काठमाडौं– तिहारपछिको पहिलो कारोबारका दिन सोमबार बढेको सुनको मूल्य आज केही घटेको छ। सोमबार नेपाली बजारमा तोलामा १५ सय रुपैयाँले बढेको सुनको मूल्य आज २ सय रुपैयाँले ओरोला लागेको हो। हिजो ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार हुनेछ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले उकालो लागेर १२सय ५० रुपैयाामा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा रोकिएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यको उतारचढावका आधारमा महासङ्घले दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।