• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पार्टी ‘कब्जा’ गरेर बसेका नेता : नेतृत्व विकासमा अवरोध, पार्टी पनि कमजोर बन्दै

64x64
किशोर दहाल बुधबार, मंसिर १, २०७८  १८:१५
1140x725

काठमाडौं- कात्तिक २७ देखि २९ सम्म चितवनमा आयोजना भएको नेकपा (माले)को आठौं महाधिवेशनले सीपी मैनालीलाई नै महासचिवमा निरन्तरता दियो। महासचिव सो पार्टीको प्रमुख पद हो। २०५८ सालमा माले पुनर्गठन गरिएपछि मैनाली महासचिवमा निरन्तर छन्। उनले यो पार्टीको नेतृत्व गर्न थालेको २० वर्ष पुगिसकेको छ।

सीपी मैनाली ३० को दशकमै पार्टीभित्र अत्यन्तै प्रभावशाली नेता थिए। उनी २०२९ फागुनदेखि २०३९ कात्तिकसम्म विभिन्न पार्टीको नेतृत्वमा रहेका थिए। तत्कालीन झापा जिल्ला कमिटी, अखिल नेपाल कोअर्डिनेसन कमिटी (कोके), मालेको औपचारिक/अनौपचारिक रुपमा नेतृत्वमा उनी थिए। यसरी अघिल्लो कालखण्डको दश र पछिल्लो कालखण्डको बीस वर्ष गरी मैनालीले ३० वर्ष पार्टी नेतृत्व गरिसकेका छन्। तर, उनको विकल्प पार्टीभित्र सिर्जना भएको छैन।

यसपटकको महाधिवेशनबाटै आफूले युवा पुस्ताले नेतृत्व गरे हुन्थ्यो भन्ने चाहेको मैनालीको भनाइ छ। महाधिवेशन प्रतिनिधिहरुले आफूले नै नेतृत्व गर्नुपर्छ भनेपछि महासचिवमा आफैं चुनिएको उनी बताउँछन्। ‘आउने दिनमा हामीले युवा पुस्तालाई नै नेतृत्वमा ल्याउने छौं। नयाँ युवापिँढीले नै हाम्रो पार्टीको नेतृत्व गर्ने छन्। मैले त्यसमा अब भूमिका निर्वाह गरेर जानेछु,’ नेपाल लाइभसँगको अन्तर्वार्तामा मैनालीले भनेका छन्।

नेतृत्व हस्तान्तरणको विषय मात्रै होइन, २० वर्षसम्म निरन्तर नेतृत्व दिएका मैनालीले नेकपा मालेलाई प्रमुख प्रतिपर्धी दल बनाउन सकेका छैनन्। तत्काललाई त्यो सम्भावना पनि देखिँदैन। बरु उनको पार्टी निर्वाचनपिच्छे खुम्चिँदै गएको छ। पछिल्ला तीनवटा आम निर्वाचनलाई हेर्ने हो भने नेकपा माले झन्‌-झन् खुम्चिँदै गएको देखिन्छ। २०६४ सालको निर्वाचनमा मालेले प्रत्यक्षतर्फ कुनै सिट जित्न सकेको थिएन तर, समानुपातिकतर्फबाट आठ सिट जितेको थियो। २०७० सालमा पनि उसले प्रत्यक्षतर्फ कुनै सिट जित्न सकेन। समानुपातिकतर्फबाट प्राप्त सिट पनि पाँचमा खुम्चियो। २०७४ सालको निर्वाचनपछि भने संसद्‍मा उसको प्रतिनिधित्व छैन। सातमध्ये कुनै पनि प्रदेश सभामा मालेका सांसद छैनन्।

आफ्नो पार्टी कमजोर बन्दै गएको मैनाली स्वीकार्छन्। ‘२०५८ सालदेखि पुनर्गठित मालेलाई लिएर अहिलेसम्म आएको हो। त्यस बेलाको प्रतिकूल अवस्थामा पार्टी बनाउँदै आयौं। विभिन्न गलत दृष्टिकोण बोक्ने अवसरवादी कम्युनिस्टको प्रहारले गर्दा हाम्रो विकास ओझेलमा पर्‍यो। अहिले पनि कमजोर छौं,’ उनको भनाइ छ।

एकल नेतृत्व : उस्तै दुर्दशा
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ३३ वर्षभन्दा बढी समयदेखि पार्टी नेतृत्वमा छन्। 'सेक्टर काण्ड' असफल भएपछि तत्कालीन नेकपा मशालको नेतृत्वमा आएका उनको पार्टीको नामहरू फेरिएर नेकपा (एकता केन्द्र), नेकपा (माओवादी), एकीकृत नेकपा (माओवादी), नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र पुनः नेकपा (माओवादी केन्द्र) बन्यो तर नेतृत्व हस्तान्तरणको विषयमा कहिल्यै गम्भीर छलफलसमेत भएन। १० वर्षे 'जनयुद्ध'मा त पार्टी सत्ता नै प्रचण्डमा केन्द्रिकृत गरिएको थियो। शान्ति प्रक्रियामा आइसकेपछि पनि नेतृत्व परिवर्तनको परिपाटी सुरु भएन। बरु नेतृत्वका विकल्प भनिएका नेताहरुले नै एक-एक गरेर पार्टी छाड्दै गए।

पार्टीलाई अप्ठ्यारो समयमा पनि नेतृत्व गरेर एउटा उचाइमा पुर्‍याएका प्रचण्डले त्यहाँभित्रको नेतृत्व विकास र हस्तान्तरणलाई लोकतान्त्रिक बनाउन नसक्दा पार्टी भने दिनप्रतिदिन खुम्चिँदै गएको छ।

आफ्ना भाषणहरुमा बेलाबखत प्रचण्ड नेतृत्व हस्तान्तरणको विषय उठाउँछन्। गत भदौ १२ गते वाइसीएलको भेलालाई सम्बोधन गर्दै उनले भनेका थिए- ‘म त छिटोभन्दा छिटो राजनीतिबाट बिदा भएर संस्मरण लेख्न चाहन्छु। तर, नेतृत्व हाँक्न तपाईंजस्ता युवा तयार नहुँदासम्म मैले सुख पाउने छाँट छैन।' तर, उनले नेतृत्व हस्तान्तरण चाहन्छन् भन्नेचाहिँ पार्टीकै नेताहरुले समेत विश्वास गर्दैनन्। न त प्रचण्डको नेतृत्वविना माओवादी पार्टी चल्ला भन्ने आत्मविश्वास व्यक्त गर्छन्।

nimb
nimb

कसैले सम्भावना र आवश्यकता नदेखेका कारण माओवादीमा नेतृत्व हस्तान्तरणको बहस पनि हुँदैन। प्रचण्डको अगाडि कसैले आफूलाई नेतृत्वको रुपमा प्रस्तुत पनि गर्दैन। माओवादी नेता पम्फा भुसालले नेपाल लाइभसँग भनेकी थिइन्- ‘पार्टी अध्यक्ष प्रचण्ड हुँदासम्म पहिलो नेताको रुपमा सोच्दिनँ। त्यसपछि अहिलेका पुस्ता कसैको नेतृत्व मान्दिनँ।’

पार्टीलाई अप्ठ्यारो समयमा पनि नेतृत्व गरेर एउटा उचाइमा पुर्‍याएका प्रचण्डले त्यहाँभित्रको नेतृत्व विकास र हस्तान्तरणलाई लोकतान्त्रिक बनाउन नसक्दा पार्टी भने दिनप्रतिदिन खुम्चिँदै गएको छ। पछिल्ला तीनवटा निर्वाचनमा माओवादीले प्राप्त गरेको सिटलाई ख्याल गर्ने हो भने सो पार्टी कमजोर बन्दै गएको पुष्टि हुन्छ। पहिलो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ १२० र समानुपातिकतर्फ १०० सिट ल्याएको माओवादी २०७० सालमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ २६ र समानुपातिकतर्फ ५४ सिटमा खुम्चियो। २०७४ सालमा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा होमिएको उसको प्रभाव घट्दै गएको समानुपातिकतर्फ प्राप्त मतले देखाउँछ।

माले र माओवादीकै जस्तो अवस्था छ, अन्य दुई पार्टी राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीको पनि। मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालको वैधानिक मोर्चा हो, चित्रबहादुर केसी अध्यक्ष रहेको राष्ट्रिय जनमोर्चा। पछिल्लो पुस्ताले थाहा पाएदेखि उनीहरु नेतृत्वमा छन्। त्यस्तै अवस्था हो, नेमकिपा र त्यसका अध्यक्ष नारायणमान बिजुक्छेको। ती पार्टीमा पनि नेतृत्व परिवर्तन त परको कुरा, आन्तरिक लोकतन्त्र पनि देखावटी मात्रै रहेको आरोप लाग्दै आएको छ।

नेतृत्वमा परिवर्तन नभए पनि पार्टीको हैसियतमा पनि निरन्तर ह्रास आइरहेको छ। २०६४ मा राष्ट्रिय जनमोर्चाले प्रत्यक्षमा एक र समानुपातिक तीन गरी चार सिट जितेको थियो। २०७० मा प्रत्यक्षमा कुनै सिट जित्न सकेन, समानुपातिकमा तीन सिट जित्यो। २०७० मा भने प्रत्यक्षमा एक सिट जितेको थियो। नेपकिपाले पनि २०६४ मा प्रत्यक्षमा दुई र समानुपातिकमा दुई सिट जितेको थियो। २०७० मा सो पार्टीले प्रत्यक्षमा एक र समानुपातिकमा तीन सिट जितेको थियो। २०७४ मा भने प्रत्यक्षमा मात्रै एक सिट जितेको थियो।

नेतृत्व कब्जा, पार्टी कमजोर
नेपालमा पार्टी गठन, यसको प्रभाव र प्रभावहीनताको सहज श‍ृंखला छ। आन्दोलन वा विभाजनबाट पार्टी जन्मिन्छन्। स्थापित हुन्छन्। नेतृत्व पनि त्यहीँबाट जन्मिन्छन्। आन्दोलनका बेला उनीहरुको क्षमता देखिएको हुन्छ। 'आन्दोलनपछि जब पार्टी सञ्चालनको कुरा आउन थाल्छ। अधिकांशले आफ्नो ऊर्जा र क्षमतालाई पार्टीभित्रको सत्तालाई सुदृढ गर्न प्रयोग गर्ने देखिएको छ। स्थापित भएको पार्टीभित्र आफूलाई कसरी टिकाइरहने भन्नेमा क्षमता केन्द्रित गरेको देखिन्छ। विकल्पमा अर्को नेता आउन आफ्नै नेतासँग लड्नुपर्ने परिस्थिति देखिन्छ। जबकि विचार, संस्कृति र कामकारबाहीको आधारमा वैकल्पिक नेतृत्वलाई स्थापित गर्दै जानुपर्ने हो,' राजनीतिक विश्लेषक राजेन्द्र महर्जन भन्छन्।

नेतृत्वमा पुगेका नेताहरुलाई प्रक्रियाबाट विस्थापन गर्न धेरै गाह्रो हुने गरेको महर्जन बताउँछन्। त्यसका लागि आन्दोलन गर्ने, अर्को पार्टी गठन गर्ने वा विद्रोह गर्ने, यस्तै उपायहरु प्रयोग हुनसक्ने उनी बताउँछन्। वैचारिक समूह बनाउने र त्यही अनुसार संघर्ष गर्ने उपाय पनि लागू हुनसक्ने उनको भनाइ छ।

अर्कोतिर, नेपालका कैयौं कम्युनिस्ट पार्टीहरु कुनै समय पार्टीको नामलेभन्दा पनि पार्टी नेतृत्वकर्ताको नामले चिनिन्थे। अहिले पनि यदाकदा त्यो प्रवृत्ति छ। त्यसैले पार्टी भनेकै नेतृत्व हो भन्ने मान्यता स्थापित भएको पाइन्छ। पार्टीभित्र लोकतान्त्रिक अभ्यास नहुँदा नेतृत्व हस्तान्तरण सहज थिएन। त्यसैले पनि पार्टी र नेतृत्वको सम्बन्ध निकै कसिलो हुने गरेको पाइन्छ।

पार्टीमा एउटै व्यक्ति निरन्तर नेतृत्वमा रहने र चुनावैपिच्छे पार्टीको प्रभावमा क्षयीकरण आउनुबीच कुनै सम्बन्ध हुन्छ? महर्जन भन्छन्, 'आन्दोलनबाट आएका नेताहरुको एक खालको आकर्षण हुन्छ, मासमा पनि, कार्यकर्तामा पनि। केही हदसम्म भक्तिभाव पनि हुन्छ। आन्दोलनबाट आउँदै गर्दा नेतृत्वले एक खालको 'करिश्मा' देखाएको हुन्छ। जब ऊ सत्तामा आसिन हुन थाल्छ, जसरी पनि सत्ता टिकाउने र आसेपासेलाई पोस्ने काम गर्न थाल्छ। त्यसपछि  उसको 'करिश्मा'मा क्षयीकरण हुन थाल्छ। त्यतिबेला व्यक्ति, पार्टी र आन्दोलप्रतिको आकर्षण र आस्था हराउन थाल्छ। त्यसले जनताको मतमा पनि असर गर्छ।'

यो पनि पढ्नुहोस्

तीन दशकदेखि सीमित नेताको कब्जामा राजनीतिमंगलबार, भदौ १६, २०७७

 

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  १८:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनः... बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार देउवाको मागबमोजिम आदेश संशोधन गर्न कानुनी रूपमा नमिल्ने ठहर ग... बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्रीले भने– ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंहरुको साथमा छ’ ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न,’ प्रधानमन्त्री शाहले प्रभावित नागरिकलाई आश्वस्त पार्दै भने, ‘राज्य आफ्ना सम्पूर्ण साधन र स्... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्