काठमाडौं– नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको छ। स्थानीय बजारमा अघिल्लो कारोबारको दिन बुधवार ४ सय रुपैयाँलेले बढेको सुनको भाउ बिहीबार १३ सय रुपैयाँले बढेको हो।
आज छापावाला सुन प्रतितोला रू. ९४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधवार छापावाला सुन ९२ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार २० ले बढेको छ। आज चाँदी प्रतितोल १२ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।