• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
नियात्रा

पर्खाल र प्रेमको स्तम्भ

64x64
डा. दामोदर पुडासैनी किशोर शनिबार, कात्तिक १३, २०७८  १३:१५
1140x725

नचाहेरै उभिन्छन् पर्खालहरू पाइलामा। मनबाट पर्खाल ढालेर पुल निर्माणमा जुटोस् मान्छे। परिवर्तनलाई इख्याउने आदिम सहरमा भेटियून् सबैको मनसम्म पुग्ने सडकहरू।

उज्यालो हुनु अघिदेखि नै ब्युँझिइसकेको छ लोमन्थाङ। भेडाहरू, चौँरीहरू, खच्चरहरू, घोडाहरू, कुखुरा र कुकुरहरूले बस्तीमा बिहान ओर्लिसकेको सङ्केत दिँदैछन्। चैत्य, छोर्तेन र गुम्बाहरूबाट फैलिइरहेछ धूपको मुस्लो र पर परसम्म स्पर्श गरिरहेछ मान्छेका नाकका पोराहरूमा। आङदुङ (म्याक्सीजस्तो पहिरन), स्यामा (कट्टीतिर बाँध्ने ऊनी कपडा), सुर्की (स्विटर) पहिरेर ठिम्बु (कपडाबाहिर भिर्ने चम्चाजस्तो गहना) र ज्यन्जेन (गहनाको रूपमा भिर्ने चाँदी) भिर्ने महिलाहरू भेटिन्छन् बाटा, गल्ली र चोकहरूमा। स्यामु (टोपी), फुङ्स्यो (दौराजस्तो ऊनी कपडा), केनम् (सुरुवाल) लगाएर घप्टी (भिरेको खुकुरी) हल्लाउँदै हिँडिरहेका पुरुषहरू पनि भेटिन्छन् सहरका कुनाकानी, सडक र साँघुरा गोरेटाहरूमा।

बिहान हुनु अघिदेखि नै गुञ्जायमान छ शहर बौद्ध मन्त्र र बौद्ध स्तुतिहरूमा। शहर होइन कुनै विशाल तीर्थस्थल लाग्दैछ लोमन्थाङ। मन्त्र जप्दै र स्तुति गाउँदै समय बरबाद पारेर मात्र कहाँ मिल्छ र शक्ति! कहाँ भेटिन्छ र शान्तिको सुवास!! काम नगरी मन्त्र जपेर मात्र माला बनाउनुको के अर्थ छ र जिन्दगीको। 

बिहानभर मन्त्र जप्न र माला गन्न छोडेर जाँगर नउमारेसम्म जय र स्तुतिले मात्र उम्रन सक्तैन कुनै सिर्जना। 

जाँगर र प्रार्थना दुवैमा अब्बल देखिन्छन् लोमन्थाङवासीहरू।

हाम्रा चार पाइला लोमन्थाङ चिन्न रौसिएका छन् बिहानैदेखि। चार आँखाले हेरेर अघाएका छैनन् मायालुलाई। खुसी छन् मायालु, आँखाहरूद्वारा नूतन सहरको स्पर्श पाउँदा। माया निस्फिक्री फैलिएको छ सहरभरि। सहरका हरेक बार्दली, सिकुवा, छाना, आँगन, भित्ता र चोटा कोठामा फैलिइरहेछ मायाको सुगन्ध। माया पूजा, माया खुसी, माया रङ र माया गति बनेर फैलिइरहेछ सहरभरि। बैँसका चिल्ला पातहरूमा सल्बलाइरहेछ माया निरन्तर। मायाको स्पर्शमा मस्किँदै हिँडिरहेछौँ हामी मानेहरू घुमाउँदै। 

हामी मिस्टिक होटलबाट बाहिरियौँ र केही उत्तरतिर बढ्यौँ।

थुम्का नै थुम्काहरू पर्खाल बनेर उभिएका छन् लोमन्थाङका। थुम्काहरू चैत्यहरू जस्ता छन्, प्रकृतिले मिहिनेतसाथ बनाएका। गोलाकार र चुलिँदै उकालिएका। थुम्काका चुचुरामा लिङ्गो गाडेर दाच्योहरू (बौद्ध मन्त्र लेखिएको झन्डा) फहराइदिएका छन्। प्रकृतिमा कृति थपिदिएपछि साँच्चै सुहाएको छ दृश्य। थुम्काहरूमा हरियोपरियो छैन। केवल छन् पहेँला थुम्काहरू। बौद्ध वस्त्रले ढाकिए जस्ता, धानको थुप्रो थुपारे जस्ता।

nimb
nimb
Ncell 2
Ncell 2

प्राकृतिक चैत्यहरूबाट फैलेको हावाले शान्त र शालीन बनाइरहेछ मान्छेहरूलाई। हामी दुई भने सहरभरि छरिएर रहेका छोर्तेन र चैत्यहरूलाई छुँदै हिँडिरहेछौ, छापे मानादेखि बिटुमिनका ड्रम जत्रा मानेहरू चार हातले घुमाउँदै हिँडिरहेछौँ। त्यो शान्त प्रदेशमा शान्तिको मुटुमा रहेर यात्रा गर्दा धर्म होइन शान्तिको अनुभूति गरिरहेछु मैले। मेरी शान्ति घामभन्दा चहकिलो बनेर खुलेकी छिन् मलाई पाएर।

लोमन्थाङमा लेखक।

हामी पर्खालको किनारैकिनार हिँडिरहेछौँ। कुनै समय पर्खालबाहिर कुनै घरहरू बनाउन पाइँदैनथ्यो भन्दै हुनुहुन्थ्यो सुरेन्द्र दाइले। अहिले पर्खालबाहिर पनि फैलँदै रहेछ लोमन्थाङ सहर।

सन् १३८० मा अमे पालले लोमन्थाङ सहर बसाए र सहरबाहिर पर्खालले घेरे- मैले पढेको थिएँ इतिहास। लोमन्थाङ बजारलाई घेरेको छ बाक्लो र अग्लो पर्खालले। पर्खालका बिच बिचमा सुरक्षाकर्मीले निगरानी गर्ने बुर्जाहरू पनि छन्। उत्तरपूर्वमा रहेको ठुलो ढोका नै सहर प्रवेश गर्ने द्वार हो। हिमाली क्षेत्रका पर्खाल र द्वारहरूले सुरक्षा र समृद्धिको झल्को दिन्छन्। सहरको शोभाका लागि, सहरको सुरक्षाका लागि र सहरको सम्मानका लागि बनाइयो होला लोमन्थाङ पर्खाल। अहिले पनि अग्लो, सेतो र बलियो ढङ्गले उभिइरहेछ पर्खाल। माटाका बाक्ला गारा भएका घरहरू र ठुलो र बाक्लो पर्खालले घेरिएको छ लोमन्थाङ। ‘पर्खाल भित्रको राजधानी’ नामले पनि चिनिएको छ लोमन्थाङ। हामीले सहरको उच्च भागमा उक्लिएर हेर्‍यौँ, कतै कतै पर्खालमै उक्लिएर पनि हेर्‍यौँ। सहरबाहिर असङ्ख्य रहेछन् ढुङ्गे पर्खालहरू- बस्ती छेक्न बनाइएका, बाली छेक्न बनाइएका, बिरुवा छेक्न बनाइएका, वायु छेक्न बनाइएका र बस्तु छेक्न बनाइएका। ती नाङ्गा पाखाहरूमा पर्खाल नै पर्खाल पो फलाएका रहेछन् मान्छेहरूले। त्यसो त मार्फाबाट उकालो लागेदेखि नै पर्खाल नै पर्खालका प्रशस्ती देखिन थालेका हुन् मुस्ताङभरि।

पर्खालको कोलाजभित्र कुतकुति रहेछ लोमन्थाङ।

कसैका लागि अवरोध हो पर्खाल। कसैका लागि विभाजन हो पर्खाल। कसैका लागि सीमा हो पर्खाल। कसैका लागि सुरक्षा हो पर्खाल। मुटुभरि हराभरा बनिरहेको मायालाई कसैले नगरोस् आक्रमण र कहिल्यै नचुहियोस् कतै पनि। प्रेमी प्रेमिकाहरू हृदयदेखि नै गर्दैछन् मखमली पर्खालको आह्वान।

छोर्दे गुम्बाको बाहिरपट्टि पर्खाललाई दायाँ पारेर हिँडिरहेछौँ हामी। बाक्लो कुहिरो फुसफुसाए झैँ झर्न थाले जलकण।’ पानी पर्‍यो, पानी पर्‍यो’- नौलो परिवेश महसुस गर्दैछन् लोमन्थाङवासी। कि हिउँ कि शुष्क वायुबाहेक केही नभेटिने लोमन्थाङमा पानीका छिटा सगुन र आशा बनेर बर्सिदैछन्। धुलो नउड्ने गरी भिज्दा ताजा र तरुनो देखिदैछ भुईँ। ‘पानी पर्‍यो, असिना झर्‍यो दाइको रुमाल भाउज्यूलाई मन पर्‍यो’ मैले ठुलै स्वरमा गाएछु गीत। हाम्रै पछिल्तिर आइरहेका तिन बहिनीहरू खित्का छोडेर हाँसे र उनीहरूकै भाषामा के के भने। म भने अलि लजाएँ र गीत गाउँ नै छोडिदिएँ।

‘ए... ए... ए... ए’— हिँड्दाहिँड्दै दुवै जनाले झ्याप्प समात्यौँ एकअर्कालाई। एकै डल्लो पारेर छोर्तेनको छेको लाग्यौँ। छोर्तेन हाम्रा लागि पर्खाल नबनिदिएको भए हामी दुईको आन्द्रा उधिन्थे होलान् भालाजस्ता सिङधारी झोपाहरूले। सहरका साँघुरा गल्लीहरूमा कहिले कुकुरको झम्टाइमा, कहिले झुमा, झोपा र घोडाहरूको ठेलमठेल र पेलमपेलमा पर्नु सामान्य भएको छ। पर्खालभित्रका गल्लीहरूमा उकुसमुकुसिएर उछिट्टिए जस्ता लाग्छन् ती जनावरहरू।

टासिदेले, वेलकम टु लोमन्थाङ, दावा याङ्गेन प्लस मिङ्मार ग्याल्बो, पासाङ वाङ्मो प्लस फुर्पु छिरिङ, ल्हाक्पा ग्याल्जेन प्लस पासाङ छोमो, विलियम गोल्डमेन प्लस क्याथेराइन फिसर, रूपा बराइली प्लस जीवन निरौला, शत्रुधन यादव प्लस रमा घिमिरे, आइ लभ यु सुमित, आइ लभ यु माया, आइ अलवेज लभ यु मधु, श्रीप्रसाद सुवेदी, २०७१।२।९, बुद्ध भगवान्को कसम म तिमीलाई हृदयदेखि माया गर्छु सुमिना, नयाँ नेपाल गणतान्त्रिक नेपाल, लभ यु लोमन्थाङ, गणतन्त्र चाहिँदैन, राजा मास्न पाइँदैन- यस्तै यस्तै लेखिएका छन् पर्खालका भित्ताहरूमा।

त्यसबाहेक ‘नौ हाते पटुकीलाई बार हाते सारी, एउटी थिई मोटी काली त्यसले माया मारी’, ‘उकालो डाँडामा राम्रो रानीवन, फिरन्ते यो गरिबको ज्यान मात्रै हो धन’, आनीबानी हेर्ने होइन रूपै हेर्छन् केटा, घुस खाने नेताज्यूको बार हातको फेटा’– यस्तै यस्तै पनि कति लेखिएका छन् कति। अझ तिब्बती भाषामा लेखिएको त हामीलाई कालो अक्षर भैँसी बराबर नै भयो। कता कता ट्रक साहित्य जस्तो पनि लाग्छ भित्ते साहित्य। समाजको सोच र चेतनालाई पनि केही हदसम्म बोकिरहेछ भित्तो। बिचरा भित्तो युगौँयुगदेखि लोमन्थाङवासीहरूको मेला जात्रा हेरिरहेछ, झगडा मिलाप हेरिरहेछ, राम्रा भन्नेहरूका नराम्रा कर्तुत पनि हेरिरहेछ, कयौँलाई छेकिरहेछ, कयौँलाई सेकिरहेछ, आफू भने जसले जे लेखे पनि सहिरहेछ, जसले जे देखाए पनि हेरिरहेछ, जसले जति किला ठोके र ठेले पनि चुप लागिरहेछ। शासनले, प्रशासनले र शक्तिको आडमा बबन्डर मच्चाउने निरीह मान्छेको स्वरूप जस्तो पनि छ भित्ता।

समयको धरहरा बनेर उभिरहेछ लोमन्थाङ पर्खाल। प्रत्येक इँटा र ढुङ्गाहरूमा मान्छेको स्पर्श नभै बन्दैन पर्खाल। इतिहासको चाङ पनि हो पर्खाल। भित्ता भेटिनेबित्तिकै मनका कुण्ठाहरू लेख्न तम्सन्छ मान्छे। स्नानागारहरूमा, शौचालयहरूमा, मन्दिर, चर्च र मस्जिदका भित्ताहरूमा लेखिएका सङ्केतहरूले खोलिरहेछन् इतिहासमा रहस्यहरू। इजिप्टका पिरामिडका भित्ताहरूमा कोरिएका मानव सभ्यता अङ्कित चित्रहरू, अमेरिकाको उचिता माउन्टेनका गिर्जाघरका भित्ताहरूमा टाँसिएका प्रेम, भगवान् र मान्छेका गतिशीलताका चित्रहरू, म्यान्माको स्वेडगँउँ पगोडा छेउछाउमा लेखिएका पुकार र प्रार्थना, वासिङ्टन डी.सी.को लिङ्कन मेमोरियल पार्कमा सिंगमरमरमा लेखिएका वीरता, बहादुरी र मानव बन्ने सूत्रहरू र हाम्रै तिलौराकोटका गाराहरूमा कोरिएका समयका तस्बिरहरू छोएका क्षणहरू उदाउँछन् मेरो मानसपटलमा।

चित्रहरू हुन् वा लेखौट, समय र घटनाका तूलफुल बनेर टाँसिन्छन् समयका पर्खालहरूमा। कसैका लागि अवरोध, कसैका लागि सुरक्षा, कसैका लागि रहस्य, कसैका लागि प्रतिष्ठा, कसैका लागि आदि र कसैका लागि अन्त्य बनेर उभिइरहेछन् पर्खालहरू। आनन्दलाई भाग्न नदिन र दिग्दारीलाई भित्रिन नदिन उभ्याइने गरिएको छ पर्खाल। पर्खालको सहारामा चलुन्जेल कहाँ स्वतन्त्र बन्न सक्छ र कोही पनि।

स्वतन्त्रताका जरा र हाँगाहरू दूर क्षितिजसम्म दौडाइरहेको बेला पर्खालका भित्ताहरूमा ठोक्किनु गतिमै गोलमाल सिर्जना हुनु हो। मान्छेका मनहरूमा पर्खाल ठडिन थाल्यो भने मनहरू नै उभिन्छन् विद्रोहमा र ढालिदिन्छन् पर्खालहरू गल्र्याम्गुर्लुम्। बर्लिन पर्खालको अवशेषअघिल्तिर उभिएपछि थाहा पाएथेँ मैले कुनै बेला- स्वतन्त्रताभन्दा ठुलो केही मान्दैन मान्छेले। मान्छे विरुद्ध उभिएका पर्खालहरू टिकेको देखेको छैन मैले आजसम्म। नारायणहिटी होस् वा केशरमहल, बागदरबार होस् वा बबरमहल, हरिहर भवन होस् वा रवि भवन, सिंहमहल होस् वा फोहरा दरबार सबैका पर्खालहरू निरीह बने मानव सागरको वेगमा ठोक्किएर। दरवारका शेरहरु सर्प जसरी सुलुसुलु बगेर बाहिरिए समयसंगै।

पर्खाल ठड्याउन लालायित बन्नुभन्दा किन आकर्षित बन्दैन मान्छे पुल निर्माण गर्न? मन मनका पर्खालहरू ढालेर पुल जोडेको हेर्न रमाउँछु म।

पर्खाल नाघेर मनहरूलाई दरबारका चोटा कोठा र बार्दलीहरूमा उभ्याएको देखेँ मैले जापानमा। मान्छेका आस्थाहरू च्यापेर मान्छेसँग निर्बाध अङ्कमाल गरिरहेको भेटेँ मैले रानी एलिजावेथलाई वकिङ्घम दरबारको पर्खाल बाहिरसम्म। दरबारअघिल्तिर पर्खाल नभएपछि कति मजाले सुमसुम्याइरहेछन् मान्छेले आफ्ना आस्थाहरूलाई बेल्जियम र नेदरल्यान्डमा। प्राप्तिको पवित्र प्राण मानिरहेछन् मान्छेहरूले पर्खाललाई लोमन्थाङमा। चीनको ग्रेटवाल गाइँगुइँ गर्दैछ भेटेका हरेकसँग इतिहासका चिल्ला पत्रहरू पल्टाउँदै। युरोपेली र अमेरिकीहरू पर्खाल निर्माण गर्नु सट्टा बगैँचा बनाउन आतुर छन्। पर्खाल व्यक्तिवादी सोचको संरक्षक हो। स्वार्थको सहारा हो। डर र शङ्काको सुमसुम्याई पनि हो। जति जति ईष्र्या, लोभ, मोह र अहङ्कार बढ्छ मान्छेमा त्यति नै ठुला ठुला बनाउन थाल्छ मान्छेले पर्खाल। लोमन्थाङ पर्खालकै छेउमा उभिएर सोचेँ मैले। 

‘कसैको प्रेम पनि कसैका लागि पर्खाल बन्न सक्छ’– पर्खाल दर्शन बनाउन खोज्नु हुँदैछ मित्र पनि।

पवित्र भयो भने ऋ बन्न सक्छ पर्खाल।

नेपालको धरहरा होस् या आग्राको ताजमहल दुवै हुन् प्रेमको बलिया पर्खाल। बौद्ध सम्पदा, राजा र जनतालाई घेरोभित्र पारिरहेछ पर्खालले लोमन्थाङमा। हजारौँ वर्षको हिउँ खपिरहेछ, हावा सहिरहेछ, घाम खपिरहेछ। उस्तै उस्तै देखिँदादेखिँदै सधैँ परिवर्तनशील छ संसार। लोमन्थाङका आरोह र अवरोहको निर्दोष साक्षी बनिरहेछ पर्खाल।

अप्ठ्यारा, पीडा र अवरोध भनेकै पर्खाल हुन् जिन्दगीका। जिन्दगीमा तह तहका पर्खालहरू छन्। पर्खालहरू छन् र पो जोस, जाँगर र सपनाहरू छन् जिन्दगीका। प्रेम पनि त पर्खाल हो एउटा, अथवा एउटा बाँध हो, जो निश्चित सर्त र खुसीहरूका बगैँचामा फक्रने गर्छ। कयौँ पर्खालहरू त आफैँ बनाइरहन्छौँ मनमा हामीहरू। दिग्दारीहरू, असन्तोषहरू र चिडचिडाहटहरू कसै गरी नपसून् मनमा भन्ने जारी हुन्छ अभिप्राय। गतिशीलता, कार्यमा सजगता, परिवारको ढाडस, मित्रहरूको आत्मीयता, प्रेमको सामीप्यता र औषधीका सहाराहरू पर्खाल बनेर उभिन्छन्।

‘ठीक समयमा उपयुक्त पर्खाल निर्माण गर्नुमा विशेष महत्त्व रहन्छ। पर्खाल निर्माण गर्नु, पर्खालको सुरक्षा गर्नु, पर्खाल कमजोर पार्नु र पर्खाल भत्काउनु यत्तिकैमा त चलिरहन्छ जिन्दगी। जिन्दगी भनेको पर्खाल सिर्जना र विनाशको खेल पो रहेछ। कति काम सोचेर सम्पन्न गर्न सकिँदैन, कति ठाउँ चाहेर पुग्न सकिँदैन। इच्छामा भाँजो आइ पर्नु पर्खालबाहेक के हो र अरू? लोमन्थाङ पर्खालको पश्चिमी कुनामा पुग्दा पर्खाल दर्शनमा डुबिसकेका थियौँ हामी।

‘टासिदेले’ पर्खाल छेउकै साँघुरो गल्लीबाट निस्कँदै गरेका दुई बहिनीहरू हामीलाई नै लक्षित गरी हाँसेपछि हात जोडेँ मैले।

‘नमस्कार’, कहिले आउनुभएको हजुरहरू पहिला पनि आउनुभएको थियो कि?’- हृदयदेखि नै खुलेर मुस्काउनुभयो बहिनीहरू। खुला पर्वत जस्तै खुला दिल हुनु र हावा झैँ खुलेर हाँस्नु कति सुन्दर बानी छ लोमन्थाङवासीमा।

लोमन्थाङ पर्खालभित्र घरहरू मात्र होइन असङ्ख्य पर्खालहरू रहेछन्। कुनै पर्खालमा घोडा, खच्चर र भेडाहरू थुनिएका छन्, कुनैमा डुङ्डुङी गनाइरहेछन् मलमूत्रहरू, कुनैमा हरिया रुखहरू र कुनैमा ढुङ्गा छापिएका आराम कक्षहरू देखिन्छन्। केही छैन भने घर घरलाई मज्जैले घेरिएका छन् पर्खालहरूले।  

‘तपाईँले बोक्नुभएको झोला र यी पर्खालहरू उस्तै उस्तै लाग्छन् मलाई’- आङफुटी बहिनीको रङ्गीन झोलालाई इङ्गित गरेँ मैले।

‘दुवै उस्तै त हुन् नि आफ्नोलाई छोप्ने अरूलाई रोक्ने। आखिर वस्त्रहरू पनि पर्खाल हुन्, शरीर पनि हृदयका लागि पर्खाल हो, घर पनि पर्खालहरूको जमात हो, ताला पर्खालको पहिलो भेट हो’- आङफुटी र पेम्पा साङ्मोका तर्कहरूमा खुसी भयौँ हामी सबै।

एउटा मुस्कान र केही शब्दको साटासाटले तोडिँदोरहेछ मान्छे बिचको पर्खाल। परिचित होस् वा अपरिचित जोसुकैसँग पनि जुनेली मुहारमा अघि सर्ने, जोसँग पनि मनका कुरा खोलेरै बोल्ने पर्खाल विनाको व्यवहार छ लोमन्थाङेहरूको। पर्खाल नै पर्खालका घेराहरूमा बसेर खुला चउर झैँ हल्किनु विशेषता नै छ उनीहरूको।
‘ओठहरूबाट मन्त्रहरू खसेको सुनिँदैन, हातहरूमा माने घुमेको देखिँदैन, बौद्ध आस्थाको सहरमा तपाईँहरू मात्र देखिनुहुँदैछ अपवाद’- दरबारको दायाँ मोहडामा कोट्याएँ मैले बहिनीहरूलाई।

‘यहाँको माटाका हरेक कणमा शान्तिका जमरा जमजमाईरहेछन्। हावाको हरेक गतिमा घुलिएको छ शान्ति र सुगन्ध। शान्त संसारमा उदाउँछ घाम। शान्ति छोड्न परेकामा विरक्तिदै अस्ताउँछ ऊ। हिउँ, पर्वत, हिमनदी र ढुङ्ग्याने आकृतिहरूमा कोरिएका छन् शान्ति नै शान्ति। प्रकृतिले नै बनाएको छ करोडौँ चैत्य, गुम्बा र छोर्तेनहरू यहाँ। प्रकृतिले नै हुर्काइरहेछ असीम शान्ति। मान्छे स्वयं क्रुर, अपराधी र अन्यायी नबन्ने हो भने बुद्धको पुकारा गरेर समय बरबाद बनाइरहनुको के अर्थ! बुद्धमूर्ति र उनका छोर्तेनहरू उभ्याइरहनुको के अर्थ? मान्छेले संसार नबिगार्ने हो भने शान्ति पुकार्नुको आवश्यकता छैन। हामी पुकारबाट होइन आचरण सुधारबाट शान्ति ल्याउने अभियानमा छौँ। बहिनीहरूको दर्शन पक्का मानववादी थियो। मानववादी अभियन्ता मित्र भने मिस्टिक होटलमै रहनुभएकाले सुन्न पाउनुभएन त्यो कुरा।

लोमन्थाङ बजार पश्चिमबाट पूर्वतिर बिस्तारै ओरालो झरेको छ। उत्तरतिर पहेंलपुर डाँडा नै डाँडाको बिचमा एउटा अर्को अग्लो डाँडो छ। त्यसमा दाच्यो र लुङ्दरहरू फर्फराइरहेछन्। माथितिरबाट कुहिरो क्रमशः झरिरहेछ ध्वजा पताकाका अक्षरहरू कोट्याउन। त्यो केसरजोङ किल्लाको भग्नावशेष रहेछ। केसरजोङ किल्लामा चढेर लोमन्थाङको सर्वाङ्ग नियाल्ने इच्छा उर्लेको थियो तर त्यहाँ पुग्न झन्डै तिन घण्टा हिँड्नुपर्ने कुरा बुझेपछि किल्लालाई आँखैले कन्याएर चित्त बुझाउनुबाहेक अरू केही उपाय सुझेन। अलि पर कोरेलापारि तिब्बत भेट्ने बाटाको रेखा प्रष्ट देखिन्थ्यो। इच्छा भएर पनि तिब्बतका विशाल मैदानहरू चाहार्ने अभियानलाई समयले पर्खाल लगाइदियो। समयको पर्खालका अगाडि सबैले निरीह नबनी सुख्खै छैन। 

मलाई लाग्यो- एक समय यी सारा पर्खालहरू नाघेर पर परसम्म पुग्ने छ लोमन्थाङ। कयौँ पर्खालहरू नाघेर लोमन्थाङमा अलिकति आफ्नो रङ्ग दिइरहेछ तिब्बतले। लोमन्थाङ र तिब्बतको रङ एकै ठाउँमा मिसिएर उत्पत्ति हुन्छ एउटा नयाँ रङ। त्यो रङमा साँध सीमाना र पर्खालहरू फिका बन्ने छन् र मेटिने छन् उबडखाबडहरू। त्यस रङमा सल्बलाइरहने छन् केवल ‘मान्छे’ नामका मान्छेहरू।

अब पर्खाल उभिएर विभाजन गर्न सक्ने छैनन् मान्छेलाई, फरक रङ, फरक आकृतिको दुहाइ दिने मान्छे विरुद्धका दुस्साहसहरूले।

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डा. दामोदर पुडासैनी किशोर
लेखकबाट थप
राजधानीका डन र मोफसलका गुरुजी
लेनिन र पुटिन सँगै भेटिने शहर
एक घर एक गाउँ!
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै आइतबार, भदौ ७, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान आइतबार, भदौ ७, २०८३
५० वर्षमा बदलियो नेपालको अटो बजार : आयातबाट स्वदेशी उत्पादनतर्फको यात्रा आइतबार, भदौ ७, २०८३
शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै छौँ : शिक्षामन्त्री पोखरेल आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्