तस्बिरहरू : ब्रह्माकान्त घिमिरे
काठमाडौं- राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले 'धुलिखेल जीपलाइन'मा जीपलाइन सयर छन्।
संसदीय रिपोर्टिङ गर्ने पत्रकारहरुका लागि आयोजना गरिएको एक कार्यक्रमको सिलसिलामा धुलिखेल पुगेका तिमिल्सिनाले क्लासिक जीपलाइनको अनुभव लिएका हुन्। जीपलाइनको अनुभव निक्कै रोमाञ्चक भएको तिमिल्सिनाको भनाइ छ।
सिन्धुपाल्चोकका केदार थापा र काठमाडौका भुपेश श्रेष्ठले वर्ल्ड वाइड एड्भेन्चर प्रालिमार्फत धुलिखेल जीपलाइन, रिसोर्ट र एडभेन्चर पार्क सञ्चालनमा ल्याएका छन्।
जीपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जीपलाइन दूरी ११ सय मीटर रहेको छ । भर्टिकल ड्रप दुई सय ४० फिट रहेको जीपलाइन ७० किलोमिटरप्रति घण्टाको औसत गतिमा पार हुन्छ।
यसअघि केहीदिन पहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डले' पनि जीपलाइन सयर गरेका थिए।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।