काठमाडौं– नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा ११ जनाले आवेदन दिएका छन्। आवेदन दिने अन्तिम दिन आइतबारसम्म कुल ११ जनाको आवेदन परेको अर्थमन्त्रालयले जनाएको छ।
सीईओमा आवेदन दिनेमा यसअघि धितोपत्र बोर्डको अध्यक्ष पदमा आवेदन दिनेहरुसमेत रहेका छन्। आवेदन दिनेमध्ये नेप्सेकै कर्मचारीसमेत रहेका छन्।
नेप्सेको सीईओका लागि डा. रमेशकुमार भण्डारी, जीवन अमगाईं, प्रबिन पन्दाक, बद्री प्याकुरेल, कृष्णबहादुर कार्की, निरन्जन फुयाँल, दिपक गौतम, केशवप्रसाद श्रेष्ठ, गोविन्द दुलाल, छविराज पन्त र रमेश घिमिरे रहेका छन्।
नेप्से र बोर्ड अध्यक्षको आवेदन एकै पटक खुलेकाले केहीले दुवै पदमा आवेदन दिएका हुन्। दुबैमा आवेदन दिनेमा अमगाईं र श्रेष्ठ छन्।
पन्दाक नेप्सेमै कार्यरत कर्मचारी हुन्। नेप्सेबाटै अर्का कर्मचारीले पनि आवेदन दिएका छन्। आवेदन दिनेमा नेप्सेका हालका उप महाप्रबन्धक निरन्जन फुयाँलसमेत छन्
बद्री प्याकुरेल मर्चेन्ट बैंकर हुन्। उनी लामो समयदेखि मर्चेन्ट बैकमा कार्यरत छन्। दौडमा रहेका श्रेष्ठ प्रविधिक बिश्लेशक हुन्। उनी लामो समयदेखि शेयर बजारबारे प्रबिधिक तालिम दिने कार्यमा संलग्न छन्।
सरकारले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको लागि आवेदन खुल्ला गरेको छ। आवेदन दिने शनिबार नै अन्तिम दिन रहेको थियो। तर अन्तिम दिन सार्वजनिक बिदा परेकोले आइतबारसम्म समय रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।