काठमाडौं- लक्ष्मीपूजाको दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।
आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका आधारमा प्रतितोला रु ५०० ले घटेर रु ९१ हजार तोकिएको छ। बुधबार सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार ५०० रहेकामा बुधबार प्रतितोला रु ९१ हजार तोकिएको थियो।
महासङ्घका अनुसार आज चाँदीको मूल्य बुधबारका तुलनामा स्थिर छ। चाँदी बुधबार प्रतितोला रु एक हजार २२५ मा कारोबार भएको थियो।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीमा हुने मूल्यको उतारचढावका आधारमा यहाँ दैनिक ती धातको कारोबार मूल्य तोक्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।