• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गाई कि हलो : किन अल्झियो राप्रपा एकता?

64x64
किशोर दहाल सोमबार, भदौ २२, २०७७  १०:०४
1140x725

काठमाडौं- आन्तरिक विवाद सुल्झाउन नसक्दा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को एकताले पूर्णता पाउन सकेको छैन। अहिले एकीकृत पार्टी दर्ता गर्नु पर्ने वा नपर्ने र पार्टीको चुनाव चिह्न के हुने भन्ने विवादमा दुवै पूर्व पार्टीका बीचमा तर्क वितर्क भइरहेका छन्।

हुन त राप्रपा फुट्नु र जुट्नु नयाँ होइन। स्थापना नै फुटबाट सुरु भएको राप्रपाको एकता र फुट निरन्तर चलिरहने प्रक्रियाजस्तो देखिन्छ।

दुई पार्टी एक हुने भन्दै २०७६ फागुन २४ गते एकीकरणको आधार पत्रमा हस्ताक्षर भएको थियो। र, फागुन २८ गते औपचारिकरूपमा एकता घोषणा भएको थियो। यो राप्रपाको पाँचौं एकता थियो। तर हतारमा गरिएको एकताले पूर्णता पाउन सकेको छैन।

दुवै पूर्व पार्टीबीच कतिपय विषयमा समान धारणा बन्न नसक्दा पार्टीका शीर्ष नेताहरुबीच नै सामाजिक सञ्जालमा घोचपेचमा उत्रेको देखिन्छ।

गत सोमबार साँझ राप्रपाका एक अध्यक्ष कमल थापाले फेसबुकमा पार्टी एकताको जानकारी निर्वाचन आयोगलाई दिइसकिएको र चुनावचिन्ह सहमतिबाट टुंग्याइने भएकाले पार्टी एकताबारे आशंका र विवाद गर्नुपर्ने कुनै कारण नभएको लेखे।

थापाले स्टाटस लेखेको केही बेरपछि नै अर्का अध्यक्ष प्रकाशचन्द्र लोहनीले लेखे- राप्रपा (संयुक्त) र राप्रपाबीच एकता आजको आवश्यकता हो। यसलाई मूर्तरुप दिन निर्वाचन आयोगमा विधिपूर्वक दर्ता गर्नुपर्दछ। यो काममा ढिलाई नगरौं।

एकीकृत पार्टी दर्ता गर्नुपर्छ कि पर्दैन?
कमल थापा पक्षले दुई पार्टी एकता गरेको नभई राप्रपा (संयुक्त) आफूमा ‘मर्ज’ हुन आएको अर्थ दिनेगरी गतिविधि गरिरहेको संयुक्त पक्षको बुझाइ छ। जुन कुरालाई लोहनीको स्टाटसले पनि संकेत गर्छ। र, राप्रपाका पूर्व नेता मोहन श्रेष्ठको भनाइले पनि फरक अर्थ दिँदैन। भन्छन्- ‘राप्रपा भन्ने पार्टी पहिले नै निर्वाचन आयोगमा दर्ता छँदैछ। नयाँ राप्रपा फेरि दर्ता गर्नुपर्दैन भन्ने हाम्रो मान्यता हो।‘

Ncell 2
Ncell 2
nimb
nimb

त्यसो त यसबीचमा राप्रपाले नयाँ दल दर्ता गर्नुपर्ने किन नपर्ने भनेर कानुनविद्हरुसँग छलफल पनि चलाएको थियो। ‘हामीले तीनजना वरिष्ठ अधिवक्तासँग विमर्श पनि गरेका थियौं। उनीहरुले दिएको सुझावका आधारमा अगाडि बढ्न खोजिरहेका छौं’, श्रेष्ठले भने।

पूर्व राप्रपा पक्षको यस्तो तयारीलाई लोहनीले फेसबुकमा प्रतिवाद शैलीमा लेखेका छन्- ‘कुनै पनि राजनीतिक दलहरुबीच एकता गर्दा दुवैको पहिचानलाई बिर्सेर एकले अर्कोलाई लतारेर लैजाने प्रवृत्तिले राम्रो नतिजा दिँदैन।

नेपाल लाइभसँगको कुराकानीमा पनि लोहनीले राप्रपा पक्षले दर्ता नगरे पनि एकीकरण हुन्छ भनिरहे पनि आफूहरुले पार्टी दर्ता हुनुपर्ने बताए। ‘हामी दुइवटा छुट्टाछुट्टै पार्टी हौं। निर्वाचन आयोगमा निर्वाचन ऐन अनुसार एकता हुनुपर्छ भन्ने हाम्रो भनाइ हो। तर साथीहरुबाट एकता गर्ने हो भने राप्रपा संयुक्त त्यसलाई खारेज गरेपछि मात्रै सम्भव हुन्छ भन्ने तर्क गर्न थालेपछी यसमा समस्या आएको छ। राप्रपा संयुक्त खारेज गरेर एकता हुन सक्दैन। कानुन अनुसार छिटोभन्दा छिटो कानुन अनुसार दर्ता गर्न चाँडोभन्दा चाँडो निर्वाचन आयोग जाऔं भन्ने हाम्रो भनाइ छ’, उनले भने।

उनले दुई पार्टी एक भएर राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिको रुपमा जानुपर्छ भन्ने कुरामा आफूहरु दृढ भएको पनि बताए। ‘एकता हुनुपर्छ भन्ने कुरामा हामी सकारात्मक छौं’, उनले थपे।

चुनाव चिह्न गाई कि हलो?
फागुन २४ गते सार्वजनिक आधार पत्रमा ‘पार्टीको चुनाव चिह्न ६ महिनाभित्र पार्टीको उपयुक्त निकायबाट टुंगो लगाए बमोजिम हुनेछ’ भनिएको थियो। तर, ६ महिना बित्दै गर्दा पनि पार्टीले यो विषय सुल्झिन सकेको छैन। बरु दुवै पक्षले एकीकृत पार्टीमा आफ्नै पूर्व पार्टीकै चुनाव चिह्न कायम हुनुपर्ने धारणा सार्वजनिक गरिरहेका छन्। सामाजिक सञ्जालदेखि अन्तर्वार्तासम्म आफूहरुले आफ्नै पूर्व पार्टीको चुनाव चिह्न नछाडेको भन्दै कार्यकर्तालाई आश्वस्त तुल्याइरहेका छन्।

केहीअघि कमल थापाले ‘म दबाबमा काम गर्दिनँ सबैलाई थाहा छ’ भन्दै लामो फेसबुक स्टाटस लेखे। उनले भनेका छन्- ‘गाई’ चुनाव चिह्नमा राप्रपाकै इतिहासमै अहिलेसम्मको सर्वाधिक (समानुपातिकमा करिब करिव ७ लाख) मत परेको छ। अहिले पनि राप्रपाका ९५ प्रतिशत स्थानिय तहका प्रतिनिधि, एक संघीय सांसद र ३ प्रदेशसभा सांसद ‘गाई’ चिह्नबाट निर्वाचित छन्। ‘गाई’तुलनात्मकरूपले अत्यन्त लोकप्रिय चिह्न हो। २०४७ साल जेठ १५ गते राप्रपा स्थापना हुँदा दुई घटकमध्ये एकको चुनावचिह्न ‘गाई’ थियो। फेरि, राप्रपाको मुख्य एजेण्डा हिन्दू राष्ट्र हो। हिन्दूत्वको प्रतीक ‘गाई’ हो। यस्तो वास्ततिकता थाहा हुँदाहुँदै राप्रपाकै केही साथीहरू चुनावचिह्न जे भएपनि हुन्छ भन्दै हिँडेको देख्दा दु:ख लाग्छ,चित्त दुख्छ।

आधार पत्रमा एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (जुन कमल थापा नेतृत्वको पार्टीको नाम पनि थियो) र पार्टीको झन्डा पनि राप्रपाकै वर्तमान झन्डा हुने उल्लेख थियो। त्यसैले चुनाव चिह्न राप्रपा संयुक्तको हलो हुनुपर्ने लोहनीको भनाइ छ। ‘एक चिज (झन्डा) राप्रपाको भएपछि अर्को चिज राप्रपा संयुक्तको हुनुपर्छ’, उनले भने।

लोहनीले चुनाव चिह्न हलो हुने विषयमा सहमति रहेको संकेत गरे। तर, सो विषय अध्यक्षहरुकै बीचमा छलफल भइरहेको र सहमतिमा पुग्न नसकेको श्रेष्ठको भनाइ छ।

हलो राप्रपाको स्थापनाकालको चुनाव चिह्न हो। तत्कालीन  समयमै सूर्यबहादुर थापा तथा लोकेन्द्रबहादुर चन्द लगायतका नेताहरुको विरासत र राप्रपा पुरानै पार्टी हो भन्नका लागि पनि हलो चिन्ह छोड्न नसक्ने संयुक्त पक्षको तर्क रहदै आएको छ। गाई चिह्नमा जाँदा राप्रपाको विरासत समाप्त हुने उनीहरुको अडान छ।

भद्र सहमति!
दुई पार्टीबीच एकता हुँदा केही भद्र सहमति भएको दुवै पक्षको भनाइ छ। तर, त्यसको  विस्तृत विषय भने खुलेका छैनन्। तर, त्यस खालको सहमति पार्टीको चुनाव चिह्न हलो हुने लगायतको विषयमा भएको जानकारहरु संकेत गर्छन्।

‘भद्र सहमति भनिएको थियो। तर त्यो  सार्वजनिक भएन’, श्रेष्ठ भन्छन्।

भद्र सहमतिलाई आफूहरुको तर्फबाट पूर्ण पालना गरिएको लोहनीको भनाइ छ। ‘हलो बाहेक अरुमा पनि भद्र सहमति भएको थियो। भद्र सहमतिलाई हामीले पूर्ण पालना गरेका छौं’, उनले भने।

लगातार बैठक बस्दै
पार्टी एकता घोषणा गरेको लामो समय भइसक्दा पनि एकता प्रक्रियामा गतिरोध देखिएपछि त्यसलाई फुकाउन शीर्ष नेताहरुबीच दैनिक जसो बैठक बसिरहेको छ। बैठकमा उल्लेखित पार्टी दर्ता, चुनाव चिह्न तथा कार्यकर्ता जोगाउने विषयमा छलफल भइरहेको जानकारहरुको भनाइ छ।

यसैबीच, संस्थापक नेता सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा समेत राप्रपा छोडेर नेपाली काग्रेसमा प्रवेश गरिसकेका छन्। राप्रपाभित्र विवाद धेरै समयसम्म कायम रहेमा अन्य नेता तथा कार्यकर्ताले पनि छोडेर जाने खतरा रहेको नेताहरुको भनाइ छ। पार्टी एकता जोगाउन मात्रै नभइ कार्यकर्तालाई जोगाउन समेत  पार्टी एकता प्रक्रियाले चाँडै पूर्णता पाउने उनीहरु बताउँछन्।

बैठकमा अध्यक्षत्रय पशुपति शमशेर जबरा, प्रकाश चन्द्र लोहनी तथा कमल थापा मात्रै सक्रिय छैनन्, दोस्रो तहका नेताहरु पनि सक्रिय छन्। विवाद मिलाउनका लागि राप्रपा संयुक्तका विक्रम पाण्डे, राप्रपाका राजाराम गौतम लगायतका नेताहरु सक्रिय छन्। राप्रपाको विवाद केही दिनमै टुंगिने बैठकमा सहभागी नेताहरुको दाबी छ।

साउन २८ गते बसेको अध्यक्षत्रयको बैठकले राप्रपा एकीकरण सम्बन्धी आधार पत्रको कार्यान्वयन, व्याख्या र एकीकृत पार्टीलाई थप गति प्रदान गर्ने क्रममा सुझाव सहितको प्रतिवेदन पेश गर्न कार्यदल गठन गरियो। कार्यदलमा दीपक बोहोरा, बुद्धिमान तामाङ, राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, धुव्रबहादुर प्रधान र श्यामप्रसाद तिमिल्सिना थिए।

‘कार्यदलको बैठक केही चरण बस्यो। अध्यक्षत्रय नै फेरि बसेर मिलाउनुस् भन्यौं’, कार्यदलका सदस्य लिङ्देनले भने, ‘प्रतिवेदन नै भनेर बुँदागत रुपमा केही सिफारिस गरेनौं।’

उनका अनुसार, चुनाव चिह्न तथा पार्टी दर्ताकै विषयमा कार्यदलमा छलफल भएको थियो। आफ्नो आफ्नो तर्फबाट तर्क राख्ने काम भए पनि निष्कर्ष ननिस्किएकाले अध्यक्षत्रयलाई नै जिम्मा दिइएको उनको भनाइ छ। 

त्यसअघि गत जेठ ३० गते बसेको अध्यक्षत्रयको बैठकले पहिलो चरणमा ३२७ जनाको केन्द्रीय कार्यसमिति, ८२ जनाको कार्यसम्पादन समिति र १३जनाको सचिवालय कार्यव्यवस्था समिति गठन गरेको थियो।

एकताको गीता कसम
‘गीता छोएर पार्टी एकता गरेकाले अहिले म धर्म संकटमा छु’, केही दिनअघि एभिन्युज टेलिभिजनबाट प्रशारित एउटा अन्तर्वार्तामा कमल थापाले भनेका थिए। आफ्ना कार्यकर्ताले चुनाव चिह्नका रुपमा गाई नछाड्न भनिरहेको र त्यही अडान राख्दा पार्टी एकता टुट्ने सम्भावनाको प्रसंगलाई उनले त्यस रुपमा अभिव्यक्त गरेका थिए।

फागुन २८ गते दुई पार्टीबीच राष्ट्रिय सभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा सम्बोधन गरेका अध्यक्षत्रयले गीता छोएर पार्टी नफुट्ने वाचा गरेका थिए।

अध्यक्षहरुमध्ये सुरुमा सम्बोधन गरेका कमल थापाले गीता छोएर आफूले पार्टी नफुटाउने वाचा गरेका थिए। 'म आज तपाईंहरुलाई, राष्ट्रियसभागृहमा उपस्थित सम्पूर्ण कार्यकर्ता, देश र विदेशबाट हेरिरहनुभएका साथीहरूलाई साझी राखेर प्रतिज्ञा गर्दछु, म कहिल्यै पनि पार्टी फुटाउने छैन,' थापाले भनेका थिए।

उनले वाचा गर्दै गर्दा दर्शकदिर्घाबाट अविश्वास प्रकट भएको थियो। त्यसलाई ध्यान दिँदै थापाले गीताको पुस्तिका लिएर वाचा गरेका थिए। 'तपाईंहरुलाई विश्वास लागेन?', कार्यकर्ताको हुटिङलाई ख्याल गर्दै थापाले भनेका थिए, 'मैले गीता ल्याएको छु। यो गीता हातमा राखेर हामी हिन्दूराष्ट्र चाहने, सनातन धर्मका पक्षपातीहरु यो गीता हातमा राखेर कसम खान्छु कि राप्रपालाई कदापी फुट्न दिने छैन।'

वाचा गर्दै उनले अन्य अध्यक्षलाई पनि वाचा गर्न सहज होस् भनेर पुस्तिका 'पोडियम'मै छाडेका थिए। 'यो गीता उहाँहरूलाई पनि चाहिन्छ कि, म यहीँ छाडेर जान्छु', उनले भने।

उनीपछि बोल्न आएका प्रकाशचन्द्र लोहनीले पनि थापाले छाडेका गीता छोए। आफ्नो केही बेरको सम्बोधनलाई अन्त्य गर्दै उनले गीताकै प्रसंग निकाले। 'वचन नै सबैभन्दा ठूलो कुरा हो, यहाँ भागवत् गीता पनि रहेछ', उनले भने। त्यति भन्ने बित्तिकै कार्यकर्ताले हुटिङ गरेका थिए।

'हामी धर्म र कर्ममा विश्वास गरेर अगाडि जान्छौं। त्यसमा विश्वास चिन्ता नगर्नुस्। यही हो। धन्यवाद', उनले सम्बोधन सके। उनले गीता छुँदै पोडियम छाडेका थिए।

लोहनीपछि पशुपति शमशेर बोल्न आए। उनले पनि केही बेर सम्बोधन गरे। उनले आफ्नो सम्बोधन सक्दै गीता नछोई पोडियम छाड्न खोजेका थिए। तर कार्यकर्ताले हुटिङ गरिहाले। थोरै अघि बढेका राणा पोडियमतिरै फर्किए। र गीता छुँदै र हाँस्दै वाचा गरे- यो पार्टी फुट्दैन।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १०:०४
  • #राप्रपा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? उक्त सञ्चारमाध्यमले सेप्टेम्बर ९ तारिखमा प्रकाशित गरेको समाचारमा कन्सोर्टियम फर इलेक्सन एन्ड पोलिटिकल प्रोसेस स्ट्रेन्थेनिङ (सिइपीपी... शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्री पोखरेलको स्पष्टीकरण: दुई व्यक्तिले हल्ला गरेपछि कार्यक्रमबाट बाहिरियौं उनले एक मिनेटभन्दा छोटो भिडियो क्लिप काटेर सामाजिक सञ्जालमा सम्पूर्ण घटनाको सन्दर्भ नै बङ्ग्याइएको आरोप लगाए। लोकतान्त्रिक व्यवस्थाम... शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने खड्का पक्षका माग सम्बोधन गर्ने तयारीस्वरूप सभापति थापाले आइतबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। बैठकबाट महाधिवेशनअघ... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग शनिबार, भदौ २७, २०८३
पहलगाम आतंकवादी हमलाको ब्रिक्सद्वारा निन्दा, आतंकवादको वित्तपोषण र आश्रयविरुद्ध सामूहिक कारबाहीमा जोड शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
ब्रिक्स शिखर सम्मेलन : ‘नयाँ दिल्ली घोषणा २०२६’ सर्वसम्मत पारित शनिबार, भदौ २७, २०८३
कार्यक्रमस्थलबाटै किन पक्राउ परे राष्ट्रिय जागरण अभियानका संयोजक जनक परियार*? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्