• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

जम्बोको ‘जम्बो’ काम: जसले दिलायो उत्कृष्ट अनुसन्धानको अवार्ड 

64x64
नारायण अधिकारी बुधबार, कात्तिक १७, २०७८  ०७:०४
1140x725

काठमाडौं– कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित मकबुल मियाको घरमा डेरा गरी बस्ने ५९ वर्षीया सुशीला खड्का गत वर्षको मंसिर २७ गते राति मृत फेला परिन्। शिवराज नै घर भइ मियाको घरमा डेरा गरी बस्दै आएकी खड्काको शव आँगनमा रक्ताम्य अवस्थामा फेला परेको थियो। 

खड्का मृत फेला परेको खबर स्थानीयमार्फत वडा प्रहरी कार्यालय चन्द्रौटा हुँदै जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पुग्यो। कपिलवस्तुका तत्कालीन प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी, प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रेमप्रसाद रेग्मी र वडा प्रहरी कार्यालय चन्द्रौटाका इन्सपेक्टर दीपेश खरेलसहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गर्‍यो। 

टाउकोमा चोट लागेको अवस्थामा शव फेला परेको हुनाले खड्काको हत्या भएको ‘एंगल’बाट प्रहरीले अनुसन्धान अगाडि बढायो।  कर्णाली प्रदेश प्रहरी कार्यालय केनाइन शाखा, बाँकेबाट जर्मन सेफर्ड जातको तालिमप्राप्त ‘जम्बो’ नामको ट्रयाकर डग झिकाएर प्रहरीले अनुसन्धान सुरु गरेको थियो। जम्बो २८ गते बिहान ६ बजे घटनास्थल पुगेको थियो। घटनास्थलमा प्राप्त सबुत (इँटाको टुक्रा र लोहोरो) सुघाँउदा (स्निफिङ गराउँदा) सोही घरमा मृतकसँगै बस्ने २३ वर्षीय तोरणबहादुर खड्का अभियुक्त रहेको संकेत जम्बोले गरेको थियो। 

जम्बोले तोरणलाई संकेत गरेपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गर्‍यो। अनुसन्धानका क्रममा तोरणले आफ्नै फुपु नाता पर्ने खड्काको हत्या गरेको स्वीकार गरे। आफूले मासुको झोला लिएर आएको र रक्सी ल्याउन भनि फुपु नाता पर्ने खड्कासँग ५० रुपैयाँ माग्दा नदिएपछि विवाद भएको भनेर तोरणले बयान दिए। ‘रक्सी सेवन गरेकी फुपुले त्यसपछि अश्लील गाली गर्दै इँट्टाले हान्न खोजिन्। त्यसपछि त्यही इँटा खोसेर फुपुलाई हानेको हुँ,’ तोरणले त्यतिबेला प्रहरीसमक्ष बयान दिएका थिए, ‘इँटाले हान्दा भुइँमा लडेपछि मसला पिस्ने लोहोरोले टाउकामा हानेर हत्या गरेको हुँ।’

फुपु मार्ने भदाहा जम्बोकै कारण हत्या गरेको ९ घण्टा बित्न नपाउँदै पक्राउ परे र उनले हत्या समेत स्वीकार गरे। हत्याको ९ घण्टा नबित्दै अभियुक्त पहिचान गर्ने जम्बो कुकुरले यो पटक उत्कृष्ट कुकुरको अवार्ड पाउने भएको छ। नेपाल प्रहरीको केनाइन महाशाखाले हरेक वर्ष कुकुर तिहारको दिन अनुसन्धानमा संलग्न उत्कृष्ट कुकुरलाई पुरस्कृत गर्दै आएको छ। यो पटकको उत्कृष्ट अनुसन्धान कुकुरको अवार्ड जम्बोले पाउने केनाइन महाशाखाकी प्रमुख, एसएसपी देउती गुरुङले नेपाल लाइभलाई बताइन्। 

योसँगै जम्बोले गत वर्षको तिहारदेखि अहिलेसम्म ३ वटा उत्कृष्ट अनुसन्धान गरेको एसएसपी गुरुङले बताइन्। 

गत असोज १७ गते बिहान पौन ८ बजे सल्यानको बाघचौर नगरपालिका–२, गौरी बस्ने रामकली खत्री मृत भेटिएकी थिइन्। घरबाट माइत जान भनेर हिँडेकी ५४ वर्षीया रामकली बाटोमै मृत फेला परेकी थिइन्। रामकलीको संकास्पद मृत्यु भएपछि अनुसन्धानका लागि फेरि जम्बोलाई नै खटाइएको थियो। घटनास्थलमा प्राप्त कपडाका टुक्राहरु जम्बोलाई सुँघाइयो। उक्त कपडा सुँघेपछि २ किलोमिटर टाढासम्म ट्र्याक लिँदै बाटो खन्न प्रयोग भएको जेसीबी मेसिनसम्म पुगेर जम्बोले संकेत गरेको थियो। त्यसपछि प्रहरीले जेसीबीका चालक र सहचालकलाई पक्राउ गरेर अनुसन्धान गर्दा उनीहरुले रामकलीको हत्या स्वीकार गरेका थिए। रामकलीको हत्या भएको एक दिन नबित्दै जम्बोको सहयोगले अभियुक्त पहिचान गर्न प्रहरी सफल भएको थियो। 

त्यसैगरी, मनकला खत्री खड्का हत्याको अनुसन्धान पनि जम्बोकै सहयोगका कारण सफल भएको थियो। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ की २६ वर्षीया मनकला खत्री गत साउन ११ गते बारीको कान्लामा मृत भेटिएकी थिइन्। साउन ११ गते साँझ ६ बजेतिर भैंसीलाई घाँस हाल्न गएकी उनी अबेरसम्म नफर्किएपछि परिवारले खोजी गर्दा गोठ नजिकैको बारीको कान्लामा मृत भेटिएकी थिइन्। शंकास्पद रुपमा मृत भेटिएपछि अनुसन्धानका लागि प्रहरीले जम्बो कुकुर खटाएको थियो। घटनास्थलमा प्राप्त सबुत चप्पल जम्बोलाई सुँघाइएको थियो। उक्त चप्पल सुँघेर ५ मिटर पर गएपछि जम्बोले मोबाइल सेट फेला पारी सबुत जुटाउन मद्दत पुर्‍याएको थियो। मोबाइलमार्फत प्रहरीले अनुसन्धान अघि बढाउँदा घटनाको पटाक्षेप भएको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

मृतक महिला मनकलाका माइला जेठाजु केशरबहादुर खडका र उनका १५ र ११ वर्षका छोराहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो। खुर्पा प्रहार गरी मनकलाको हत्या गरिएको, हत्यापश्चात नाक र कानमा रहेका सुनका गरगहना निकालेल लगेको पाइएको थियो। 

यसरी अनुसन्धानमा प्रहरीको सारथी बन्दै सहयोगीको भूमिका खेल्दै आएको जम्बो नेपालमै खरिद गरिएको जर्मन सेफर्ड जातको कुकुर रहेको एसएसपी गुरुङले बताइन्। जम्बो अहिले १२ वर्षको भइसकेको छ। यसअघि पनि जम्बोले थुप्रै घटनाको अनुसन्धानमा प्रहरीलाई सहयोग गरेको छ। २०७० पुसमा काठमाडौंको गौरीघाटमा राजिव आचार्यको हत्यारा पत्ता लगाउन प्रहरीलाई हम्मेहम्मे परिरहेका बेला जम्बोले अनुसन्धानमा सहयोग गरेको थियो। 

२०६८ पुस ८ गते कपनस्थित मनकामना सुनचाँदी पसलमा भएको लुटपाट तथा हत्या घटनाको अभियुक्त पहिचान गर्ने काममा पनि जम्बोले आफूलाई ‘उत्कृष्ट’ सावित गरिसकेको छ। 

‘ट्र्याकर डग’ जम्बोलाई हत्या, अपहरण, बलात्कारजस्ता घटनाको अनुसन्धानका लागि प्रयोग गरिँदै आएको छ। अपराध भएको स्थल (क्राइम सिन) र सबूत 'स्निफिङ' गरेर जम्बोले अपराध अनुसन्धानमा प्रहरीलाई सघाउँदै आएको छ। 

जम्बो बाहेक गत वर्षको तिहारदेखि हालसम्म अन्य कुकुरले अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेको केनाइन महाशाखाका डीएसपी रामचन्द्र सत्याल बताउँछन्। डीएसपी सत्यालका अनुसार सुदूरपश्चिम प्रदेश केनाइन शाखामा रहेको तुफान नाम गरेको कुकुरले पनि अनुसन्धानमा महत्वपूर्ण सहयोग गरेको छ। गत फागुन १५ गते कैलालीको गोदावरी नगरपालिका–४ स्थित गेटा आँखा अस्पताल पछाडि हत्या गरेर फालिएका शिवचरन चौधरीको हत्या अभियुक्तलाई उनको घरसम्म पुगेर पहिचान गरेको थियो। त्यस्तै बैतडीकी भागरथी भट्टको हत्या अनुसन्धानमा पनि तुफानले सहयोग गरेको थियो। 

त्यस्तै, कुशल नाम गरेको जर्मन सेफर्ड कुकुरले लमजुङको सुन्दरबजार नगरपालिका–४ की ३५ वर्षीया धनमाया भुजेलको हत्या अनुसन्धानमा सहयोग गरेको डीएसपी सत्याल बताउँछन्। सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया मीना राईको हत्यारा पत्ता लगाउन लैला नामको कुकुरले सहयोग गरेको थियो। 

यसरी प्रहरीका कुकुरले २०२६ सालदेखि अपराध अनुसन्धानमा सहयोग गर्दै आएका छन्। २०२६ सालमा मलेसियामा भएको कुकुर तालिममा नेपाल प्रहरीले समेत भाग लिएको थियो। उक्त तालिममा कुकुरले प्रहरीलाई अनुसन्धानमा सहयोग गरेका धेरै कामहरू देखाइएको थियो। 

प्रहरीले अनुसन्धान गर्न नसकेका धेरै जटिल कामहरू कुकुरको सहायताले फत्ते गरेको विवरणबारे जानकारी पाएपछि मलेसियामा भएको उक्त तालिमपछि नेपाल प्रहरीले ४ वटा तालिमप्राप्त कुकुर किनेर २०२६ सालबाट कुकुर सेवा सुरु गरेको थियो। त्यसयता प्रहरीले निरन्तर कुकुरबाट सहयोग लिँदै आएको छ। 

नेपाल प्रहरीसँग लागु औषध, ट्रयाकर, रेस्क्यू र विपद् उद्दार गरी चार बिधाका ८७ वटा कुकुर छन्। केनाइन महाशाखा महाराजगञ्जमा ३६, अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरमा ८, प्रदेश १ प्रहरी कार्यालय केनाइन शाखा धरानमा ६, विराटनगर विमानस्थलमा ३, प्रदेश २ प्रहरी कार्यालय केनाइन शाखा लालगढमा ३, जनकपुर विमानस्थलमा ३, प्रदेश नम्बर २ प्रहरी कार्यालय विपद व्यवस्थापन गुल्म वीरगञ्जमा ३, बागमती प्रदेश प्रहरी कार्यालय केनाइन शाखा हेटौंडामा ६, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा ७, कर्णाली प्रदेश प्रहरी कार्यालय केनाइन शाखा कोहलपुरमा ७ र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धनगढीमा ५ गरी ८७ वटा तालिम प्राप्त कुकुर छन्।

८७ कुकुरमध्ये जर्मन सेर्फड जातको ३६ वटा, ल्याब्राडोर २१, बिगल ५, बेल्जियन सेफर्ड १०, क्रोकर स्पाइनियल १, डच सेफर्ड १ र गोल्डेन रिट्रिभर १३ वटा छन्।

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
बालिका बलात्कारपछि हत्या घटना: आरोपी किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ, अरु चार जनामाथि अनुसन्धान बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछि हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका... सोमबार, भदौ ८, २०८३
१९९ केजी गाँजासहित टिपर चालक पक्राउ उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोलाबाट प्रहरीले १९९.३२ केजी गाँजासहित एक टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्