• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन १९, २०८२ Tue, Mar 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
'नयाँ' एमाले-२

वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेललाई सिर्जना गरिएको पद!

64x64
किशोर दहाल बुधबार, कात्तिक १७, २०७८  २०:५६
1140x725

गत असोज १५ देखि सुरु भएको एमालेको प्रथम विधान महाधिवेशनमा उपमहासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा पाँच जना उपाध्यक्ष रहने प्रस्ताव थियो। उपाध्यक्षको हकमा पौडेलको प्रस्ताव एमाले विधानको विगतकै व्यवस्थाको निरन्तरता थियो। तर, महाधिवेशनमा भएको समूहगत छलफलमा केही समूहका तर्फबाट 'वरिष्ठ उपाध्यक्षको व्यवस्था गरिनुपर्छ' भन्ने सुझाव आयो। त्यसलाई सम्बोधन पनि गरियो।

'कमरेडहरुका सुझाव सर्सर्ती सुन्दाखेरी, एक जना उपाध्यक्ष भए पुग्छ भन्नेदेखि नौ जना उपाध्यक्ष चाहिन्छ भन्नेसम्मको प्रस्ताव छ। ... कसैले तीन भन्नुभएको छ। कसैले पाँच भन्नुभएको छ। कसैले सात भन्नुभएको छ। कसैले नौ भन्नुभएको छ। ... कमरेडहरुको विचारलाई सम्मान गर्दै म त्यसमा (आफ्नो प्रस्तावमा) केही परिमार्जनसहित प्रस्तुत हुन अनुमति चाहन्छु। ... वरिष्ठ उपाध्यक्षसहित उपाध्यक्षहरु पाँच, पाँचभित्र वरिष्ठ उपाध्यक्ष पनि पर्छ,' विधान महाधिवेशन समापन हुने दिन, १७ गते जवाफ दिने क्रममा पौडेलले जानकारी गराए।

परिवर्तित व्यवस्थाले कोही नेता बढी नै खुसी भए भने ती हुन्- ईश्वर पोखरेल। किनकि, एमालेका नेताहरु भन्छन्- त्यो पद मुलतः पोखरेलकै लागि सिर्जना गरिएको हो। पार्टीभित्रको शक्ति संरचना, ओली नै नेतृत्वमा दोहोरिने निश्चितता र पोखरेलको अघि बढ्नैपर्ने बाध्यताका कारण उनले नै सो पद पाउने आकलन एमालेपङ्क्तिभित्र भइरहेको छ। उल्लिखित परिस्थितिहरुका कारण पोखरेलले एमालेमा निर्वाचनमार्फत् पाउने सबैभन्दा ठूलो जिम्मेवारी त्यही हुनसक्ने देखिन्छ।

महासचिवबाट अगाडि
पहिलो संविधानसभापछि निर्वाचनमा एमालेले भोगेको पराजयको नैतिक जिम्मेवारी लिँदै तत्कालीन महासचिव (त्यसबेला महासचिव नै पार्टी प्रमुख कार्यकारी रहने व्यवस्था थियो) माधवकुमार नेपालले राजीनामा दिएपछि त्यसको जिम्मेवारी झलनाथ खनाललाई दिइएको थियो। महासचिवको जिम्मेवारी पाएपछि स्वाभाविक रुपमा खनाल शक्तिशाली भए। उनी नै महासचिव रहेको बेला २०६५ सालमा सम्पन्न आठौं महाधिवेशनबाट पार्टीलाई बहुपदीय प्रणालीमा लगियो। र, अध्यक्ष पार्टीको प्रमुख कार्यकारी हुने व्यवस्था गरियो। खनाल अध्यक्षमा निर्वाचित हुँदा उनीनिकट पोखरेल महासचिवमा निर्वाचित भए।

आठौं महाधिवेशनमा पोखरेलले ओलीनिकट नेता प्रदीप नेपाललाई पराजित गरेका थिए। दोस्रो संविधानसभाको निर्वाचनपछि पार्टीमा ओलीको उदय सम्भव भयो। जसलाई स्थापित गर्ने घटना थियो, संसदीय दलको नेतामा ओलीको विजय। उनलाई पोखरेल लगायतले साथ दिएका थिए। २०७१ सालमा सम्पन्न नवौं महाधिवेशनमा उनी ओलीको प्यानलबाट महासचिवको प्रतिस्पर्धी भए। माधव नेपालनिकट सुरेन्द्र पाण्डेलाई पराजित गरेर उनी दोस्रोपटक महासचिव निर्वाचित भए।

पोखरेलले महासचिवको जिम्मेवारी सम्हालेको १३ वर्ष भइसकेको छ। त्यसैले त्यहाँबाट उनलाई अघि बढ्नुपर्ने नै छ। तर, अध्यक्षसम्म पुग्ने परिस्थिति छैन।

लामो राजनीतिक अनुभव भएका र पार्टीका सबैजसो शीर्ष नेताहरुको निकट रहेर काम गरेका पोखरेल जत्तिको नेताले पार्टीभित्रको शक्ति सन्तुलनको पल्ला कतातिर ढल्किँदै छ भनेर आकलन गर्न नसक्ने कुरै थिएन। त्यसैले उनी खनालनिकटबाट सहजै ओलीनिकट बन्न सके। भन्नचाहिँ पोखरेलले आफूले जुन पक्षलाई साथ दिन्छु, सोही पक्ष शक्तिशाली बन्ने गरेको बताउने गरेका छन्।

पछिल्लो समय पनि पोखरेल शक्तिशाली ओलीकै निकट छन्। ओलीलाई नै सहयोग पुर्‍याइरहेका छन्। पार्टीमा ओलीको एकछत्र राज चलिरहेको बेलामा उनीनिकट पोखरेलले चाहँदा नपाउने केही छैन। तर, परिस्थिति त्यति सहज पनि छैन। पोखरेलले आफू पार्टीको नेतृत्व गर्न योग्य भइसकेको सन्देश दिइरहेका छन्, तर उनका अगाडि ओली उभिएका छन्।

Ncell 2
Ncell 2

पार्टीमा गरेको योगदानका हिसाबले समकालीन नेताहरुकै हाराहारीका नेता हुन्, पोखरेल। ३० को दशकदेखि नै पार्टीमा सक्रिय भूमिका निर्वाह गरेका उनलाई कुनै समय एमालेको भावी अध्यक्षको रुपमा चित्रित गरिन्थ्यो। ओलीले 'एउटै क्लास दोहोर्‍याएर पढ्दिनँ’ भनेर गरेको वाचामा अडिग रहिदिएको भए उनी त्यो अवसरको आँगनमै पुगिसकेका थिए। तर, ओली भन्न थालेका छन्, ‘माथिल्लो क्लास छैन भने त्यही क्लास दोहोर्‍याएर पढ्दै गर्छु।' ओलीले यति कुरा सार्वजनिक रुपमै बोलिसकेपछि आगामी महाधिवशेनबाट एमाले अध्यक्षमा ओली नै दोहोरिने स्पष्ट छ।

पोखरेल पनि ओलीको विकल्प देखेका छैनन्। त्यसका लागि उनले अहिलेको राजनीतिक परिस्थितिलाई आफ्नै ढंगले व्याख्या गरेका छन्। अहिलेको राजनीति दुई ध्रुवमा बाँडिएको र एउटा ध्रुवको नेतृत्व एमालेले गरेको उनको भनाइ छ। यो ध्रुवसँग आर्थिक विकास र समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सामाजिक सद्‍भाव र समाजमा अराजकताको अन्त्य र देश विकास गर्ने सपना रहेको उनी बताउँछन्। ‘यतिबेला केपी ओली यो ध्रुवको एउटा नेता हो। कमाण्डर हो। त्यसैले उहाँ कमजोर हुने कुरा गर्नुहुँदैन। यो कुनै उहाँप्रतिको अतिरिक्त भक्तिभाव होइन। अहिलेको राजनीतिको कटु यथार्थलाई बुझ्नुपर्ने कुरा हो,’ उनले भने।

उनैले व्याख्या गरेको परिस्थिति र यथार्थका कारण अध्यक्षमा ओलीलाई उछिनेर अघि बढ्नसक्ने अवस्थामा पोखरेल छैनन्। अर्को महाधिवेशन कुर्ने समय पनि उनीसँग छैन। कारण, अहिल्यै ६८ वर्ष पुगिसकेका उनी एमालेको ११औं महाधिवेशनमा ७३ वर्ष पुगिसक्छन्। जबकि, एमालेमा ७० वर्षपछि कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनीत हुन पाइँदैन। अर्कोतिर, महासचिवमै दोहोरिनका लागि पनि उनलाई विधानले दिँदैन। किनकि, पालिका वा सोभन्दा माथिल्लो कमिटीमा पदाधिकारीको हैसियतमा कार्यरत कुनै पनि व्यक्ति एउटै तह र एउटै पदमा दुईपटकभन्दा बढी उम्मेदवार हुन पाउँदैन। त्यसैले दुई कार्यकाल महासचिवको जिम्मेवारी सम्हालिसकेका पोखरेलका निम्ति त्यहाँबाट अगाडि बढ्नु स्वाभाविक आवश्यकता भएको छ।

अध्यक्षभन्दा पछाडि
पोखरेलले महासचिवको जिम्मेवारी सम्हालेको १३ वर्ष भइसकेको छ। त्यसैले त्यहाँबाट उनलाई अघि बढ्नुपर्ने नै छ। तर, अध्यक्षसम्म पुग्ने परिस्थिति छैन। त्यही कारण पनि अब उनलाई एमालेको वरिष्ठ उपाध्यक्षको रुपमा सम्बोधन गर्ने दिन आउने सम्भावना ज्यादा छ। धेरैको बुझाइमा त्यो उनकै लागि सिर्जना गरिएको पद हो र त्यसका प्रशस्तै अनुकूलता पनि छन्।

आगामी निर्वाचनमा पदाधिकारीको रुपमा नेताहरुको व्यवस्थापन पूर्णतयाः ओलीको रुचि र रणनीतिको परिणाम हुनेछ। उनले चाहेको पदमा चाहेका नेताहरुको व्यवस्थापन हुने निश्चित छ। लामो समयसम्म दृढतापूर्वक आफूलाई सहयोग गरेका पोखरेललाई ओलीले दिनसक्ने ‘पुरस्कार’ भनेको वरिष्ठ उपाध्यक्ष नै हो। सो पदका लागि आफ्नो स्वाभाविक दाबी रहने कुरा पोखरेलले सार्वजनिक रुपमै पनि बताइसकेका छन्। ‘पदाधिकारीअन्तर्गतका पदहरुमा हाम्रा धेरै साथीहरु योग्य हुनुहुन्छ। इतिहास, निष्ठा, क्षमताको हिसाबले हाम्रा साथीहरु कुनै पनि पदमा ‘डिजर्भ’ गर्न सक्छन्। तर, अहिलेको परिस्थितिको जे माग छ, त्यसको आधारमा छलफल गर्छौं,’ उनको भनाइ छ, ‘हामी जहिले पनि राष्ट्रिय आवश्यकताबाट निर्देशित हुनुपर्छ। म कहाँ भन्ने होइन। राष्ट्रिय राजनीतिलाई सकारात्मक दिशातिर लैजान र आन्दोलनका क्रममा आउने जिम्मेवारीअनुसार अघि बढ्नुपर्छ।'

एमालेको विधानमा ‘पार्टीका निवर्तमान अध्यक्ष वरिष्ठ नेता हुने छन्, महाधिवेशनले अन्यथा निर्धारण गरेकोमाबाहेक निजको मर्यादाक्रम अध्यक्षपछि रहनेछ’ भन्ने उल्लेख छ। तर, यसरी वरिष्ठ नेता बन्ने कोही नेता अब एमालेमा छैनन्। त्यसैले अध्यक्षपछिको वरीयतामा वरिष्ठ उपाध्यक्ष रहने निश्चित छ, यद्यपि यसबारे विधानमा केही भनिएको छैन। अर्कोतिर, वरिष्ठ उपाध्यक्ष भनेको मन खुम्च्याएर सम्हाल्नुपर्ने पदीय हैसियत होइन। यो केही अर्थमा विशिष्ट छ। एमाले विधानमै पनि अन्य उपाध्यक्षको अधिकार र कर्तव्यभन्दा वरिष्ठ उपाध्यक्षको हकमा एउटा बुँदा बढी राखिएको छ- अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने काम गर्ने।

१७ वर्षको उमेरदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय पोखरेल २०३३ सालमा अखिल नेपाल को-अर्डिनेसन केन्द्र (कोके) को केन्द्रीय सदस्य बने। त्यस्तै, २०३५ सालमा उनी नेकपा मालेको संस्थापक केन्द्रीय सदस्य बनेका थिए।

अध्यक्षमा निर्वाचित हुने निश्चितजस्तै रहेका ओलीले बीच समयमै जिम्मेवारी हस्तान्तरण गर्ने अवस्था आयो भने स्वतः वरिष्ठ उपाध्यक्षले अवसर पाउँछन्। अध्यक्ष बन्ने सपना पूरा नभए पनि पोखरेलले अहिलेको एमालेमा आफूलाई ओलीपछिको दोस्रो नेताको रुपमा पुष्टि गर्न सक्छन्। वा कुनै पनि समय उनले ‘डिफ्याक्टो’ भएर काम गर्न सक्ने छन्।

कतिपयले विधानमा रहेको ७० वर्षे प्रावधान केही समयपछि परिवर्तन हुनसक्ने सम्भावना पनि देखेका छन्। स्वयं पोखरेल पनि उमेरको हदबन्दीलाई खासै राजनीतिक विषय मान्दैनन्। अर्को राष्ट्रिय महाधिवेशनअघि नै यो प्रावधान हट्यो भने पोखरेललाई अध्यक्षकै दाबी गर्ने आधार पनि खुल्छ।

अहिले वरिष्ठ उपाध्यक्षका लागि पोखरेलको प्रतिस्पर्धीका रुपमा अरु नेता पनि हुनसक्छन्। त्यसमा विशेषतः अहिल्यै एमालेको उपाध्यक्ष रहेका मध्ये कोही, माओवादी केन्द्र परित्याग गरेर आएका रामबहादुर थापा 'बादल' वा ओली समूहकै कोही नेता। अहिलेका उपाध्यक्षमध्ये भीम रावलले प्रतिस्पर्धा गर्न सक्छन्। तर, पोखरेललाई ओलीले साथ दिँदा रावलले कडा टक्कर दिने सम्भावना न्यून छ। बादलसँग एमालेको वरिष्ठ उपाध्यक्ष बन्ने कुनै विरासत छैन। ओली समूहबाट विशेष रणनीतिपूर्वक कसैलाई अघि सारे भने बेग्लै कुरा, नत्र त्यो सम्भावना पनि न्यून छ। (उपाध्यक्षमा नेताहरुको सम्भावित व्यवस्थापन सन्दर्भमा हामी अर्को श‍ृङ्‍खलामा चर्चा गर्नेछौं।)

तर आगामी पाँच वर्ष मात्रै होइन, त्यसपछि पनि एमाले आफ्नो नीतिअनुसार अगाडि बढोस् भन्ने चाहना ओलीले राख्नु स्वाभाविक हो। त्यसैले नेकपा गठनका बेलामा जस्तो, २०७४ सालमा मन्त्रिपरिषद् गठनका बेलामा जस्तो ओलीले पोखरेलको हकमा अनपेक्षित निर्णय पनि नगर्लान् भन्न चाहिँ सकिन्न। नेकपा गठनपछि उनले पोखरेलको साटो विष्णुप्रसाद पौडेललाई महासचिवका रुपमा अघि सारेका थिए। अनि मन्त्रिपरिषद् गठनका बेला पोखरेलले चाहेको मन्त्रालय नदिइ रक्षा मन्त्रालयमा सीमित गरिदिएका थिए।

पोखरेलको उतारचढाव
१७ वर्षको उमेरदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय पोखरेल २०३३ सालमा अखिल नेपाल को-अर्डिनेसन केन्द्र (कोके) को केन्द्रीय सदस्य बने। त्यस्तै, २०३५ सालमा उनी नेकपा मालेको संस्थापक केन्द्रीय सदस्य बनेका थिए। तत्कालीन नेकपा माले र नेकपा मार्क्सवादीबीच २०४७ सालमा एकता भइ गठन भएको नेकपा (एमाले)को पनि केन्द्रीय सदस्य बने।

२०५४ असारमा एमालेको स्थायी कमिटी सदस्य बनेका उनी २०६५ फागुनमा सम्पन्न एमालेको आठौं महाधिवेशनयता महासचिवको जिम्मेवारीमा छन्। २०७५ सालमा एमाले र माओवादी केन्द्रबीच एकता भइ गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उनी सचिवालय सदस्य थिए। नेकपा अवधिमा भने उनी महासचिवको जिम्मेवारीमा थिएनन्। 

पार्टीमा पुर्‍याएको योगदानको हिसाबले उनी एमालेका विगत र अहिलेको नेतृत्वको हाराहारीमा छन्। त्यस कोणबाट आफ्नो मूल्यांकन हुनुपर्ने उनको अपेक्षा पनि सुनिन्छ। तैपनि, पार्टीकै नेतृत्व गर्ने ठाउँमा भने पुग्न सकेनन्। त्यसका लागि केही तत्कालीन परिस्थिति र केही उनकै 'कमजोरी'हरु कारणका रुपमा रहे।

मनमोहन अधिकारी तथा मदन भण्डारी एमालेको नेतृत्वमा पुग्नुमा उनीहरुको स्वीकार्यता र विशिष्ट क्षमता नै कारण थियो। माधव नेपाल सुरुआतमा परिस्थितिजन्य कारणबाट नेतृत्वमा पुगेका थिए। त्यसपछि उनले आफ्नो बलियो समूह निर्माण गरे। केही परिस्थितिजन्य कारण र केही आफैंले निर्माण गरेको अनुकूलताले झलनाथ खनाललाई पनि एमालेको नेतृत्वमा पुर्‍यायो। ओली पनि पार्टीभित्रको एउटा समूहको नेतृत्वबाट शक्तिशाली हुँदै गएका कारण पार्टी नेतृत्वमा पुग्न सफल भए। तर, पोखरेलले पार्टीमा योगदान गरेता पनि न विशिष्ट क्षमता देखाउन सकेका छन्, न त आफूलाई नेतृत्वमै पुर्‍याउन सहयोगी बन्ने गरी समूह निर्माण गर्न सके।

एमालेका कतिपय नेताहरु पोखरेललाई लाभहानीको हिसाबकिताब गर्ने नेताको रुपमा चर्चा गर्छन्। पार्टीभित्रको फरक-फरक नेतृत्वको निकटता उनको त्यही स्वभावको परिणाम पनि मानिन्छ। त्यसैले पनि सुरुआतमा माधवकुमार नेपाल, त्यसपछि झलनाथ खनाल र पछिल्लो समय केपी ओलीसँगको निकटतामा छन्। पछिल्ला दुई महाधिवेशनमध्ये एउटामा खनालसँगको निकटताबाट र अर्कोमा ओलीसँगको निकटताबाट महासचिव बन्न सके। अब पनि उनी आफ्नो लागि सुरक्षित 'स्पेस'को खोजीमा छन्। समूहमै विद्रोह गर्नेभन्दा पनि सुरक्षित ठाउँमा बस्ने उनको बाध्यता देखिन्छ।

पक्षधरता परिवर्तन गर्दा उनले अघिल्लो समूहसँग सहज सम्बन्ध राखिराख्न सकेको देखिँदैन। त्यसो त आफ्नै समूहभित्रको सर्वस्वीकार्य नेता पनि बन्न नसकेका उनलाई अन्य समूहले सहयोग गर्दैनन्। यस्तै कुराले उनलाई ‘सपना देखेको’ पद प्राप्त हुन सकेन, ‘दिएको’ पदमै बस्नुपर्ने अवस्था बनिरहेको छ।

(तत्कालीन एमाले र माओवादीबीच एकीकरणबाट बनेको नेकपाको एकता सर्वोच्च अदालतको फैसलासँगै भङ्‍ग भएपछि ब्युँतिएको एमालेले पनि विभाजन भोग्यो। एमाले गठनमै भूमिका खेलेका माधवकुमार नेपाललगायतले नयाँ पार्टी खोले। विभाजन भोगेको एमालेको वैचारिक र सांगठनिक ढाँचामा निकै बदलाव आएको छ। र, यसका नेताहरु भनिरहेका छन्- यो नयाँ एमाले हो। कस्तो हुन्छ नयाँ एमाले? यो कसरी अगाडि बढ्छ? अनि यो कुन बाटो हिँड्छ? पार्टीभित्रको व्यवस्थापनदेखि कार्यदिशासम्म यो कसरी प्रकट हुन्छ? एमालेको दशौं राष्ट्रिय महाधिवेशनलाई केन्द्रमा राखेर हामी नेपाल लाइभमा श‍ृङ्‍खलाबद्ध रुपमा चर्चा गर्नेछौं।)

यो पनि पढ्नुहोस्-

कस्तो होला ‘ओली प्राधिकार’ एमाले?  

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  २०:५६
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
गोरखा–२ मा काँग्रेस र बाबुराम भट्टराईको पार्टीको संयुक्त घरदैलो अभियान प्रलोपा गोरखाका अध्यक्ष नारायण खत्रीको नेतृत्वमा रहेको टोलीले कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीसँग मिलेर सोमबार बिहानैदेखि पाल... सोमबार, फागुन १८, २०८२
बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँको संख्या कांग्रेसमा प्रवेश उनलाई कांग्रेस सभापति गगनकुमार थापाले पार्टीमा स्वागत गरेका छन् । सर्लाही ४ को धनकोल गाउँपालिकामा भएको विशेष कार्यक्रममा पासवानसहितक... सोमबार, फागुन १८, २०८२
निर्वाचन प्रचार-प्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको गृहमन्त्री अर्यालको दाबी प्रतिनिधि सभा सदस्य निर्वाचनको समग्र तयारी, सुरक्षा व्यवस्था, आचारसंहिताको परिपालना र कार्यान्वयनबारे निषेध अवधि सुरु हुने पूर्वसन्ध... सोमबार, फागुन १८, २०८२
ताजा समाचारसबै
नेप्से ३८ दशमलव ५२ अंकले वृद्धि मंगलबार, फागुन १९, २०८२
यी परिचय पत्र देखाए मतदान गर्न पाइनेछ मंगलबार, फागुन १९, २०८२
मतदानमा अवरोध गर्नेलाई २५ हजार रुपैयाँसम्म जरिवाना हुने मंगलबार, फागुन १९, २०८२
रास्वपा उम्मेदवार साहकाे उम्मेदवारी खारेज मंगलबार, फागुन १९, २०८२
चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष पक्राउ मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा आक्रमणका लागि आफ्नो देशमा रहेको अमेरिकी सैन्य अड्डा प्रयोग गर्न बेलायतले दियो अनुमति सोमबार, फागुन १८, २०८२
खामेनेईको हत्या विरोधमा अमेरिकी वाणिज्य दूतावासमा प्रदर्शनका क्रममा २३ जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
साउदीमा रहेको विश्वकै ठुलो तेल रिफाइनरीमा इरानको हमला सोमबार, फागुन १८, २०८२
लेबननबाट हिजबुल्लाहले गर्‍यो इसराइलमा आक्रमण सोमबार, फागुन १८, २०८२
इरानसँगको द्वन्द्वमा ६ अमेरिकी सैनिकको मृत्यु मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्