• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख १८, २०८३ Fri, May 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

धर्मनिरपेक्षता र प्रदेश खारेज गरौं, राजनीतिक कोर्स परिवर्तन गरौं : सीपी मैनाली [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक ३०, २०७८  ०७:२०
1140x725

नेकपा मालेको चितवनमा सम्पन्न आठौं महाधिवेशनले महासचिवमा पुनः सीपी (चन्द्रप्रकाश) मैनालीलाई निर्वाचित गरेको छ। २०५८ सालमा माले पुनःगठन गरेपछि लगातार नेतृत्वमा रहेका मैनालीले नै महासचिवको रुपमा निरन्तरता पाएका हुन्। अहिलेको संसदीय व्यवस्था असफल भएको निष्कर्ष निकाल्दै महाधिवेशनले जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अजेण्डा पारित गरेको छ।

आठौं महाधिवेशनपछि अबको नेकपा माले कसरी अगाडि बढ्छ भन्ने लगायतका विषयमा नवनिर्वाचित माले महासचिव मैनालीसँग नेपाल लाइभका लागि बीपी अनमोलले गरेको कुराकानी :

तपाईंहरूको आठौं महाधिवेशन सम्पन्न भएको छ। अबको माले कसरी अगाडि बढ्छ?
आठौं महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ। अहिले महाधिवेशनबाट ५८ सदस्यीय केन्द्रीय कमिटी बनेको छ। बाँकी केन्द्रीय सदस्य अब आउने दोस्रो बैठकबाट मनोनीत गरिने छ। त्यो म्यान्डेट महाधिवेशनले केन्द्रीय कमिटीलाई प्रदान गरेको छ। नेपालको कम्युनिस्ट आन्दोलनको ७२ वर्षको समीक्षा गरिएको छ। अहिले नेपाली क्रान्ति पाँचौ उपचरणमा छ भन्ने ठहर गरेको छ। यस बेलाचाहिँ नयाँ जनवादी लक्ष्यमा पुग्नका लागि अझै धेरै काम बाँकी छ।

अहिले तत्कालमा जुन पुँजीवादी संसदीय व्यवस्था आयो, यो केही समय सुधारिएको व्यवस्थाको रुपमा आए पनि त्यसलाई सुधारेर ल्याउनेहरुले नै यसलाई समाप्त गरिदिए। यो संसदीय व्यवस्थामा संसद्, सरकार, न्यायालयको भूमिका स्वतन्त्र, सन्तुलन र नियन्त्रणको हुनुपर्थ्यो। त्यो भएन। भागबन्डा गरेर लाभ लिने स्थितिमा पुगे। सर्वोच्चको फैसलाले संसद् पुनःस्थापना गरे पनि त्यसले कुनै निकास दिन सकेन। त्यसैले यो व्यवस्था नेपालमा अहिले असफल भइसकेको छ। तर, असफल भए पनि तत्कालै जनगणतन्त्र स्थापना गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्था छैन।

तर, पुँजीवादी प्रजातन्त्रभित्र योभन्दा तुलनात्मक राम्रो व्यवस्था नभइकन नेपाललाई अहिलेको समस्याबाट माथि उठाउन नसकिने देखिएको छ। त्यसैले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएको व्यवस्था आवश्यक छ। यसमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रप्रमुख भएको व्यवस्था चाहिन्छ। यो चुनाव प्रणालीलाई बदलेर पूर्ण समानुपातिक चुनाव प्रणालीमा जानुपर्छ।

सांसद संख्या थोरै बनाउनुपर्छ। सांसदहरुले मन्त्रीमण्डलमा भाग लिने होइन। उनीहरुले बजेट पास गर्ने, कानुन बनाउने, सरकारको निगरानी गर्ने काममा सीमित रहनुपर्छ। संघीयतालाई खारेज नगर्ने तर, यो प्रदेश अनुपयुक्त छ। भ्रष्टाचार, फलुज खर्चको जिम्मेदार छ। यो राष्ट्रिय सुरक्षामा पनि खतराको विषय बन्न सक्छ। यसलाई खारेज गरौं। र केन्द्र, जिल्ला र पालिका कार्यकारी रहेको आधारभूत संघीयता बनाउन, धर्मनिरपेक्षतालाई हटाएर धर्ममैत्री राज्य बनाउने भन्ने हो। 

यस्ता अजेन्डा हाम्रो तात्कालिक कार्यक्रम हो। यसलाई लागू गर्ने र त्यसमार्फतका अजेन्डालाई लागू गर्ने अहिलेको महाधिवेशनले पारित गरेको छ। यी सबैलाई लिएर हामी जनतामा जान्छौं। जनतालाई संगठित गरेर जनमतद्वारा नै परिवर्तन खोज्ने काम गर्छौं। हामी जनआन्दोलन र शान्तिपूर्ण परिवर्तनको पक्षमा छौं। यो नीतिलाई लागू गर्ने निर्णय आठौं महाधिवेशनले गर्‍यो। तात्कालिक कार्यनीति र कार्यदिशा पारित गरेको छ। यी कार्यक्रम लागू गर्ने र देशलाई अघि बढाउने नै अबको घोषित नीति हो।

शासन सत्तामा जाने अहिलेकै राजनीतिक दल हुन्। प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जाँदैमा मुलुक सुदृढ हुन्छ भन्ने निश्चित कसरी हुन्छ?
स्थिति के हो भने अहिलेका सबै दलहरु वास्तवमा विदेशमुखी भए। नेकपा बनेको पार्टी फुटेर अहिले तीनवटा भए। कांग्रेसदेखि अन्य पार्टी पनि विदेशमुखी भए। उनीहरुले विदेशको हित हुने सिद्धान्तको व्याख्या गरे। हामी त्यसलाई व्याख्या गर्न चाहन्छौं। हामी जनमत, जनआन्दोलनबाट नेपालको राष्ट्रिय राजनीतिको कोर्स परिवर्तन गर्न चाहन्छौं। देशमा जस्ता ज्वलन्त समस्या देखिएका छन्, त्यसको देशमुखी समाधान गर्ने अजेन्डा छन् हाम्रा। अहिले आर्थिक, सामाजिक, राजनीतिक कुरामा देशमुखी अजेन्डा लिएका छौं। हामी यीनलाई लागू गर्नेतर्फ केन्द्रित हुने छौं। देशमा राजनीति जसरी विकृत बन्यो, जस्तो कि पदलोलुपता, सत्तालोभी, धनलोभी प्रवृत्ति रह्यो, यो विकृति सच्चाउनुपर्छ भन्ने कार्यनीति तय भएको छ। अहिले जनताले जे समस्या भनिरहनुभएको छ अब यसलाई परिवर्तन गरेर जानुपर्छ भन्ने हाम्रो भनाइ हो।

nimb
nimb
Ncell 2
Ncell 2

नेकपा माले पनि सत्तामा त गएकै हो नि?
सरकारमा गए पनि हामीले नेतृत्व त गरेका थिएनौं नि! म तत्कालीन कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बन्दा मनमोहन अधिकारीको मन्त्रिपरिषद्‌मा सहभागी भएको थिएँ। त्यो बेला मैले राम्रो काम गर्दा मलाई निष्कासन गरियो। अर्कोचोटी केपी शर्मा ओलीको नेतृत्वमा सरकारमा जाँदा उनको नीतिभन्दा टसमस गर्न दिएनन्। नाकाबन्दीको विरोध गर्ने काम राम्रो गरियो तर, केपी ओलीले स्वतन्त्रपूर्वक काम गर्न दिएनन्। त्यसैले त्यहाँ गएर परिवर्तन गर्न केही सकिएन।

अहिले हामी नयाँ अजेन्डासहित जनमत लिएर अघि बढने प्रयास हुँदैछ। विगतमा अरु गलत दिशा लिने पार्टी र नेतृत्वको सरकारमा गएर प्रभावकारी काम गर्न सकिएन। अहिले हामीले देशका समस्या बुझ्यौं, यो संसदीय व्यवस्थालाई परिवर्तन र चुनाव प्रणालीमा सुधार नगरी नेपालमा भ्रष्टाचार हटाउन सकिन्न भन्ने हो।

संविधान बनाउँदा पनि केही दलहरूले पनि यो विषय उठाएकै थिए। तर, किन कार्यान्वयन हुन सकेन?
हिजोदेखि नै हामीले यो विषय उठाएकै थियौं नि! धर्मनिरपेक्षताको विरोध गर्ने काम गरेको हो। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्छ भनिएको थियो। हाम्रा थुप्रै विषयमा संविधान बनाउँदा नै विमति राखिएको हो। संविधान जारी भइसकेको अहिलेको अवस्थामा ती विषयलाई फेरि अजेन्डा बनाएर जाने बेला भइसक्यो भनेर हामीले तात्कालिक अजेन्डाका रुपमा अगाडि लिएर आइरहेका छौं। त्यसको पक्षमा जनमत बनाउने, देशभक्त, प्रगतिशील लोकतान्त्रिक शक्ति बन्नुपर्‍यो। त्यस्तो सरकार बन्नुपर्‍यो। हिजोभन्दा यो मात्रात्मक रुपमा मात्रै होइन, गुणात्मक रुपमा पनि भिन्न छ। अहिले हामीले व्यवस्थामा नै मतभिन्नता राखेर नयाँ निकास दिने, जनतालाई पुँजीवादी प्रणालीभित्र पनि स्वच्छ सरकार दिने अहिलेको हाम्रो निर्णय हो। यसले केही न केही परिवर्तन गर्छ भन्ने हाम्रो बुझाइ हो।

विभिन्न शक्तिहरूसँग सहकार्य गर्ने भन्ने प्रस्ताव पनि पारित गर्नुभएछ। कुन-कुन शक्तिसँग कस्तो सहकार्य हुने हो?
हामीले जुन अजेन्डा अघि सारेका छौं, त्यसमा हामीले प्रष्ट भनेका छौं कि कुनै वाम नामधारी शक्तिसँग अहिले तत्काल पार्टी एकता र कार्यगत एकता हुने सम्भावना देखेका छैनौं। तर, उनीहरुसँग कतिपय साझा सवालमा सँगै काम गर्न सकिन्छ भन्ने हो। चुनावको बेलामा कसले कस्तो चुनावी घोषणा-पत्र ल्याउँछन्, त्यो हेरेर चुनावी तालमेल र गठबन्धन गर्न सकिन्छ। अहिले हामी त्यहाँबाट उठ्न सक्छौं।

अब को हाम्रो निकट आउँछन्, विधिमा जान्छन्, त्यो कुरा हेरेर मात्र भन्न सकिन्छ। अहिले नै हामीले यो वा त्यो आउला भन्न सक्दैनौं। यो प्रस्ताव भर्खरै पारित भएको छ। जुन दल अजेन्डासँग निकट आउँछन्, उनीहरुसँग सहकार्य र धेरै कुरा मिले एकीकरण पनि होला। समयक्रमसँगै यो कुरा प्रष्ट हुँदै जान्छ।

नेपालका कम्युनिस्ट पार्टीहरू विभिन्न समूहमा छिन्नभिन्न छन्। एउटै कम्युनिस्ट पार्टी बनाउने कुरा पनि चर्चा भइरहेको पाइन्छ। कम्युनिस्टको एउटै घटक हुने सम्भावना कतिको छ?
नेपालको अहिलेसम्मको कम्युनिस्ट आन्दोलनलाई समीक्षा गर्दा हाम्रा अग्रज पुष्पलाल कमरेडले केही राम्रा काम गर्नुभयो। त्यसको समयक्रममा लागू गरेर उपलब्धि पनि पाइयो। तर, अब कसरी अघि बढ्ने भन्ने भेउ नपाएकोले गर्दा केही उपलब्धि गुमे पनि। अहिले हामीले समीक्षा गर्दा विगतका कमीकमजोरी, राम्रा के थिए भन्ने पनि विश्लेषण गर्‍यौं। त्यसैले अहिले भन्यौं नि, हामीले हिजो भनेको क्रान्तिको बाटो पनि फरक रहेछ। अहिले नै राष्ट्रिय जनवादी क्रान्ति पूरा भएको छैन। त्यसको चरणमा छौं।

अहिले हामीले जुन कार्यनीति र कार्यदिशा अघि सारेका छौं। त्योसँग मिल्ने शक्तिहरुसँग मिलेर नै हामीले कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन चाहन्छौं। अहिले जे जस्ता नीति र कार्यक्रम लिएर कम्युनिस्ट पार्टीहरु खडा छन्, त्यसमा हामी सहमत छैनौं। हामीले अहिले जुन विषय अघि सारेका छौं, यसमा छलफल र बहस हुँदै जाला। सही विचार स्थापित हुन समय लाग्न सक्छ। हामी आफ्नै बलमा जनताको विश्वास र समर्थन बनाउँदै अघि बढने काम गर्छौं।

दुई दशकदेखि पार्टीको नेतृत्वमा हुनुहुन्छ। पार्टीलाई स्थापित गर्न सक्नुभएको देखिएन। नेतृत्व हस्तान्तरणमा पनि त ध्यान त गएन नि?
२०५८ सालदेखि पुनःगठित मालेलाई लिएर अहिलेसम्म आएको हो। यो त्यस बेलाको प्रतिकूल अवस्थामा पार्टी बनाउँदै आयौं। विभिन्न गलत दृष्टिकोण बोक्ने अवसरवादी कम्युनिस्टको प्रहारले गर्दा हाम्रो विकास ओझेलमा पर्‍यो। अहिले पनि कमजोर छौं। अहिलेको स्थितिमा हामीले अगाडि बढ्ने सम्भावना र अवसर मिलेको छ। अर्को कुरा, बूढो भयो भन्ने बित्तिकै खत्तम हुने र नयाँ हुने बित्तिकै सही हुने भन्ने कुरा झुठ्ठो कुरा हो। सही विश्लेषण, नीति हुनुपर्छ।

नेकपा मालेले सगोलमा कुरा गरेर अहिले जुन नीति लिएको छ, त्यसलाई लागू गर्नका लागि आइरहेका छौं। अहिले पनि मैले युवा पुस्ताले नेतृत्व गरे हुन्थ्यो भन्ने चाहेको पनि हो। तर, उहाँहरुले अहिले जुन नयाँ राजनीतिक कोर्स परिवर्तनको बाटो लिनुभएको छ, त्यसलाई तपाईंले नै नेतृत्व गर्नुपर्छ भनेपछि म चुनिएको हुँ। आउने दिनमा हामीले युवा पुस्तालाई नै नेतृत्वमा ल्याउने छौं। नयाँ युवापिँढीले नै हाम्रो पार्टीको नेतृत्व गर्नेछन्। मैले त्यसमा अब भूमिका निर्वाह गरेर जानेछु।

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  ०७:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, अर्जुन कुमालको डेब्यू
किराँत समुदायमा उभौली पर्व मनाइँदै, राष्ट्रपति पौडेलले दिए शुभकामना
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने, अर्जुन कुमालको डेब्यू शुक्रबार, वैशाख १८, २०८३
किराँत समुदायमा उभौली पर्व मनाइँदै, राष्ट्रपति पौडेलले दिए शुभकामना शुक्रबार, वैशाख १८, २०८३
क्रिकेट विश्वकप लिग–२ : नेपाल र यूएई आमनेसामने हुँदै शुक्रबार, वैशाख १८, २०८३
बाग्मती किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण दोस्रो चरण सुरु शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिबाट सहकारी अध्यादेश जारी बिहीबार, वैशाख १७, २०८३
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित सबै पदाधिकारीले दिए राजीनामा बिहीबार, वैशाख १७, २०८३
सहकारी अध्यादेश : समस्याग्रस्त सिफारिस गर्नुअघि सहकारी सञ्चालकको सम्पत्ति रोक्का राख्नुपर्ने बिहीबार, वैशाख १७, २०८३
रोल्पा दुर्घटना : मृतकको संख्या २० पुग्यो बिहीबार, वैशाख १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्