• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जनार्दन शर्मा : प्रचण्ड पछिका 'कमाण्डर'?

64x64
वीरेन्द्र ओली बुधबार, असोज ६, २०७८  २०:३९
1140x725

‘लक्ष्यभन्दा धेरै राजश्व उठाउन दुई जर्नेल सफल हुनुहुनेछ भन्नेमा म ढुक्क छु।’

केही दिनअघि भन्सार विभागको एक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले भनेका थिए। तर, उनले ‘जर्नेल’ भनेका दुई व्यक्ति वास्तविक जर्नेल थिएनन्। उनीहरु आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेल र भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटा थिए। 

जनार्दन तत्कालीन माओवादीले चलाएको सशस्त्र युद्धको सैन्य संरचनातर्फ डेपुटी कमान्डरसम्म भएका थिए। त्यसबेला उनी जनार्दन शर्मा भन्दा ‘प्रभाकर’को नामले चिनिन्थे। उनले प्रत्यक्ष रुपमा नै धेरै युद्धमा भाग लिए। अहिले पनि उनी अर्थ मन्त्रालयका कर्मचारीसँग सैन्य भाषा नै बोल्छन्। त्यसरी निर्देशन दिँदा कर्मचारीबाट अटेर नहुने उनी निकट एक नेताले बताए। ‘उहाँले युद्धमोर्चामा माओवादी सेनालाई निर्देशन दिएको भिडियोहरु कर्मचारीले पनि हेरेका छन्। अहिले पनि उहाँले त्यस्तै भाषामा निर्देशन दिँदा कसैले अटेर गर्ने आँट गर्दैन,’ ती नेताले भने।

उनी सरकारबाहिर हुँदा पनि पार्टीका नेता तथा कार्यकर्तासँग प्रायः सैन्य भाषामा नै बोलिरहेका हुन्छन्। जर्नेल, कमाण्डार, प्लाटुन, मिलिसिया जस्ता शब्द प्रयोग गरिरहन्छन्। उनी सैन्य भाषाबाटै प्रभाव जमाउन माहिर छन्। नेकपा एमाले र माओवादी केन्द्र एकता भइ बनेको नेकपामा पनि उनी प्रभावशाली थिए।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गराउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए। एमालेसँग चुनावी तालमेल र पछि पार्टी एकताका लागि भएको वार्तामा प्रमुख रुपमा उनी नै खटिएका थिए। त्यही कारण एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबैको निकट भएर काम गरेका थिए।

महासचिवको दाबेदार!
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ मा पहिलो पटक प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा विभाजन सुरु भयो। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहले अर्का अध्यक्ष ओलीलाई कारबाही गरेर माधव नेपाललाई अध्यक्ष बनायो। महासचिव विष्णु पौडेललाई पनि कारबाही गरेपछि उक्त पद खाली भयो।

प्रचण्ड र नेपाल नेतृत्वको तत्कालीन नेकपा समूहको महासचिव रिक्त थियो। उक्त पदमा दाबी गर्नेमध्ये एक जनार्दन शर्मा पनि थिए। तर, सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाबाट पूर्ववत् नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा नै फर्किनुपर्ने अवस्था सिर्जना भयो।

पूर्ववत् अवस्थामा फर्किएको नेकपा माओवादी केन्द्रका विभिन्न समिति, पार्टी संरचना र कार्यालय अस्तव्यस्त थिए। त्यसलाई सम्हाल्न झन्डै ६ महिना लाग्यो। पार्टी समितिहरु पुनःगठन गर्दा माओवादी केन्द्रको महासचिवमा स्वाभाविक रुपमा जनार्दनको पनि दाबी थियो। वर्षमान पुन उनका प्रतिस्पर्धी थिए।

nimb
nimb

माओवादी केन्द्रले भदौ ६ मा केन्द्रीय विभागहरुको नेतृत्व टुङ्ग्याउँदा संगठन विभागको जिम्मा जनार्दनले पाए। उनका प्रतिस्पर्धी वर्षमानलाई अर्थ तथा योजना विभाग प्रमुख र केन्द्रीय कार्यालय इन्चार्ज बनाइयो। संगठन विभाग प्रमुख प्रायः महासचिवको जिम्मामा हुन्छ। यसकारण माओवादी केन्द्रमा जनार्दनलाई भावी महासचिवको रुपमा हेर्न थालिएको छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ३२ वर्षदेखि लगातार पार्टी नेतृत्वमा छन्। उनीपछि पार्टी वरीयतामा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा छन्। तर, अब यी दुई नेतालाई उछिनेर जनार्दन शर्मा, वर्षमान पुन र पम्फा भुसालले नेतृत्वका लागि प्रतिस्पर्धा थालेको पार्टी नेताहरु बताउँछन्।

जनार्दनले भावी नेतृत्वको रुपमा उठ्न वैचारिक रुपमा अझ खारिनु आवश्यक रहेको उनी निकट एक केन्द्रीय सदस्यले बताए। ‘जनार्दन कमरेडलाई दोस्रो तहको नेताको रुपमा हेर्दा वैचारिक रुपमा ठीक हुनुहुन्छ। तर, यहाँभन्दा माथि जान अझ खारिनुपर्छ, यतिले पुग्दैन,’ ती केन्द्रीय सदस्यले भने, ‘पहिलो नेता हुने भए त झन् उहाँले आफ्नो छिट्टै रिसाउने र आक्रामक स्वभाव त्याग्नुपर्छ।’ जनार्दन र उनको समूहले पार्टीकै अन्य नेताका समर्थकमाथि ‘वैरभाव’ राख्ने गरेको अर्का नेताले बताए।

जनार्दन झण्डै ६० वर्ष उमेरका भए। उनको सक्रियताको उर्जा युवाको जस्तैै छ। अर्थ मन्त्रालयको बागडोर सम्हाल्न सिंहदरवार छिरेका उनी त्यहाँबाट कसरी निस्कन्छन् त्यसैले उनको भावी राजनीतिक भविष्य निर्धारण गर्नेछ। उर्जामन्त्री हुँदा कमाएको साखलाई उनले गृहमन्त्री हुँदा उचाइमा पुर्‍याउन सकेनन्। अब अर्थमन्त्री हुँदा गरेको कार्यसम्पादनले पार्टीमा पनि उनको राजनीतिक उचाइ निर्धारण गर्ने ती नेताले बताए।

पारिवारिक मोहको आरोप
जनार्दनका बाबु स्कन्द शर्मा रुकुममा कम्युनिस्ट पार्टीको संस्थापकमध्येका एक हुन्। उनकै प्रेरणाले तीन छोरा र एक छोरी राजनीतिमा लागे। जेठा जनार्दन, माइला उपेन्द्र, कान्छा अनिल र छोरी नारायणी शर्मा कम्युनिष्ट राजनीतिमा सक्रिय छन्।

माइलो भाइ उपेन्द्र ‘जनयुद्ध’कै समयमा शिक्षण पेसा त्यागेर राजनीतिमा लागेका हुन्। बहिनी नारायणी पनि त्यही बेलादेखि राजनीतिमा छिन्। कान्छो भाइ अनिल भने विद्यार्थी राजनीतिबाट आएका हुन्। 

घरको जेठो छोरा भएकाले परिवारका अन्य सदस्यलाई सहारा दिनुु पर्ने जनार्दनको दायित्व थियो। उनी १४ वर्षकै उमेरमा पार्टी सदस्य भए। २०३६ सालमा सिम्रुत स्वास्थ्य चौकी, रुकुममा स्वास्थ्य सहायक हुँदा १७ वर्षका थिए। तर, कम्युनिस्ट पार्टीको सदस्यता लिएको थाहा पाएपछि पञ्चहरुले दुःख दिन थाले। अनि त्यहाँको जागिर छोडे।

२०३७ सालमा रुकुमको साक्चा प्राथमिक विद्यालयमा शिक्षक भए। २०३८ सालमा तरकारी बीउ उत्पादन केन्द्र रुकुममा प्राविधिक सहायक भए। तर, फेरि पनि पञ्चहरुले दुःख दिन थालेपछि राजीनामा दिएर पूर्णकालीन रुपमा राजनीतिमा होमिए। 

राजनीति गर्दै जाँदा परिवारका अन्य सदस्य पनि जोडिँदै गए। तर, अहिले भने उनलाई परिवार र नातागोतामा मोह देखाएको आरोप लाग्ने गरेको छ। २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा जनार्दन पश्चिम रुकुममा वाम गठबन्धनबाट उम्मेदवार बन्दा कान्छा भाइ अनिल काठमाडौँ क्षेत्र नं. १ बाट उम्मेदवार बनेका थिए। माइलो भाइ उपेन्द्र पनि राष्ट्रिय समाचार समितिको महाप्रवन्धक भइसकेका छन्।

जनार्दनमा पारिवारिक मोह भएको आरोप गलत भएको पार्टी केन्द्रीय सदस्यसमेत रहेकी बहिनी नारायणी शर्मा बताउँछिन्। ‘दाइ (जनार्दन)लाई पारिवारिक मोह छ भन्ने आरोप विल्कुल सत्य होइन। बरु दाइ सिनियर नेता भएकै कारण हामी पछाडि परेका छौँ। केही जिम्मेवारी दिन खोजियो कि दाइको नाम आइहाल्छ,’ उनले भनिन्, ‘हाम्रो परिवारका प्रायः सदस्यले जनयुद्धमा भूमिगत भइ संघर्ष गरेको छ। दाइ सिनियर नेता नभएको भए हामी पार्टीको अर्कै स्थानमा पुग्थ्यौँ होला। दाइकै कारण हामीमाथि अन्याय भएको छ।’

जनार्दनले सहिद र बेपत्ता परिवारका छोराछोरीलाई पनि सहयोग र सद्भाव राख्ने गरेका छन्। अहिले अर्थमन्त्रीको सचिवालयमा त्यस्ता परिवारका सदस्यलाई पनि राखेका छन्।

राजनीतिक उताचढाव
जागिरे जीवन परित्याग गरेर पूर्णकालीन कार्यकर्ता भएपछि उनी २०३८ सालमा नेकपा चौमको रुकुम जिल्ला सदस्य भएका थिए। २०४८ सालको संसदीय निर्वाचनमा संयुक्त जनमोर्चाको तर्फबाट रुकुममा उम्मेदवार भए पनि थोरै मतले पराजित भएका थिए। 

२०५० सालमा पार्टीको दाङ जिल्ला सेक्रेटरी भए। ‘दीर्घकालीन जनयुद्धमा गएर मात्रै सामन्तवादको अन्त्य हुन्छ’ भन्दै तत्कालीन नेतृत्वलाई सशस्त्र संघर्षमा जान दबाब दिने नेतामध्ये उनी पनि थिए। २०५२ सालमा सशस्त्र संघर्ष सुरु भएपछि उनी पनि भूमिगत भए।

युद्धको बेला उनको कार्यक्षेत्र प्रायः मध्यपश्चिम र सुदूरपश्चिम थियो। २०५६ सालमा केन्द्रीय सदस्य भए। २०५७ सालमा पोलिट ब्यूरो तथा सेती महाकाली क्षेत्रीय ब्यूरो इन्चार्ज र कमिसार भए। सशस्त्र युद्धको अन्तिम समयतिर उनी पश्चिमाअञ्चल क्षेत्रमा सक्रिय थिए। 

युद्धको बेला उनको कार्यक्षेत्र प्रायः मध्यपश्चिम र सुदूरपश्चिम थियो। २०५६ सालमा केन्द्रीय सदस्य भए। २०५७ सालमा पोलिटब्यूरो तथा सेती-महाकाली क्षेत्रीय ब्यूरो इन्चार्ज र कमिसार भए। सशस्त्र युद्धको अन्तिम समयतिर उनी पश्चिमाअञ्चल क्षेत्रमा सक्रिय थिए। 

युद्धकालमा उनी करिब १०० वटा युद्ध मोर्चामा सहभागी भएको तत्कालीन डिभिजन सहायक कमाण्डर एवम् राष्ट्रिय सभा सदस्य जीवन बुढा बताउँछन्। ‘प्रभाकर कमरेडले थुप्रै मोर्चामा कमाण्डर भई नेतृत्व गर्नुभयो। उहाँले नेतृत्व गरेर लडेका एकाधबाहेक अधिकांश मोर्चा सफल भए,’ बुढाले भने, ‘सबै मोर्चामा फिल्डमै खटेर अत्यन्तै साहस र उच्च मनोबलका साथ कमाण्डिङ गर्नुभयो, त्यसैले सफल पनि भइयो।’ माओवादीले युद्धमा एकपछि अर्को धक्का व्यहोरिरहेका बेला उनकै नेतृत्वमा भएको पिली (कालिकोट) आक्रमणले माओवादीको सम्भावित ठूलो सैन्य क्षयीकरण जोगाइदिएको थियो। 

२०६० सालमा प्रचण्ड ‘जनमुक्ति सेना’को सुप्रिम कमाण्डर हुँदा उनी डिभिजन कमाण्डर हुँदै डेपुटी कमाण्डर भए। माओवादी शान्ति प्रक्रियामा आउँदा उनी ‘जनमुक्ति सेना’को डेपुटी कमाण्डर हुनुका साथै पार्टी पोलिटब्यूरो सदस्य थिए। यसरी उनी युद्धकालमा सैन्य र राजनीतिक दुवै फाँटमा प्रभावशाली रहे। शान्ति प्रक्रियामा आएको केही समयपछि पुनःस्थापित संसदको सदस्य भए।

पहिलो संविधानसभा निर्वाचनमा जनार्दन रुकुम क्षेत्र नं. २ बाट विजयी भए। त्यतिबेला उनी माओवादी लडाकूको डेपुटी कमाण्डरका साथै सेना समायोजन विशेष समितिका सदस्यसमेत थिए। प्रचण्ड पहिलोपटक २०६५ सालमा प्रधानमन्त्री हुँदा उनी शान्ति तथा पुननिर्माणमन्त्री भएर सिंहदरबार छिरे। दोस्रो संविधानसभा निर्वाचनबाट त्यहीँ क्षेत्रबाट निर्वाचित भएपछि सार्वजनिक लेखा समितिको सभापति भए। 

प्रचण्ड दोस्रो पटक २०७३ सालमा प्रधानमन्त्री हुँदा उनी उर्जामन्त्री भए। उनको उक्त कार्यकाललाई निकै सफल मानिन्छ। विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेपछि दैनिक १७/१८ घण्टाको लोडसेडिङ अन्त्य भएको थियो। यही कामले उनको राजनीतिक उचाइ बढ्यो।

त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनले गृहमन्त्रीको जिम्मेवारी सम्हाले। तर, उर्जामन्त्री हुँदाजस्तो उल्लेखयोग्य काम गर्न सकेनन्। भलै उनले ८४ बुँदे कार्ययोजना सार्वजनिक गरेका थिए। प्रहरीका तल्लो दर्जालाई प्राथमिकता दिएर कार्ययोजना बनाए पनि त्यसलाई कार्यान्वयनको अवसर नै पाएनन्। उनी २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा रुकुम पश्चिमबाट विजयी भए।

रुकुममा एकछत्र
आफ्नो गृहजिल्ला रुकुम पश्चिममा जनार्दनले माओवादी केन्द्रलाई एकछत्र विजयी गराएका छन्। उनलाई पार्टीभित्र र बाहिरबाट चुनौती दिनसक्ने नेता अहिलेसम्म देखिएको छैन। यसअघि रुकुम एक हुँदा पनि त्यहाँ माओवादी केन्द्रको प्रभाव एकछत्र थियो। 

रुकुम पूर्वमा पुथाउत्तरगंगा, भूमे, सिस्ने गरी तीन गाउँपालिका छन्। त्यहाँका तीनै स्थानीय तह माओवादी केन्द्रले जितेको छ। त्यहाँबाट संघीय र प्रादेशिक संसदमा केन्द्रीय सदस्य गणेशमान पुन, कमला रोका, तेजबहादुर ओली र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले प्रतिनिधित्व गर्छन्। 

रुकुम पश्चिममा मुसिकोट, चौरजहारी र आठबीसकोट गरी तीन नगरपालिका र बाँफिकोट, त्रिवेणी र सानीभेरी गरी तीन गाउँपालिका छन्। सबैमा माओवादी केन्द्रले जितेको छ। एकाध वडा अध्यक्षबाहेक सबैमा माओवादी केन्द्रकै बर्चस्व छ। स्थानीय तह र प्रदेशमा प्रायः जनार्दन निकट नेताले नै टिकट पाएका छन्। 

यसअघि रुकुममा उनलाई टक्कर दिने नेता लोकेन्द्र विष्ट र हेमन्तप्रकाश ओली थिए। तर, अहिले दुवै जना माओवादी केन्द्रमा छैनन्। विष्ट राजनीति छोडेर कृषि कर्ममा लागेका छन्। ओली भने नेत्रविक्रम चन्द ‘विप्लव’  नेतृत्वको नेकपामा छन्।

उनीबाहेक रुकुमबाट केन्द्रीय सदस्य राजकुमार शर्मा र वसन्त शर्मा मात्रै छन्। पार्टी केन्द्रीय सदस्य एवम् जनार्दनकी कान्छी बहिनी नारायणी शर्मा विवाह गरेर देउखुरी आएकाले त्यतै राजनीति गर्छिन्। विद्यार्थी राजनीतिबाट उदायका कान्छो भाइ अनिल शर्मा काठमाडौ क्षेत्र नं. १ लाई आधार बनाएर राजनीति गर्छन्। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा पनि रुकुमका हुन्। शर्मासहित रातो कामी र विमला केसी प्रदेशको राजनीतिमा सक्रिय छन्।

यो पनि पढ्नुहोस्

के वर्षमानलाई प्रचण्डको उत्तराधिकारीका रुपमा तयार पारिँदैछ?मंगलबार, भदौ २९, २०७८

 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  २०:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनः... बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार देउवाको मागबमोजिम आदेश संशोधन गर्न कानुनी रूपमा नमिल्ने ठहर ग... बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्रीले भने– ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंहरुको साथमा छ’ ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न,’ प्रधानमन्त्री शाहले प्रभावित नागरिकलाई आश्वस्त पार्दै भने, ‘राज्य आफ्ना सम्पूर्ण साधन र स्... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्