काठमाडौं- नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि ११ जनाले आवेदन दिएका छन्।
नेपाली पूँजीबजार क्षेत्रको नियमनकारी निकायको प्रमुख पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको अन्तिम दिन बिहीबारसम्म ११ जनाको आवेदन परेको हो।
बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि सरकारले उनलाई पदबाट बर्खास्त गरेको थियो।
त्यसपछि, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलको संयोजकत्वमा बोर्ड अध्यक्ष छनोट समिति गठन गरिएको थियो।
समितिले आह्वान गरेको दरखास्त बमोजिम बोर्डको अध्यक्षका लागि डा गोपाल भट्ट, अनिल पौडेल, निरज गिरी, कृष्णप्रसाद आचार्य, चिरन्जीवी चापागाईं, सिताराम थपलिया, डा नवराज अधिकारी, डा केशवप्रसाद श्रेष्ठ, जीवन अमगाई, अम्बिका रिमाल र रमेश हमाल ले आवेदन दिएको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ।
अब छनोट समितिले गर्ने सिफारिस अनुसार मन्त्रिपरिषद्ले बोर्डको अध्यक्ष नियुक्त गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।