काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीको स्पेन भ्रमणले अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाउन मद्दत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
६ दिने औपचारिक स्पेन भ्रमण गरी शुक्रबार साँझ प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधि मण्डल स्वदेश फर्केपछि परराष्ट्रसचिव अमृत राईले प्रेस नोट बाचन गर्दै यस्तो बताएका हुन् ।
विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन गएका प्रधानमन्त्री ओली शुक्रबार कतारको दोहा हुँदै स्वदेश फर्किएका हुन् ।
‘सम्मेलनका क्रममा प्रधानमन्त्रीसँग भएका भेटघाटले स्टोनिया, स्पेन, पोर्चुगल,इजिप्टलगायतका मित्रराष्ट्रहरूको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको छ’, परराष्ट्र सचिव राईले भने, ‘साथै नेपाल र संयुक्त राष्ट्र सङ्घसँगको सम्बन्ध र सहकार्यलाई अझ मजबुत बनाउन मद्दत पुगेको छ । सम्मेलनमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि मजबुत बनाउन मद्दत पुगेको छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।