complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

नारायणी किनारमा भेटिएका ‘ओली क्रेजी’हरू

डिबी खड्का/बीपी अनमोल शुक्रबार, मंसिर १०, २०७८  १२:०१
1140x725

चितवन– नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन समय आज, शुक्रबार १२ बजे तोकिएको थियो। तर, बिहान सातै बजेदेखि मञ्चको अग्रभागमा पलेंटी कसेर बसेका छन्, स्याङ्जा, हरिनासका ६५ वर्षीय बाबुराम लम्साल। 

उनले कम्युनिस्ट पार्टीलाई समर्थन गरेको २९ वर्ष पुग्यो। १६ वर्षको उमेरदेखि कम्युनिस्ट रुचाएका उनी पहिले मदन भण्डारीबाट प्रभावित थिए। तर, उनलाई भेट्न पाएनन्।

अहिले केपी शर्मा ओली असाध्यै मन पर्छ। उमेरको उकालीलाई बेवास्ता गरेर ओलीको भाषण आफ्नै कानले सुन्न उनी आइपुगेका छन्। उमेरजन्य कारणले कमजोर हुँदै गएका आँखाले एक सय मिटरभन्दा टाढाको मञ्चका ओलीलाई राम्रोसँग देख्न सक्ने छैनन्। तैपनि उनी भन्दैछन्, ‘आफ्नै आँखाले ओली हेर्ने रहरले आएँ।’ ओलीको बोल्ने शैलीले आफूलाई आकर्षित गरेकोकाले यहाँसम्म पुगेको उनी बताउँछन्। 

दोलखा, शैलुङ गाउँपालिकाका उद्धब खड्का साथीहरूसँग मादल र खैजडी बजाएर भजन गाउँदै गरेको भेटिए। भजनमा ‘नारायण... हरिहरि’ त थियो तर बीचका टुक्काहरू कहिले ओलीसँग जोडेर गाउँथे भने कहिले एमालेका आफ्नै स्थानीय नेताको नाम जोडेर। 

लोप हुँदै गएको खैजडी नाँच एमालेजनलाई (मौका पाए ओलीलाई पनि) देखाउन मन छ। उनी ओलीका क्रेजी फ्यान हुन्। कक्षा ८ पढ्दादेखि नै ओलीबारे जान्ने मौका पाएका थिए उनले। ओलीले सारंगी बजाउने गरेको कसैले बताएपछि ओलीभित्रको त्यो कलाकारिताले उनलाई ओलीप्रेम जगायो। अहिले ओलीका हरेक कुरा मनपर्छ उनलाई। 

ओलीप्रतिको क्रेज उनी यसरी पोख्छन्, ‘ओलीमा यस्तो शक्ति छ, सारा नेपालीलाई ऊर्जा दिनुहुन्छ। उहाँ गाना गाउने गर्नुहुन्छ। सारंगी साह्रै राम्रो बजाउनुहुन्छ। गितार हान्नुहुन्छ। त्यसैले असाध्यै मनपर्छ।’

ओली एउटा नेता नभएर विचार भएको दाबी गर्दै पार्टीको मात्रै नभइ, देश र हरेक नागरिकको जिम्मेवारी लिनसक्ने उनले उल्लेख गरे।

कपिलवस्तुबाट ७२ वर्षका राज मण्डल दुईजना आफ्नै उमेरका साथीहरूसहित महाधिवेशनमा आइपुगेका छन्। उनलाई एमालेले के गर्दैछ भन्ने कुरा थाहा छैन। महाधिवेशनको अर्थ उनले खुट्याएका छैनन्। उनका स्थानीय नेता शिवपुजनले भने, ‘केपी ओली आउने कार्यक्रम हो। उनीहरू तयार भइहाले।

Ncell 2
Ncell 2
nimb
nimb

आफ्नो मातृभाषा मिश्रित लवजमा मण्डलले थपे, ‘ओलीले भत्ता बढाइदिएको छ। त्यसैले मन पराउँछु। आज उनलाई हेर्न आएको।’

रौतहट फतवाविजयपुर नगरपालिकाका वडाअध्यक्ष सञ्जयप्रसाद साह तत्कालीन माओवादीबाट जनप्रतिनिधि बनेका हुन्। एमाले र माओवादी एकता भएपछि ओलीलाई नजिकबाट नियाले, उनका भाषणहरू सुन्न थाले। त्यसले उनलाई ओलीप्रति आकर्षण बढायो।

जब माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरे, उनको माओवादीप्रति नै मोह भंग भयो र एमालेमै बसे। उनी भन्छन्, ‘मलाई ओलीको देश विकासको सपना मन परिरहेको थियो। प्रचण्डले कम्युनिस्ट मत कांग्रेसको पाउमा राखेपछि माओवादीमा बस्न मन लागेन।’ ओलीलाई नजिकबाट नियाल्न उनी बिहान ८ बजेदेखि मञ्चको अघिल्लो भागमा पलेंटी कसेर बसेका छन्। 

माओवादीकोे आधारभूमि रोल्पाबाट आइपुगेका छन् बालाराम बस्नेत। उनी राजनीतिसँग त्यति नजिक छैनन्। एमालेका मतदाता हुन्। माओवादीलाई कहिल्यै मत नदिएका उनी यसपल्ट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हेर्न यहाँ आइपुगेका हुन्। किन ओलीलाई हेर्ने भनेर गरिएको प्रश्नमा उनले छोटो उत्तर दिए, ‘राम्रो नेता भएकाले।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

स्याङ्जा, चापाकोटबाट आएकी राधा भूसालको समूहले आफूले हिलोधुलो बाटो झेल्नुपरेको र बिजुलीबत्ती नभएको गुनासोबाट कुरा सुरु गरिन्। एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा आफ्ना ती दुःख दूर हुने आशा गरेकी रहिछन्। तर, ओली आफ्नै कारण चाँडै प्रधानमन्त्रीबाट हटे। उनलाई भने ओली फेरि प्रधानमन्त्री भइदिए आफ्ना ती समस्या समाधान हुने आशा रहेछ। 

उनले भनिन्, ‘फेरि एमालेलाई जिताउन सकियो भने राम्रो हुन्थ्यो। ओली प्रधानमन्त्री भए विकास हुन्थ्यो, त्यसैले उहाँलाई हौसला दिन हामी गाउँबाट आयौं।’

दाङ, अम्बापुरबाट आएका शोभाराम जिसी बिहान ७ बजेदेखि नै मादल बजाएर गीत गाइरहेका छन्। आफूले सुनेजतिका लोकगीत फेरिफेरि गाइरहेका उनले महाधिवेशनस्थलमा रौनक ल्याएका थिए। रातभरि बसमा समेत मादल बजाएर गाउँदै आइपुगे। ओलीको पनि गानाबजानामा रुचि रहेको उनले बुझेका छन्। ओलीलाई मादल बजाएर गीत सुनाउने चाहना उनले वरीपरी रहेका एमाले कार्यकर्तामाझ राखे। 

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  १२:०१
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्