• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

के वर्षमानलाई प्रचण्डको उत्तराधिकारीका रुपमा तयार पारिँदैछ?

64x64
वीरेन्द्र ओली मंगलबार, भदौ २९, २०७८  २०:३९
1140x725

काठमाडौं– ‘वर्षमानले ३० नम्बर ल्याए, जनार्दनले ४० नम्बर ल्याए’– नेकपा एमालेसँग एकता हुनुअघि नेकपा माओवादी केन्द्रका नेताहरुबीच यस्तो ठट्टा चल्थ्यो।

माओवादी केन्द्रभित्र वर्षमान पुन र जनार्दन शर्मालाई प्रतिस्पर्धीका रुपमा हेरिन्छ। २०७४ सालको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा माओवादी केन्द्र, नेपाली कांग्रेस वा नेकपा एमालेसँग तालमेल गर्ने तयारीमा थियो। वर्षमान नेपाली कांग्रेससँग तालमेलका लागि भागवण्डाको बाँडफाँट मिलाउन सक्रिय थिए। जनार्दनलाई भने एमालेसँग तालमेलका लागि वार्ता गर्ने जिम्मेवारी दिइएको थियो। खासमा जनार्दन एमालेसँगै तालमेल गरेर जानुपर्ने पक्षमा थिए।

त्यो प्रयत्न चलिरहँदा कांग्रेसले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा ७० प्रतिशत उम्मेदवार आफूले उठाउने र ३० प्रतिशत मात्र माओवादीलाई छाड्ने निधो गरेको थियो। उता जनार्दनले भने माओवादी केन्द्रले ४० प्रतिशत सिट पाउने गरी एमालेसँग भागबन्डाको सहमति गराए। माओवादी केन्द्रले स्वाभाविक रुपमा जनार्दनको प्रस्ताव अगाडि बढायो। यसैलाई नेताहरुले ठट्टाको विषय बनाएका थिए।

एमालेसँग चुनावी गठबन्धन बन्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उत्साहित भए। उनले पार्टी एकता नै गर्नेगरी छलफल अघि बढाउन जनार्दनलाई थप जिम्मेवारी दिए। अनि दुई पार्टी एक हुने अवस्था बन्यो। त्यसमा वर्षमान भित्रैदेखि सहमत थिएनन्। एकता गरेर ठूलो पार्टी बनाउँदा संगठनले राम्रोसँग काम गर्न नसक्ने हुँदा चुनावी मोर्चाबन्दी मात्र गर्नुपर्ने उनको तर्क थियो।

तर, पार्टी नेतृत्वले गरेको निर्णय अस्वीकार गरेर जाने स्थिति थिएन। प्रचण्ड, जनार्दन शर्मालगायत नेताको जोडबलमा एमाले र माओवादीबीच चुनावी गठबन्धन बन्यो, अनि २०७५ जेठ ३ मा एमाले र माओवादीबीच एकता भएर नेकपा बन्यो।

आखिर वर्षमानले भने जस्तै भयो- पार्टी एकता लामो समय टिकेन। पार्टी अनेक विवादको भुमरीमा फस्यो। अन्ततः सर्वोच्च अदालतले नै २३ फागुन २०७७ मा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् रुपमा फर्काइदियो।

त्यसपछि ६ महिनासम्म पनि माओवादी केन्द्रले आफ्ना कमिटी र पार्टी कार्यालय पुनर्गठन गर्न सकेन। गएको भदौ ६ मा ‘आफ्नै धरातलमा टेक्ने गरी’ माओवादी केन्द्रमा नेताहरुको जिम्मेवारी तय गरियो। यो निर्णयपछि वर्षमान र जनार्दन फेरि चर्चामा आएका छन्। 

अर्थमन्त्रीसमेत रहेका जनार्दनले पार्टीमा महत्वपूर्ण मानिने संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन्। वर्षमान अर्थ तथा योजना विभाग प्रमुख भएका छन्। उनलाई केन्द्रीय कार्यालय इञ्चार्जको जिम्मेवारीसमेत दिइएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

पार्टीमा अध्यक्ष प्रचण्डपछिको वरीयतामा रहेका स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठलाई प्रवास कमिटी इञ्चार्ज बनाइएको छ। पार्टी प्रवक्ताको जिम्मेवारी उनीबाट कृष्णबहादुर महरातिर सारिएको छ। तर, यो निर्णयबाट श्रेष्ठलाई किनारा लगाउन खोजिएको भन्दै उनीनिकट नेता असन्तुष्ट छन्। यो कार्य विभाजनले माओवादी केन्द्रमा दुई नेता, वर्षमान र जनार्दनलाई नेतृत्वमा स्थापित गराउने प्रयास थालिएको विश्लेषण कतिपयको छ।

तत्कालीन नेकपामा जनार्दन निकै सक्रिय थिए। नेकपा गठनपछि वर्षमानले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग निकटता बढाएको आरोप थियो। ओली सरकारमा उनी उर्जामन्त्री थिए। त्यतिबेलै उनी प्रचण्डलाई छोडेर ओलीतिर गएको चर्चा थियो। तर, ओलीले गएको पुस ५ मा पहिलो पटक प्रतिनिधि सभा विघटन गरेपछि वर्षमान पनि मन्त्री पदबाट राजीनामा दिएर सडक संघर्षमा उत्रिए।

माओवादी केन्द्र ब्युँतिएपछि पार्टीमा फेरि वर्षमानको पल्ला भारी हुन थालेको नेताहरु बताउँछन्। केहीले भने वर्षमानले नेकपामा खेलेको भूमिकाका कारण अहिले उनलाई थन्काउन कम महत्वको जिम्मेवारी दिइएको पनि बताउँछन्।

माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेश साह भने भविष्यमा पार्टी नेतृत्वमा पुर्‍याउने गरी वर्षमान र जनार्दनसँगै पम्फा भुसाललाई पनि ‘ग्रुम’ गर्न थालिएको बताउँछन्। ‘प्रचण्डपछिको नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा हुनुहुन्छ, उहाँहरु विकल्प बन्न नसके जनार्दन, वर्षमान र महिलामा पम्फा भुसाल नै तयार हुने हो,’ साहले भने, ‘तर, नेतृत्वमा पुग्नु चानचुने कुरा होइन। त्यसअनुसार आफूलाई विकसित गर्न सक्नुपर्छ।’

वर्षमानको बल
वर्षमान बल्ल ५० वर्षका भए। दुई पटक सांसद र तीन पटक मन्त्री भइसकेका छन्। उनी पहिलो संविधानसभा निर्वाचनमा ललितपुर–१ बाट निर्वाचित भई ३६ वर्षकै उम्मेरमा संसद भवन छिरे। झलनाथ खनाल नेतृत्वको सरकारमा शान्तिमन्त्री हुँदा ३९ वर्षका थिए। बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थ मन्त्रालयको बागडोर सम्हाल्दा ४० वर्षका थिए।

उनी लामो समयदेखि पार्टीको निर्णायक तहमा छन्। माओवादी केन्द्रले चुनावी तालमेल गर्दा होस् वा पार्टी एकताको निर्णय गर्दा, प्रचण्डलाई नजिकबाट सघाउनेमध्ये उनी पनि थिए। उनको राजनीतिक चातुर्य र व्यवस्थापन आश्चर्यलाग्दो भएको तत्कालीन नेकपा तथा अहिले एमालेका एक नेता बताउँछन्।

‘राजनीतिक चातुर्य, अन्तरविरोधलाई सजिलै हल गर्न सक्ने र विरोधीलाई पनि मिलाउन सक्ने उहाँमा अचम्मको क्षमता छ, रोल्पामा जन्मिएका नेतामध्ये राजनीतिक रुपमा त्यति सार्प कमै छन्,’ ती नेताले भने। त्यही क्षमताले नै वर्षमान पार्टीभित्र लगातार नेतृत्वको सिढीँ उक्लिरहेको विश्लेषण हुनथालेको छ।

पार्टी एकताका बेला उनले राखेको अडान त्यतिबेला प्रभावी बनेन, तर पछिबाट भने सान्दर्भिक ठहरियो। तत्कालीन नेकपा विभाजनपछि उनले एक भेटमा भनेका थिए– ‘नेपालमा पार्टी एकता गरेर ठूलो बनाउने भन्दा पनि आ–आफ्नै पार्टी चुस्त–दुरुस्त बनाएर गठबन्धनको सरकार बनाउँदा राम्रो हुँदोरहेछ भन्ने पुष्टि भयो। अब सबैले आ–आफ्नै पार्टी बलियो र व्यवस्थित बनाउन लाग्नु पर्छ।’

‘भेनेजुएलामा जस्तै गठबन्धनको सरकार बनाएर काम गर्नुपर्छ, मन्त्री र सांसद पनि उसैप्रति बफादार हुन्छन्,’ उनी भन्छन्, ‘त्यसपछि पार्टीमा यो गुट त्यो गुटको मान्छे बचाउने/फाल्ने लफडा हुँदैन।’ त्यसैले कुनै पार्टीसँग एकता नगरी माओवादी केन्द्रलाई आफ्नै संगठनमा जरा टेकाउनु पर्ने उनको मान्यता छ। वर्षमानको त्यही सोच बुझेरै प्रचण्डले उनलाई अहिले अर्थ विभागको जिम्मेवारी दिएका छन्।   

उनको शक्ति भनेको पार्टी संगठनमा पकड पनि हो। माओवादी केन्द्रमा देशैभरिको पार्टी र जनवर्गीय संगठनमा वर्षमानको बलियो पकड छ। तर, पार्टीभित्र उनलाई ‘आर्थिक पारदर्शिता कमजोर भएको’ आरोप लाग्ने गरेको छ। एकाएक बढेको उनको ‘आर्थिक सामर्थ्य’लाई धेरैले आश्चर्यको रुपमा लिएका छन्।

त्यहीकारण पार्टीभित्र समकालीन नेता उनीसँग टक्कर लिनेभन्दा सहकार्य गर्नेतिर लाग्छन्। विपक्षी पनि उनको बढ्दो आर्थिक हैसियतकै कारण ‘टकराव’ भन्दा सहकार्यलाई महत्व दिन्छन्। विगतमा उनी आर्थिक चलखेलका केही काण्डमा फसेको चर्चा पनि थियो।

उनीमाथि पारिवारिक मोह देखाएको आरोप पनि छ। वर्षमान र श्रीमती ओनसरी घर्ती आलोपालो शक्तिमा रहने गरेका छन्। ओनसरी पूर्वसभामुख हुन्। माओवादीकै कतिपय नेताहरु उनको राजनीतिक र व्यक्तिगत जीवन पनि पारदर्शी नभएको टिप्पणी गर्छन्। तर, वर्षमाननिकट नेताहरु भने उनको प्रगति हेर्न नचाहनेहरुले आरोप लगाएको टिप्पणी गर्छन्।

वर्षमानका उतारचढाव
वर्षमान २०२८ जेठ १८ मा रोल्पा नगरपालिका–७, माडिचौरमा जन्मिएका थिए। उनी माओवादी प्रवक्ता तथा तत्कालीन शिक्षक कृष्णबहादुर महराका विद्यार्थी पनि हुन्। विद्यालयमा महराले विज्ञान र गणित विषय बढाउँथे। बिहान बेलुका ट्यूसन पढाउँदा मार्क्सवादको पनि शिक्षा दिन्थे। त्यही कारण वर्षमान १४ वर्षकै उमेरमा वामपन्थी विद्यार्थी राजनीतिमा जोडिए।

त्यसपछि उच्च शिक्षा अध्ययन गर्न दाङको महेन्द्र बहुमुखी क्यापस झरे। दाङमा उनका सहकर्मी नन्दकिशोर पुन ‘पासाङ’, कुलप्रसाद केसी ‘सोनाम’, शक्तिबहादुर बस्नेतलगायत थिए। त्यहाँ आईएसम्मको अध्ययन पूरा गरेपछि उनी कानून पढ्न काठमाडौं हानिए।

तर, तत्कालीन नेकपा माओवादीले सशस्त्र संघर्षमा जाने निर्णय गरेपछि उनी पनि भूमिगत भए। 'जनयुद्ध'कै क्रममा २०५३ सालमा रोल्पा जिल्ला सेक्रेटरी भएका उनी २०५५ सालमा केन्द्रीय सदस्य भएपछि सैन्य र राजनीतिक नेतृत्वमा तिखारिँदै गए।

त्यसलगत्तै सैन्य फाँटतर्फ पूर्वी क्षेत्रको कमाण्डर भए। त्यो उनको लागि भौगोलिक, भाषा र संस्कृतिका हिसाबले फरक प्रकारको चुनौती थियो। तर, त्यस चुनौतीलाई अनुकूलतामा बदलेर उनले माओवादी संगठन विस्तार गर्नुका साथै सैन्य हस्तक्षेप बढाउँदै लगे।

उनी २०५७ सालमा माओवादीको वैकल्पिक पोलिटब्यूरो सदस्य भए। त्यसको दुई वर्षपछि २०५९ सालमा पोलिटब्यूरो सदस्य र सैन्य क्षेत्रमा डेपुटी कमाण्डर भए।

वर्षमान २०६४ सालमा पहिलो संविधानसभामा निर्वाचित भएपछि २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्री भए। अर्को वर्ष बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दा ‘बन्दुक समाउनेले कस्तो नेतृत्व गर्लान्!’ भन्दै शंका व्यक्त गरिएको थियो। अहिले वर्षमानलाई अर्थसम्बन्धी जानकार पूर्वअर्थमन्त्री समेत भन्ने गरिन्छ।

दोस्रो संविधानसभा निर्वाचनमा उनले ठूलो चुनौती उठाए। पश्चिम क्षेत्रमा हुर्के बढेका उनी पूर्वको मोरङमा उम्मेदवार बने। तर, त्यहाँ पराजित भएपछि झण्डै चार वर्ष सत्ताबाहिरै रहे।

तर, २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा भने उनी आफ्नो गृहजिल्ला रोल्पा नै फर्किए र विजयी भए। एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा भएपछि उनको भूमिका केही खुम्चिएको थियो। तर, माओवादी केन्द्र फेरि अस्तित्वमा आएसँगै उनले प्रभाव फर्काउन थालेको देखिँदैछ। पछिल्लो कार्य विभाजनपछि भविष्यमा उनलाई माओवादी केन्द्रको नेतृत्वकर्ताको रुपमा समेत एकथरीले हेर्नथालेका छन्।

प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  २०:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
जघन्य अपराधमा मृत्युदण्डको व्यवस्था गर्न रास्वपा सांसद बानुको माग आजीवनको काराबासले डर पैदा गर्न नसकेकै कारण देशभर हत्या र बलात्कारको घटना बढिरहेको उनको जिकिर छ । सोमबार, भदौ ८, २०८३
आफ्नै सरकारविरुद्ध खनिए अमरेश,– ‘यो सरकार बनेदेखि नै समाजमा अराजकता बढ्यो!’ सिंहले पछिल्ला विभिन्न घटनालाई कुनै एउटा स्थान वा समुदायसँग मात्र जोडेर हेर्न नहुने बताए। समाजमा देखिएका घटनाहरूले सरकारप्रति नागरिक... सोमबार, भदौ ८, २०८३
अपराधीलाई सजाय दिने जिम्मा आमाहरुलाई दिन कांग्रेस सांसद कर्णको माग यसको जवाफ कसले दिने ? यसको जवाफ सुरक्षा निकायले दिन सक्दैन ?,’ उनले भनिन्, ‘यदि सुरक्षा निकायले अपराधीलाई सजाय दिन सक्दैन भने हामी आ... सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
होर्मुजबाट गुज्रिने जहाजसँग शुल्क उठाउने प्रस्ताव इरानी संसद्‌बाट स्वीकृति, अमेरिकाले के दियो प्रतिक्रिया? सोमबार, भदौ ८, २०८३
जघन्य अपराधमा मृत्युदण्डको व्यवस्था गर्न रास्वपा सांसद बानुको माग सोमबार, भदौ ८, २०८३
आफ्नै सरकारविरुद्ध खनिए अमरेश,– ‘यो सरकार बनेदेखि नै समाजमा अराजकता बढ्यो!’ सोमबार, भदौ ८, २०८३
उदयपुरको बेलकामा स्कुल बससँग अटो ठोक्कियो, अटोमा सवार दुई जनाको मृत्यु सोमबार, भदौ ८, २०८३
बालिका बलात्कारपछि हत्या घटना: आरोपी किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ, अरु चार जनामाथि अनुसन्धान सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्