• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन ८, २०८३ Fri, Jul 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पम्फा भुसालको ‘लाइन’ : प्रचण्ड अध्यक्ष हुँदासम्म नेतृत्व दाबी नगर्ने, त्यसपछि नछाड्ने

64x64
वीरेन्द्र ओली बुधबार, कात्तिक १०, २०७८  २०:४७
1140x725

काठमाडौं– राजनीतिक दलहरुको नेतृत्व तहसम्म पुगेका अधिकांश महिलाको पछाडि पारिवारिक विरासत वा श्रीमान्‌को सहयोग छ। साहना प्रधान, मंगलादेवी सिंह, शैलजा आचार्य, शशी श्रेष्ठ, हिसिला यमी त्यस्तै नेतृ हुन्। तर, पम्फा भुसाल उनीहरुभन्दा फरक छिन्। आफ्नो परिवारबाट राजनीतिमा होमिने उनी एक्लो हुन्।

भुसाल कुनै पनि राजनीतिक दलको पहिलो महिला अध्यक्ष हुन्। उनी २०५१ सालमा छोटो समयका लागि तत्कालीन संयुक्त जनमोर्चाको अध्यक्ष भएकी थिइन्। भलै त्यो तत्कालीन नेकपा माओवादीको खुला मोर्चा थियो। २०५२ असारमा उनलाई हटाएर माओवादीले डा. बाबुराम भट्टराईलाई पुनः मोर्चाको अध्यक्ष बनाएको थियो। 

आफू नेतृत्वमा पुग्नकै लागि राजनीतिमा होमिएको बताउने गरेकी छन् भुसाल। पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष हुँदासम्म माओवादी केन्द्रको नेतृत्व दाबी नगर्ने र त्यसपछि नछाड्ने उनले नेपाल लाइभसँग बताइन्। 

अहिले माओवादी केन्द्रमा प्रचण्डपछिको वरियतामा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा छन्। तर, पार्टी निर्णयमा जनार्दन शर्मा र वर्षमान पुनको प्रभाव रहने गरेको छ। भुसाल भने प्रचण्डपछि आफूले अरुको नेतृत्व नस्वीकार्ने बताउँछिन्। अहिले उनी माओवादी केन्द्रबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी मन्त्रीमध्ये एक हुन्। देउवा सरकारमा पम्फाले उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय हाँकिरहेकी छन्। ‘राजनीतिमा लाग्नेको अन्तिम उद्देश्य सत्ता प्राप्त गरेर देश र जनताको सेवा गर्नु हो। आवश्यकता र आकस्मिकता दुवैमा सरकार र पार्टीको नेतृत्व गर्नु परे म तयार छु,’ उनले भनिन्, ‘पार्टी अध्यक्ष प्रचण्ड हुँदासम्म पहिलो नेताको रुपमा सोच्दिनँ। त्यसपछि अहिलेका पुस्ता कसैको नेतृत्व मान्दिनँ।’ 

प्रचण्ड पनि असाध्यै कम उमेरमा पार्टी नेतृत्वमा आएको भन्दै भुसाल नयाँ पुस्ताको नेतृत्वमा आफूहरुले इच्छा देखाउनु स्वाभाविक भएको बताउँछिन्। तर, राजनीतिक नेतृत्वमा आउन विचार, राजनीति र दृष्टिकोणमा खारिनु पर्ने उनको भनाइ छ। महिला सहभागिता बढाउन जहिल्यै पार्टी र नेतृत्वले आधार तयार गर्नुपर्ने उनी बताउँछिन्। ‘महिलालगायत उत्पीडित जाति, क्षेत्र र समुदायलाई नेतृत्वमा ल्याउनुपर्छ भन्ने जग १० वर्षे जनयुद्धले नै तयार गरेको हो,’ भुसाल भन्छिन्। 

अझै राज्यका सबै निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित नभएको भन्दै त्यसका लागि संघर्ष गर्न सचेततापूर्वक लाग्नुपर्ने उनले बताइन्। कोही व्यक्तिले कसैलाई टपक्क टिपेर ल्याउँदा नेतृत्व गर्न नसक्ने भुसालको बुझाइ छ। उनी भन्छिन्, ‘हाम्रो कम्युनिस्ट आन्दोलनको नेतृत्व दुई पुस्ताले गरिसकेको छ। हाम्रो पालामा वर्ग संर्षघको उत्कर्षको रुपमा जनयुद्ध भयो। तर, अझै उत्पीडित जाति, क्षेत्र, लिंग र समुदायले अधिकार नपाएको हुँदा नयाँ संघर्षमार्फत समाजवादसम्म पुग्नु पर्छ।’

यो पनि पढ्नुहोस्

के वर्षमानलाई प्रचण्डको उत्तराधिकारीका रुपमा तयार पारिँदैछ?

भुसालमा नेतृत्व गर्न सक्ने क्षमता भए पनि उनले पार्टीभित्र त्यस्तो आधार तयार नगरेको एक नेता बताउँछन्। वर्षमान पुन र जनार्दन शर्माको जस्तो उनको पार्टीभित्र छुट्टै गुट छैन। गुट नहुँदा पार्टीभित्र पकड कमजोर हुने र उनलाई नेतृत्वमा स्थापित गर्न दबाब पनि नपुग्ने ती नेता बताउँछन्। ‘नेतृत्वमा पुग्न मिडियामार्फत आफ्नो विचारको प्रचार गर्नुपर्छ, कार्यकर्तामा सम्बन्ध स्थापना गर्नुपर्छ,’ उनले भने, ‘उहाँको छिट्टै रिसाउने स्वभाव छ। सानो समूहमा रमाउनुहुन्छ। तर, सहज र सरल भएको कारण उहाँसम्म कार्यकर्ताको पहुँच भने छ।’

उनको राजनीतिक क्रियाकलाप प्रायः ललितपुरमा बढी केन्द्रित छन्। त्यहाँ हुने साना कार्यक्रममा पनि सहभागी हुन्छिन्। जनार्दन र वर्षमानको जस्तो देशभरिका कार्यकर्तासम्म उनको प्रभाव छैन। ‘मेरो निर्वाचन क्षेत्रमा सानो ठूलो भनेर प्रोटोकल राख्दिनँ। जनसम्बन्धमा विश्वास राख्छु,’ भुसाल भन्छिन्, ‘अन्त मेरो जिम्मा नभएको क्षेत्रमा हात हाल्दिनँ। जति जिम्मा हुन्छ त्यति गर्छु।’

nimb
nimb
Ncell 2
Ncell 2

छोरीलाई गरेको विभेदले विद्रोही बनायो
भुसाल जन्मिँदा पञ्चायतको ‘बन्द काल’ थियो। राजनीतिक दलहरु प्रतिबन्धित थिए। सामाजिक चेतना कम थियो। 

उनी परिवारकी चौथो छोरी हुन्। उनकी आमाले १० छोरीपछि ११औं सन्तान छोरा जन्माएकी थिइन्। परिवार अर्घाखाँचीको हुने–खाने थियो। पाँच छोरी जन्मेपछि बुवालाई आफन्तले दोस्रो विवाहका लागि दबाब दिएका थिए। ‘छोरा नभए यति धेरै सम्पत्ति कसले खान्छ?’ भन्नेहरुको कमी थिएन। ११औं सन्तान छोरा भएपछि दोस्रो विवाह गर्ने बहस रोकियो। 

उनको घर नजिकै कक्षा ५ सम्म पढाइ हुने विद्यालय खुलेको थियो। आमासँग छोरीहरुलाई पढाउने अठोट थियो। तर, छिमेकी कसैले छोरी पढाएका थिएनन्। ‘त्यतिबेला छोरी पढाए केटालाई चिठ्ठी लेख्छन्। माया–पिरतीमा फसेर बिहे गर्छन् भन्ने मान्यता थियो। त्यो त छोरीहरुको लागि लक्ष्मण रेखा जस्तै थियो,’ उनले भनिन्।

तर, भुसालले पढ्न पाइन्। उनी कक्षा १ को परीक्षामा नै ‘स्कुल फस्ट’ भइन् भने उनकी दिदी ‘सेकेन्ड’ भइन्। ‘त्यतिबेला मलाई छोरा जस्तो होल फस्ट भइ भन्न थाले। मैले आफ्नै ढंगको अतिरिक्त क्रियाकलाप गर्दा पनि छोरा जस्तो टाठी भन्न थाले,’ उनी भन्छिन्, ‘अर्कोतिर धन सम्पत्ति खाने छोरा चाहिन्छ पनि भन्थे। त्यो कुराले मलाई पोलिरहन्थ्यो। त्यसैले मलाई विद्रोही बनाएको हो।’

घरमा घोडा थियो। ‘छोरीले घोडा चढ्न हुन्न’ भन्थे। तर, उनी घोडा चढेर दौडाउँथिन्। उनको विद्रोही स्वभाव झनै बढ्दै गएको थियो।

कक्षा ५ उत्तीर्ण भएपछि कक्षा ६ पढ्न २ घन्टाको बाटो हिँडेर जानुपर्थ्यो। तर, लामो बाटोले उनको साहसलाई छेकेन। अतिरिक्त क्रियाकलापमा पनि उनी अगाडि हुन थालिन्। शिक्षकहरुसँग निर्धक्क आफ्ना कुरा राख्थिन्। हरेक पटक कक्षा पार हुँदा भने ‘अब विद्यालय छाड्नुपर्ने हो कि’ भन्ने त्रास हुन्थ्यो।

उनले पढ्ने विद्यालय क्षेत्रमा कम्युनिस्टहरुको प्रभाव थियो। खासगरी पुष्पलाल, मोहनविक्रम सिंह र मोहन वैद्यको धेरै प्रभाव भएको उनी बताउँछिन्। उनलाई राजनीतिक रुपमा सचेत गराउने टंक भुसाल स्थानीय नेता थिए। एक वर्ष परीक्षण गरेर उनलाई २०३३ सालमा अनेरास्ववियु छैटौंको सदस्य बनाइयो। त्यति बेला उनी १३ वर्षकी थिइन्। 

त्यसपछि उनी जिल्लामा हुने विद्यार्थी संगठनका गतिविधिमा सक्रिय हुन थालिन्। २०३६ सालमा एसएलसी उत्तीर्ण गरिन्। अनि कलेज पढ्न बुटवल पुगिन्। तर, उनको मन त्यहाँ अडिएन। काठमाडौं आएर पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भर्ना भइन्। उनको साथी थिइन्, सावित्रा भुसाल। दुवैले अध्ययन र राजनीतिलाई एकसाथ निरन्तरता दिन थाले। सावित्रा अहिले नेकपा एमालेको राजनीतिमा छिन्।

जेलयात्रा पार्टीको लागि ‘परीक्षा’
पुल्चोक पढ्न थालेपछि पम्फा अनेरास्ववियुमा सक्रिय थिइन्। २०३७ असोजतिर काठमाडौंको टुँडिखेलमा महङ्गीविरुद्धको कार्यक्रम थियो। उनले पनि लिलामणि पोखरेल, टंक कार्की, भीम न्यौपानेलगायत नेतासँगै भाषण गरिन्। अनि त प्रहरीले उनको खोजी सुरु गरिहाल्यो। भूमिगत रुपमा बस्न साथीको घर जाँदै गर्दा पक्राउ परिन्। उनी भूमिगत बस्न खोजेको घर र जिल्ला प्रहरी कार्यालय नजिकै थियो। उनलाई त्यसको हेक्का थिएन।

पक्राउपछि लिखित कागजमा हस्ताक्षर गर्न दबाब दिइयो। उनले हस्ताक्षर गर्न नमानेपछि जेल पठाए। त्यो बेला दशैं आउन लागेको थियो। जेल परेको खबरले परिवारमा तनाव भयो। ‘बरु एउटा छोरी मरेको भए हुन्थ्यो। जेल परेर बेइज्जत भयो भन्ने कुरा परिवार र समाजमा भएछ,’ भुसालले भनिन्, ‘छोरी पढाएर बेइज्जत भयो। कसैको नहुने छोरी खुब पढ्न पठाएको जेल परि, भन्न थालेछन्।’

त्यो सुनेपछि जेलबाट छुटेर पनि उनी तिहारमा घर गइनन्। पछि मंसिरमा उनलाई भेट्न आमा आफैं आइन्। आमाले मन त बुझाइन्, तर छोरीमाथिको आशंका कायम थियो। जेल पर्ने काम नगरिदिए हुन्थ्यो भन्ने थियो। 

जेलबाट छुटेपछि मात्र उनले नेकपा (चौथो महाधिवेशन)को पार्टी सदस्यता पाइन्। पार्टीको विचार, नीति र सिद्धान्तलाई पालना गरेर प्रतिक्रियावादीसँग नझुकेको भन्दै उनलाई कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यले नै बोलाएर पार्टी सदस्यता दिएका थिए। ‘नरबहादुर दाइले एउटा कार्ड दिँदै तिमी पार्टी सदस्य भयौ भन्नुभयो। म जेल परेर आएपछि टेष्टेड भएको रहेछु,’ भुसालले भनिन्।

भुसालको राजनीतिक उतारचढाव 
विद्यार्थी जीवनदेखि नै भुसालको राजनीतिक कर्मभूमि ललितपुर भयो। उनले अनेरास्ववियु छैटौंको पुल्चोक इन्जिनियरिङ क्याम्पसको प्रारम्भिक कमिटीबाट काठमाडौंमा राजनीति सुरु गरिन्। उनी २०४० सालमा अनेरास्ववियु छैटौंको केन्द्रीय कमिटी सदस्य भइन्।

पछि महिला संगठनतिर लागिन्। त्यसको केन्द्रीय सदस्य हुँदै महासचिवसम्म भइन्। २०४६ सालको जनआन्दोलनपछि नेकपा एकता केन्द्रको बागमती ब्यूरो सदस्य भइन्। तत्कालीन चार वटा कम्युनिष्ट पार्टीबीच एकता भएर नेकपा एकताकेन्द्र बनेको थियो। त्यसको खुला मोर्चा संयुक्त जनमोर्चा थियो।

भुसाल संयुक्त जनमोर्चाको सचिव, महासचिव हुँदै केही समयका लागि अध्यक्ष समेत भइन्। संयुक्त जनमोर्चाको अध्यक्षको जिम्मेवारीबाट मुक्त भएलगतै तत्कालीन नेकपा माओवादीको केन्द्रीय सदस्य भइन्।

नेकपा माओवादी ‘जनयुद्ध’मा गएको बेला उनी एक्लो महिला केन्द्रीय सदस्य थिइन्। त्यति बेला उनी राजनीतिक संगठक थिइन्। भूमिगतकालमा उनी प्रायः सुदूरपश्चिम, प्रवास र गण्डक क्षेत्रमा खटिएकी थिइन्। त्यस अवधिमा हजारौं मारिए, बेपत्ता भए। कतिपय घाइते भए। तर, उनी न घाइते भइन्, न त जेल नै परिन्। यसलाई उनी संयोग मान्छिन्।

माओवादी दोस्रो जनआन्दोलनपछि शान्ति प्रक्रियामा आएलगत्तै गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारमा उनी महिला, बालबालिका तथा सामाजकल्याण मन्त्री भइन्। पहिलो संविधानसभा निर्वाचनमा ललितपुर–३ बाट विजयी भएपछि बनेको पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री भइन्। उनी बाबुराम भट्टराई नेतृत्वको सरकारमा पनि शान्ति तथा पुनःनिर्माण मन्त्री भएकी थिइन्।

तत्कालीन एकीकृत माओवादीमा ‘दुई लाइन संघर्ष’ चर्किएपछि उनी २०६९ सालमा प्रचण्डलाई छोडेर मोहन वैद्य नेतृत्वको नेकपा– माओवादीतिर लागिन्। त्यति बेला पार्टी स्थायी समिति सदस्य थिइन्। वैद्य नेतृत्वको माओवादीले दोस्रो संविधानसभा निर्वाचन बहिस्कार गरेको थियो।

यो पनि पढ्नुहोस्

जनार्दन शर्मा : प्रचण्ड पछिका 'कमाण्डर'?

प्रचण्डसँग छुट्टिएको चार वर्ष पुग्न नपाउँदै २०७३ सालमा रामबहादुर थापा ‘बादल’सहित उनी पनि प्रचण्ड नेतृत्वको पार्टीमै फर्किइन्। वैद्य नेतृत्वको पार्टीमा अवसर नदेखेपछि उनी पुरानै पार्टीमा फर्किएको एक नेता बताउँछन्। ‘हिजो प्रचण्डले क्रान्तिलाई धोका दिएको आरोप लगाएर जानु भएको थियो। तर, नेत्रविक्रम चन्दले त्यो पार्टी पनि फुटाएपछि राजनीतिक भविष्य नेदेखेर यता फर्किनुभएको हो,’ ती नेताले भने। 

उनी मौका छोप्नकै लागि मात्र प्रचण्डतर्फ फर्किएकाले नेतृत्वमा सर्वस्वीकार्य हुन गाह्रो रहेको ती नेताको भनाइ छ। तर, उनी पुरानै पार्टीमा पनि नेतृत्व तहमा भने रहिरहिन्। त्यसपछि बनेको माओवादी केन्द्रमा ३५ जनाको पार्टी केन्द्रिय कार्यालय सदस्य हुँदा उनी पनि सम्मिलित भइन्।

२०७४ सालको आम निर्वाचनमा उनी ललितपुर–३ बाट प्रतिनिधि सभामा विजयी भइन्। उनी वाम–गठबन्धनबाट उम्मेदवार बनेकी थिइन्। एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपामा उनी स्थायी कमिटीमा थिइन्। अहिले पनि नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य छिन्।

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  २०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले राष्ट्रिय स्वाधीनतामाथि चर्को दबाब र हस्तक्षेप भएको भन्दै प्रतिक्रान्तिकारी र प्रतिगाम... शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी तोकिएको हो । शुक्रबार, साउन ८, २०८३
रास्वपाका सांसदहरूले स्वकीय सचिवमा परिवार र आफन्तलाई नियुक्ति दिन नपाउने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार पार्टीले सांसदका स्वकीय सचिव नियुक्तिमा नातावाद, परिवारवाद तथा आर्थिक अनियमितता रोक्... शुक्रबार, साउन ८, २०८३
ताजा समाचारसबै
कोलकाता-विराटनगर कार्गो रेल सेवा सञ्चालनमा, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा शुक्रबार, साउन ८, २०८३
वरुण बेभरेजमा छापा, ‘सेभेन अप’को उत्पादन र बिक्रीमा रोक शुक्रबार, साउन ८, २०८३
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड शुक्रबार, साउन ८, २०८३
सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा पर्‍यो : मानवअधिकार संस्था शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, साउन ७, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
'पेपर लिक' प्रकरणमा फास्ट–ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्