि २०४८ सालमा भएको निर्वाचनमा पूर्वपञ्चहरु एउटै पार्टी बनाउन सफल भएनन्। तर, २०५१ सालमा भएको मध्यावधी निर्वाचसम्ममा उनीहरुले एउटै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बनाए। फलस्वरुप अघिल्लो निर्वाचनमा भन्दा केही बढी सफलता पाए। तर, उनीहरुको एकता दीगो भएन। पार्टी अनेक गुट उपगुटको जञ्जालमा फस्यो। अनि फुट्ने र जुट्ने  सिलसिला सुरु भयो।

संवैधानिक राजतन्त्र रहेको अवधि २०४६-२०६३ बीच राप्रपा अन्तिम पटक २०६२ पुसमा विभाजन भएको थियो। राजाको प्रत्यक्ष शासनकाललाई सर्मथन गर्ने कि नगर्ने भन्ने विवादमा राप्रपा विभाजन भएको थियो। त्यसको करिब आठ वर्षपछि २०७० जेठमा फेरि पार्टी एकता भयो। तर, यो एकता लामो समय टिक्न सकेन।

२०७४ सालमा पार्टी विभाजन हुनुमा दुई वटा कारण मुख्य थिए। पहिलो, राजतन्त्र स्वीकार गर्ने कि गणतन्त्र। दोस्रो, निर्वाचन चिह्न हलो कि गाई। विभाजनपछि कमल थापाले राप्रपा नेपाल बनाए र गाई चुनाव चिन्ह लिए। पशुपतिशमशेर राणाले राप्रपालाई नै अघि बढाए र उनको चुनाव चिन्ह हलो यथावत् भयो। राणाले राजतन्त्रवादी धार छाड्दा थापा त्यसमा अडिग रहे।

यसरी राप्रपाले राजतन्त्रवादी धार छाड्दा त्यसप्रति असन्तुष्टि जनाउँदै थापाले बनाएको राप्रपा नेपालको एक खम्बा थिए, झापाका राजेन्द्र लिङ्देन। २०६२ सालपछि निरन्तर रुपमा थापाकै कित्तामा बसेका लिङ्देनले २०७४ साल मंसिरमा भएको प्रतिनिधिसभामा झापाबाट चुनाव जित्दै संसद्‍मा राप्रपा नेपालको बीउ जोगाए। दोस्रो संविधान सभा निर्वाचनमा हिन्दू र राजतन्त्रको अजेन्डामा निकै भोट पाएको राप्रपा नेपालले यो निर्वाचनमा दयनीय अवस्था व्यहोर्दा लिङदेन एक मात्र प्रतिनिधि सभा सदस्य जित्ने  उम्मेदवार थिए। राणाको राप्रपाले प्रतिनिधि सभाको कुनै पनि निर्वाचन क्षेत्रमा जित हात पार्न सकेन।

यो पनि पढ्नुहोस्

गाई कि हलो : किन अल्झियो राप्रपा एकता?

गणतन्त्र आएपछि दाेस्रो पटक करिब दुई वर्षअघि राप्रपा एक भएको छ। चुनावकाे असफलताले उनीहरुलाई एक ठाउँमा ल्याएको हो। अहिले राप्रपाको अध्यक्ष थापा, जबरा र प्रकाशचन्द्र लाेहनी तीन जना छन्। राप्रपाको एकता महाधिवेशन आगामी मंसिर १५ देखि १७ गतेसम्म काठमाडाैंमा हुँदैछ। यो निर्वाचनले एक अध्यक्ष, तीन उपाध्यक्ष र तीन महामन्त्री चयन गर्ने छ।

महाधिवेशनको मुखमै राप्रपामा नयाँ अध्यक्षकाे बहस तीव्र भएको छ। अध्यक्षको आकांक्षीहरूले उम्मेदवारी घोषणा  गर्न थालेका छन्। कलम थापा, पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी र राजेन्द्र लिङ्देन अध्यक्षको दाबेदार देखिएका छन्। चार जना अध्यक्ष पदको आकांक्षी भइरहँदा मुख्य रुपमा कमल थापा र राजेन्द्र लिङदेनबीच मात्र निर्वाचन हुने समीकरण अघि बढेको छ। राणा र लोहनीले सहमतिमै अघि बढ्नुपर्ने भन्दै आएका छन्।

राणाले अध्यक्षको दाबेदारी सार्वजनिक गरेका छैनन्। लोहनीले भने आफू स्वत: दाबेदार भएको भन्ने गरेका छन्। उनले पनि सार्वजनिक रुपमा उम्मेदवारी घोषणा गरेका छैनन्। यसरी हेर्दा युवा पुस्ताको नेतृत्वको रुपमा लिङदेन र पुराना पुस्ताको रुपमा थापाकाबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। 

नयाँ नेतृत्वका युवा पुस्ताको नारा अघि सार्दै लिङ्देनले अध्यक्षको उम्मेदवार घोषणा गरेपछि राणा र लोहनी सहमति गराउने प्रयासमा लागेका छन्। राणा पनि अध्यक्षको उम्मेदवार भए थापा र लिङदेन दुवैलाई थप चुनौती हुनेछ। थापा र राणाको तुलनामा पार्टी संगठनमा लोहनीको पकड कमजोर भएकाले उनलाई प्रतिस्पर्धीको रुपमा लिइएको देखिएको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

राप्रपा जोड्ने 'ग्लू'

२०७६ फागुनमा एकता भएपछि राप्रपाले पहिलो पटक एकल अध्यक्ष चयन गर्न लागेकोले यो प्रतिस्पर्धा सहमतिमा गर्ने पक्षमा राणा छन्। आफूले अध्यक्ष पद पाए पनि वा नपाए पनि राप्रपा बलियो भएर जानुपर्ने अहिलेको आवश्यकता भएको भन्दै उनले थापा र लोहनीसँग लिङदेनलाई पनि सहमति गराएर जान आग्रह गर्दै आएका छन्। राणाले अन्तिमसम्म सहमती नै होस् भनेर हालसम्म उम्मेदवारी घोषणा नगरेको उनी निकट नेताहरू बताउँछन्। राणा आपू निकट नेताहरू बुद्धिमान तामाङ, ठाकुर शर्मा, दिपक बोहोरा लगायतसँग सल्लाह गरिरहेका छन्। 

लिङदेन समूहबाट धवलशमशेर महामन्त्री
नेपालगञ्ज नगरपालिकाका मेयर धवलशमशेर राणा लिङ्देनको पक्षमा लागेका छन्। लामो समयदेखि कमल थापासँग निकट रहेका र स्थानीय रुपमा लोकप्रिय राणाले लिङ्देनलाई साथ दिने सार्वजनिक घोषणा गरिसकेका छन्। उनले सोही समूहबाट महामन्त्रीको उम्मेदवार बन्ने घोषणासमेत गरेका छन्। 

राणाले साथ छाडेपछि थापा केही कमजोर भएको राप्रपा नेता बताउँछन्। महामन्त्री पनि सहज रुपमा पाउने सम्भावना नदेखेपछि लिङदेनतर्फ लागेका हुन्। प्रारम्भिक रुमपा सहमति भएमा आफू पनि कुनै न कुनै पदाधिकारीभित्र पर्नुपर्ने दाबी कायमै राख्न उनी लिङदेनतर्फ लागेको थापा पक्षको बुझाई छ। 

उपाध्यक्ष र महामन्त्रीका आकांक्षी पनि धेरै  
राप्रपामा अध्यक्षमा जस्तै महामन्त्रीमा पनि धेरै आकांक्षी देखिएका छन्। ६ जना महामन्त्रीमा तीन जना निर्वाचित र तीन जना मनोनीत हुने विधानमा व्यवस्था छ। तीन महामन्त्रीका लागि अहिले सात  जनाको दाबी छ। धवलशमशेर राणासहित धुव्रबहादुर प्रधान, विक्रम पाण्डे, जयन्त चन्द, भाष्कर भद्रा, भुवन पाठक र कुन्ती शाही महामन्त्रीका आकांक्षी हुन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रधान यसअघिकै महामन्त्री हुन्। शाही कमल थापा निकट हुन्। पाण्डे र पाठक मध्यमार्गमा छन्। ६ जनामध्ये तीन जना निर्वाचित हुने भएकाले उनीहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

उपाध्यक्षका लागि पनि धेरै आकांक्षी देखिएका छन्। ६ जना उपाध्यक्षमध्ये तीन जना निर्वाचित हुने र तीन जना मनोनीत हुने व्यवस्था छ। तीन उपाध्यक्षका लागि धुव्रबहादुर प्रधान, विक्रम पाण्डे, दिपक वोहोरा,राजिव पराजुली, तोरण गुरुङ र रोशन कार्कीले दाबी पेस गरेका छन्। प्रधान र पाण्डेले महामन्त्री नभए उपाध्यक्षमा दाबी गरेका हुन्।

सहमतिको सम्भावना कति?
अध्यक्षमा लिङदेनको उम्मेदवारी घोषणापछि थापा पक्षले राणा र लोहनीसँग सहमतिको लागि लगातार छलफल अघि बढाएको छ। अन्तिम समयसम्म राणा र लोहनीलाई सम्मानजनक स्थान दिएर आफू अध्यक्ष हुने थापाको योजना छ। उता लिङदेन भने थापाविरुद्धको मोर्चा बलियो बनाउन लागेका छन्। लिङदेनको यो प्रयासमा शीर्ष तीन नेतापछिको समूहले साथ नदिने थापा पक्षको बुझाइ छ।

राप्रपाका वरिष्ठताको क्रममा रहेका टंक ढकाल, धुव्रबहादुर प्रधान, विक्रम पाण्डे, रोशन कार्की, दीपक बोहोरालगायत दोस्रो तहका नेता आफूहरू नेतृत्वको आकांक्षी नै नभई एकै पटक तेस्रो पुस्तामा जान नहुने लबिइङमा छन्। शीर्ष वरीयतामा रहेका थापाकै नेतृत्वमा अहिले वैकल्पिक शक्तिको रुमपा अघि वढ्नुपर्ने र सकेसम्म सहमतिबाट नेतृत्व चयन गर्नुपर्ने पक्षमा उनीहरू देखिएका छन्।

राप्रपाले हिन्दू राज्य र राजतन्त्रको अजेन्डा अघि सारेको र त्यसमा जनतालाई मनाएर सशक्त उपस्थितिका लागि सहमतिमा नेतृत्व चयन गर्नुपर्ने पक्षमा मध्यमार्गी नेताहरु छन्। राप्रपाले पहिलो पटक वडा तहबाट क्रियाशील सदस्य बनाउँदै नेतृत्व छनौटको अभ्यास गरेको छ। 

राप्रपाको महाधिवेशन प्रचार समितिको संयोजक मोहन श्रेष्ठले पनि अहिले कार्यकर्ताको भावना र आवश्यकता सहमतिमा नेतृत्व चयन नै भएको बताए। २०५४, २०५९, २०७१ र २०७३ सालमा महाधिवेशनपछि पार्टी फुटेको इतिहास रहेकाले अब त्यस्तो हुन नदिन सहमतिमा नेतृत्व चयन गर्नुपर्ने उनको भनाइ छ। 

‘अहिलेको आवश्यकता भनेको बलियो र सशक्त राप्रपा हो,’ उनले भने, ‘हामीले उठाउँदै आएको आवाज स्थापित गर्न पनि मिलेर सहमतिमा नेतृत्व चयन गर्न कार्यकर्ताको दबाब छ र आवश्यकता पनि यही हो।’ उनले यसैका लागि शीर्ष नेताबीच प्रयासहरू पनि भइरहेको बताए। सहमति गर्नका लागि अझै धेरै समय रहेको भन्दै उनले उम्मेदवारको आकांक्षीहरू भर्खर खुल्न थालेको र दर्ता प्रक्रिया सुरु भएपछि अन्तिम टुङ्गो नलागेसम्म सहमतीको प्रयास गर्ने समय रहेको बताए।

महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका नेता भुवन पाठकले पनि अबको आवश्यकता सहमति नै रहेको बताए। ‘नेतृत्व चयनमा हामी एक आपसमा लड्ने अवस्था छैन,’ उनले भने, ‘सक्षम युवा र सशक्त व्यक्तिहरूलाई सहमतिका आधारमा नेतृत्वको जिम्मेवारी दिनुपर्छ। यसमा सबै पुस्ता समेट्नु पर्छ।’

७५ प्रतिशत निर्वाचित हुनुपर्ने विधान 
प्रस्तावित विधानमा केन्द्रीय कार्य समितिमा एक अध्यक्ष, ६/६ जना उपाध्यक्ष र महामन्त्री र एक जना कोषाध्यक्ष रहने प्रस्ताव गरिएको छ। त्यस्तै, सहमामन्त्री र सहयाक महामन्त्री ७/७ जना, सहकोषाध्यक्ष एक जना र सहयाक प्रवक्तासहितको केन्द्रीय समिति गठन हुने प्रावधान विधानमा राखिएको छ। यसरी प्रस्ताव गरिएका पदाधिकारीहरूमध्ये महाधिवेशनबाट अध्यक्ष, एक महिलासहित ३/३ जना उपाध्यक्ष र महामन्त्री र केन्द्रीय समितिका १४९ जना निर्वाचनबाट आउनुपर्ने छ। निर्वाचित भएर आउने १४९ केन्द्रीय सदस्यमध्ये ४९ जना महिला अनिवार्य हुनुपर्ने विधानमा उल्लेख छ।

प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  ११:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्