काठमाडौं- फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा शुक्रबारदेखि व्यापार मेला सुरु गरेको छ। आगामी मङ्सिर १३ गतेसम्म चल्ने उक्त मेलामा विभिन्न ३० वटा जुता चप्पल कम्पनीका ६० वटाभन्दा बढी बिक्री कक्ष राखिएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मेलको उद्घाटन गर्दै मुलुकको विकास निर्माणमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने हुँदा स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न सरकारले लगानी बढाउनुपर्ने बताए।
एशोसिएशनका अध्यक्ष कृष्ण फुयालले स्वदेशी उत्पादनलाई प्रवद्र्धन तथा विस्तार गर्ने उद्देश्यले मेला गर्न लागिएको जानकारी दिए। उनले अहिले कच्चापदार्थ आयातमा समस्या रहेकाले मागअनुसारको उत्पादन हुन नसकेको र यस क्षेत्रमा रहेका धेरै कम्पनी तथा उद्यमीलाई असर परेको बताए।
मेला अवधिमा उपभोक्तालाई केही छुट तथा सहुलियत उपलब्ध गराइने जनाइएको छ। करिब १० लाख दर्शकले अवलोकन गर्ने तथा एक लाख ५० हजार जोर जुत्ताचप्पलको कारोबार हुने अनुमान गरिएको छ। एशोसिएशनले मुलुकमा अर्थतन्त्रलाई गतिशील बनाउन र व्यावसायिक क्रियाकलापलाई सहज बनाउन आवश्यक नीतिनिर्माण गर्न सरकारलाई आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।