काठमाडौं- मंगलबार सुनको मूल्य तोलामा २ सयले बढेको छ। आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २ सय रुपैयाँ बढेर ९२ हजार कायम भएको छ।
सुन सोमबार प्रतितोला ९१ हजार ८०० मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५०० रहेको छ।
सोमबार तेजाबी सुन प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको थियो।
आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार २५० कायम भएको छ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा हुने उतारचढावका आधारमा दैनिक सुनचाँदीको कारोबार मूल्य तोक्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।