• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
नियात्रा लेनिन र पुटिन सँगै भेटिने शहर
64x64
डा. दामोदर पुडासैनी किशोर शनिबार, वैशाख ३, २०७९  १६:४२
1140x725

एक बिहानमै धेरै रूपमा प्रकट भयो मौसम मस्कोमा। शहरमा जतिजति अनेक किसिमका भेशभूषाका मान्छेहरू देखिन्थें, उतिउति मौसम पनि रङ्गीचङ्गी इन्द्रेनी रूपमा प्रकट  भइरहेथ्यो। युरोपका धेरै मुलुकहरूमा जस्तै रूसमा पनि तीन कुराको विश्वास हुँदैन भन्दै थिए अलेक्सी निकोलायएन्कोभ। पादोगा (मौसम), पाद्रुगा (केटी साथी) र रावोता (जागिर) क्षणक्षणमै कुन रूपमा प्रकट हुन्छन् र कुन रूपमा हराउँछन्, त्यो भन्न नसकिने अवस्था भौगोलिक परिस्थिति र संस्कार बनेर जागिरहेछ जुगौँजुग अघिदेखि रूसमा। मौसमको द्रुत फेरबदलको छायाँ मान्छेको आनीबानीमा परेपछि मान्छे नै मौसम बनेर चलखेल गर्न थाल्दछ।

निवासबाट जुवोभ्स्काय उलिना हुँदै जुवोभ्स्की उलवारस्थित विदेश–मन्त्रालय पुग्दा घामले पुलुक्क मुख देखायो। चियाको कपबाट बाफ निस्केझैँ हिमागर र हिमशिलाहरूबाट रेशाहरू देखिए वायुमण्डलमा। माघे झरी थामिएपछि टुप्लुक्क देखिएको घाम र उसको वरिपरि झुत्तीखेलिरहेका प्राणीहरू जस्तो भइरहेथ्यो परिवेश।

अघिल्लो दिन बुझाएको राहदानी फिर्ता लिनु थियो विदेश मन्त्रालयबाट। वैदेशिक कूटनीतिसम्बन्धी काम गर्ने शाखाअघिल्तिर पुग्दा ढोकामै ‘आगन्तुकको प्रवेश निषेध’  लेखिएको सूचना पाटी देखेपछि हामी झसङ्ग भयौँ। ‘राहदानी फिर्ता लिन कतिपटक धाउनुपर्ने हो !’ हाम्रो मनमा नराम्रो आशङ्का जन्म्यो।

‘आखिर संसारभर नै नहुने भन्ने केही छैन। हजुरहरू कारमै बस्नुहोस्, म र सचिन भित्र गएर राहदानी फिर्ता ल्याउँछौँ’ अलेक्सी निकोलायएन्कोभले आश्वासनसूचक वाक्य छर्नुभयो। ‘तर आगन्तुक प्रवेश निषेध लेखिएको छ नि अलेक्सी’– मैले भनँ। 

‘केही फरक पर्दैन, यो कम्युनिस्ट व्यवस्थाको रूस होइन, अनुशासनमा हिँड्न,’ अलेक्सी अलि उत्तेजित देखिनुभयो। साँच्चै केही बेरमै हाम्रो हातमा राहदानी थमाइदिनुभयो उहाँले।

अन्दाजी पचास–बाउन्न वर्षका अलेक्सी हरेक कुरामा जिम्मेवार र गम्भीर हुनुहुन्छ। उहाँले सोभियत संघ विघटन भएपछि नेपाली दूतावासमा स्थानीय कर्मचारीको रूपमा काम प्रारम्भ गर्नुभएको थियो।

‘कम्युनिष्ट व्यवस्था गएपछि अब रूसमा अनुशासनले पनि डाँडो काट्यो त?’ मैले प्रश्न तेस्र्याएँ अलेक्सीलाई। 

‘साम्यवादी व्यवस्था गएपछि हाम्रा सबै सुखहरूले डाँडा काटे। सोभियत संघ हुँदा रकेट, गोलाबारुद, हवाइजहाज र किसिम–किसिमका यन्त्र उपकरण बनाउँथ्योे देशले। त्यतिखेर कारखाना थिए, काम थियो। काम भएपछि  दाम र मामको दुःख थिएन। समाज अनुशासनमा अडेको थियो। गर्न नहुने काम गर्ने हिम्मत कोही गर्दैनथ्यो। नगर्ने काम कसैले ग¥यो भने उसले सुख पाउँदैनथ्यो। सबैतिर प्रणालीको विकास भएको थियो। साम्यवाद हटेपछि जीवन दुःखैदुःखको भुमरीमा फसेको छ।’ जिन्दगीका धेरै वसन्तहरू साम्यवादी व्यवस्थामा गुजारिसक्नुभएका अलेक्सीलाई रूसमा साम्यवाद हट्नु औडाहापूर्ण लागिरहेथ्यो।

‘शहरमा अरु मान्छेहरू त त्यति दुःखी देखिँदैनन् नि,’ मैले अलेक्सीमार्फत रूसको यथार्थता अरु खोतल्न खोजेँ।

मस्कोमा लेखक

‘मस्कोलाई नियाल्दा देशमा विकास र निर्माण घटेको जस्तो लाग्दैन। तर मस्को बाहिरका गाउँहरूमा पुग्नुपर्छ, रूसलाई बुझ्न। यतिखेर रूसका गाउँहरूको भोकको कालो बादलमा लपटछ। पहिले पचास रुबलले मजासँग एक महीना टर्दथ्यो, अहिलेको नोट नै भए पनि केही गर्न पुग्दैन। रुबल पाउन असाध्यै गाह्रो भएको छ। मस्कोमा धेरै विदेशी व्यापारी छन्। त्यसैले यहाँ व्यापारिक र आर्थिक चहलपहल देखिन्छ। तर यहाँ आर्थिक स्थिरता छैन। दिनदिनै धनीहरू अकाशिने र गरीबहरू बिलखबन्दमा पर्ने क्रम तीव्र रूपमा बढिरहेछ, अनि कसरी साम्यवादलाई नराम्रो भनौँ हामी!’ अलेक्सीको आवाजमा आक्रोश, असन्तोष र अभावको त्रिवेणी मिसिएको थियो।

कुरैकुरामा हामीहरू रेड स्क्वायरअगाडि पुगिसकेका थियौँ। अघिल्लो दिन रेड स्क्वायर र क्रेमलिन सर्सर्ती घुमे पनि भित्री भाग घुम्न बाँकी नै थियो। त्यसमा पनि रूसी महान् राजनीतिज्ञ लेनिनको सुरक्षित शवको निरीक्षण गर्ने मेरो धोको पूर्ण भइसकेको थिएन।

काला, गोरा, गहुँगोरा, बाल, युवा, वृद्ध जस्ता संसारका सबै रङ्ग जात–जाति र उमेरको प्रतिनिधित्व भएको हजारौँ मान्छेहरूको लहरमा हामी पनि लाम लाग्यौँ, रेड स्क्वायरको बाहिरी पर्खालछेउको ढोकासामु। कमजोर घाम मुटु हल्लाउँदै रल्लिरहेथ्यो मस्को शहरमा। हाम्रो पहिरन ज्याकेट, ऊनी कपडा, सबै काँपिरहेथे जाडोको टोकाइमा।

कुरामा भुल्दाभुल्दै हामीहरू क्रेमलिन पर्खाल पार गरेर रेड स्क्वायरभित्र पसिसकेका थियौँ। प्रवेश पाएका मान्छेहरू उत्साहित थिए। रेड स्क्वायरभित्र देखिने कलात्मक भवन, घोडचढी सालिकहरू र भर्खर फक्रेका राता कार्नेसन फूलका थुङ्गाहरूको माझ हिउँका रेशारेशामा चुम्बन गरिरहेथ्यो घामले। कुनैबेलाका रसियाली सेनापति मार्शल जुकोभ एउटा फुर्तिलो घोडामा बसेर आफ्नो ओजःपूर्ण व्यक्तित्वको प्रदर्शन गरिरहेथे। त्यो घोडचढी सालिक देख्दा सजीव लाग्थ्यो। शहीदको सम्झनामा एक कुनामा अखण्ड दीप बलिरहेथ्यो। कसैको सम्झनामा अखण्ड दीप जलाइरहनुभन्दा एउटा सुन्दर फूल फुलाउनु बेश हुन्छ जस्तो मलाई लाग्यो। प्राचीन समयमा विद्युत्को अभावले गर्दा उज्यालो कम हुन्थ्यो। अतः रातदिन आलोक छर्न अखण्ड दीप बाल्ने प्रचलन चलेको हुन सक्छ। तर अहिले यत्रतत्र वैद्युत सुलभताले गर्दा छुट्टै टुकी जलाइरहनुको कुनै उपादेयता रहँदैन। त्यसले वातावरणीय प्रदूषण र खर्चको भार पनि बढ्ने हुँदा अझ नकारात्मकताको सिर्जना हुनु स्वाभाविक नै हो। फूल वृक्षको फैलावटले सर्वत्र जीवन्तताको प्रसार हुने र जीवनदायिनी शक्तिको बोध हुने हुँदा कुनै उद्घाटन–समारोहमा पनि दीप–प्रज्ज्वलन गराउनुभन्दा पुष्पवृक्षमा जलसिञ्चन गरेको कति राम्रो हो कति!

तात्कालिक सोभियत संघको निर्माणमा बलिदान दिने असङ्ख्य वीर योद्धाका सालिकहरू जोशिलो हाउभाउमा उभिइरहेथे लहरै। बीचभागमा एउटा सानो घर छ– चिटिक्कको। लहरका असङ्ख्य मान्छेहरूसँगै हामीहरू पनि पस्यौँ। घरभित्र प्रवेश गरेपछि आवाज निकाल्न नपाइने, तस्बिर खिच्न नपाइने, तोकिएको सीमा नाघी हिँडडुल गर्न नपाइने जस्ता नियमहरूको सूची अङ्कित थियो। ठाउँठाउँमा सुरक्षा–प्रहरीहरू चनाखो रूपमा सबै यात्रुहरूप्रति आँखा लगाइरहेथे। भवनबाहिर–भित्र सबैतिर स्वच्छता र शान्ति थियो।

मझेरीमा उत्तानो परेर सुतिरहेको लेनिनको शव देखियो। सुट टाइ पहिरेका, दाह्री जुँघा भर्खर मिलाएका जस्ता, गोरा, हँसिला लेनिन चिरनिद्रामा सुतिरहेका छन्। रसियाको सिम्बिस्र्क (हाल उल्यानोभ) शहरमा १८७० अप्रिल १० तारिखमा जन्मेका लेनिनले विश्वलाई एउटा नौलो विचार मात्र दिएनन्, सारा रसिया र तत्कालिक सोभियत संघका जनताको सामाजिक रूपान्तरणद्वारा अभूतपूर्व परिवर्तन समेत ल्याइदिए। रूसको नदी भोल्गाको किनारमा गरीबीको मार खप्दा भ्लादीमिर इल्यिच उल्यानोभ(लेनिन)का पिता इल्या निकोलाएभिच उल्यानोभ र आमा मारिया अलेक्सान्द्रभ्नाले आफ्ना छोराले संसारभर त्यसरी क्रान्तिको बिगुल फुक्छन् र सारा विश्वको सामु अविस्मरणीय योगदान पु¥याउँछन् भन्ने कल्पना पनि नगरेका हुन सक्छन्। छोटो अवधिभित्रै उल्लेखनीय योगदान दिन सफल भए बोल्सेविक क्रान्तिका नेता लेनिन विश्वलाई साम्यवादतर्फ मोडेर। दृढ निश्चयपूर्वक त्याग र तपस्या गर्ने हो भने मान्छे मानव मात्र नभै महामानव हुन बेर लाग्दैन भन्ने कुराका उदाहरण हुन् लेनिन।

जनवरी १९२४ मा लेनिनको मृत्यु भएपछि उहाँको शव रेड स्क्वायरमा सार्वजनिक प्रदर्शनीको लागि राखिएको छ। सोभियत संघको विघटनपछि रसियाका प्रथम राष्ट्रपति बोरिस एल्तसिनले सन् १९९१ देखि १९९८ सम्मको आफ्नो कार्यकालमा लेनिनको अवशेषलाई रेड स्क्वायरबाट हटाउन पटकपटक विफल प्रयास गर्नुभएको थियो। जनदबावले गर्दा त्यो सफल भएन। 

लेनिनको शव देख्दा मेरा आँखा झिम्केनन्। ती महामानवको कोषकोषमा क्रान्तिका विशाल इतिहासहरू अल्झिरहेकाछन्। भनिन्छ– महामानवहरूको दर्शन त्यसै पाइँदैन उनीहरूको दर्शनले दर्शनार्थीको जीवनमा पनि ऊर्जाका लहरहरू सञ्चारित हुन्छन्। जुरुक्क उठेर ‘कामरेडहरू! अहिल्यैदेखि यौटा नौलो कामको थालनी गरौँ’ भन्दै कार्यदिशा प्रस्तुत गरिहाल्लान् जस्तो लागिरहेथ्यो लेनिनको शव देख्दा। कपाल, छाला, शरीर, लवाइ केहीमा पनि मृत्युको गन्ध थिएन। केवल श्वास थिएन, आवाज थिएन र क्रियाशीलता थिएन। धन्न रसियालीहरूले युगौयुगदेखि लेनिनको शव सुरक्षित राखे। महान् व्यक्तिहरूप्रति आफ्नो सर्वस्व अर्पण गर्ने उनीहरूको महत्तको प्रशंसा जति गरे पनि कम नै हुन्छ। नत्र हरेक हप्ता करोडौँ रुवल खर्चेर एउटा श्वासविहीन ज्यूँदोपनलाई कसरी जोगाइरहने आँट गर्थे उनीहरू।
लेनिनको दर्शन गर्दागर्दै अलेक्सीका आँखाबाट बलिन्द्र धारा आँसु बगे। लहरमा रहेका अरु मान्छेका अनुहारतर्फ पनि हेरेँ। तिनीहरूमध्ये धेरैको आँखा टिलपिल भएका थिए। धेरै रसियालीहरू त अलेक्सी जस्तै भावविभोर बनिरहेथे। म पनि निस्तब्ध बनेँ।

लेनिनको समाधिस्थलनजिक आफैँमा हराएँ म। मान्छेको जिन्दगीको गति रोकियो भने रोकिन्छ सबै चीज। लेनिनको जीवनकालमा उनको सामीप्य पाउन कति कठिन थियो होला! उनको हर क्षण कति बेफुर्सदी र महत्त्वपूर्ण ढङ्गले बित्यो होला! उनका आदेश, आज्ञा र घोषणा सुन्न मान्छेहरू कति लालायित हुन्थे होलान्। उनीमा अभैm पनि सबै कुरा छ, फगत छैन अलिकति श्वास र एउटा गति। त्यसैको परिणतिमा उनका विचारको बर्खिलाप हुरी र डढेलो फैल्यो। उनको सामु पुच्छर लुकाउनेहरू पनि बडेमानको सिंह बनेर गर्जन थाले। समयले नै ढालेपछि जस्तोसुकै बलबुताले पनि कहाँ उठ्न सकिँदो रहेछ र हगि लेनिन!

रेडस्क्वायरभित्रको त्यस घरमा भित्रँदा लेनिनलाई दायाँ र बाहिरिदा बायाँ पार्ने व्यवस्था मिलाइएको छ। लहरै भित्र पस्दै बाहिरिने नियम भएकोले धेरैबेर रोकिने स्थिति थिएन। मैले धेरैपटक अभिवादन गरेँ। ढोकाबाट बाहिरनेबित्तिकै एउटा कविता लेखिंहालेँ– ‘खाटा बसेको घाउ छामेर’ शीर्षकको। लेनिन साँच्चै यतिखेर खाटा बसेको घाउ बनेका छन् धेरैको लागि।

रेडस्क्वायर र क्रेमलिन क्षेत्रका हरेक बस्तु प्राकृतिक र ऐतिहासिक रूपमा उच्च महत्त्वले सजिसजाउ छन्। क्रेमलिन र वरीपरीका पुराना घरहरू नै मन्दिर जस्ता भव्य लाग्ने। प्रायः तहतह परेका शिखर शैलीका भवनहरूमा टुप्पामा सुनौला गजुरहरूको शोभा अलौकिक छ। रेड स्क्वायरमा भने रातो रङ्गको भुइँमा सिमेन्टका स–साना ब्लक छापिएका।

मैले संग्रहालयको कलात्मक भवनको पूर्णतालाई आफ्नो पृष्ठमा पारी तस्बिर खिचाएँ। सन् १८१८ तिर रसियाली राजा र जनप्रतिनिधिबीच वार्ता भइरहेको सालिकले तात्कालिक राजनीतिलाई छर्लङ्ग्याइ रहेकोछ। हाम्रो देशमा पनि सच्चा जनप्रतिनिधि तयार भएर देशको लागि उनीहरूले केही मात्र गरे पनि कति राम्रो बन्थ्यो होला देश! सुपरिणामदायी नबनेसम्म हतियार र युद्धले मात्र समाधान निस्कन सक्दैन। हाम्रो देशमा त पेलाइलाई नै खेलाइ ठान्नेहरूको जमातले त्यसो हुन दिएन।

रेड स्क्वायरबाट फर्कने तर्खरमा लाग्दा एक हुल मान्छे आँगनमा अवस्थित वृत्ताकार चित्रमाथि उभिएर तस्बिर खिचाइरहेका थिए। त्यसलाई रसियाको केन्द्रविन्दु पनि भन्छन्। बाघ, सर्प, जरायो, माछा, चराका चित्रहरू कोरिएका छन् वृत्ताकारमा। रसियाको हरेक शहर त्यस केन्द्रबाट कति दूरीमा छ भन्ने नापो गर्ने प्रचलन परम्परादेखि चल्दै आएको छ। पहिलेपहिले काठमाडौँको केन्द्रविन्दु हनुमान ढोकालाई मानेजस्तै प्रचलन देखियो त्यहाँ। केन्द्रविन्दु परिधिमा निर्भर गर्ने कुरा हो। फरक परिधिबाट नियाल्ने हो भने केन्द्रविन्दु पनि फरक स्थानमा परिहाल्छ। मान्छेको जिन्दगीको पनि केन्द्रविन्दु कता मान्ने? उमेर, उन्नति, पीडा र इच्छा– कामना पूरा भएका क्षणमध्ये कुनलाई? फरक परिवेश र परिस्थितिलाई नापोको आधार बनाउने हो भने केन्द्रविन्दुको अर्थ पनि फरक फरक लाग्दछ। त्यसैले मैले केन्द्रविन्दुलाई खासै महŒव त दिइनँ, तर तस्बिर भने खिचियो।

हिँड्दाहिँड्दै तात्कालिक कम्युनिस्ट सेनाको झुत्रो पोशाक पहिरेको एउटा मान्छे रसियाली भाषामा चित्कार गरिरहेको देखियो। झुस्स दाह्री पालेको, अनुहारभरि अभाव, असन्तोष र असमञ्जसका रेखाहरूले किरिङमिरिङ गरी ढाकिरहेको त्यो मान्छे बेलाबेलामा रुन्थ्यो र कराउँथ्यो। ‘समाजवादी व्यवस्थाको पतनले यो मान्छेको यो गत भयो, अहिलेका बहुसङ्ख्यक रसियालीहरूको प्रतिनिधित्व गरिरहेछ यो मान्छे,’ अलेक्सीले मलाई कोट्याउँदै भन्नुभयो। 

पन्ध्रवटा समाजवादी गणराज्यहरू समाविष्ट भएको सोभियत संघ हुँदा अमेरिका, जापान, फ्रान्स, बेलायतजस्ता पूँजीवादी खेमाका मुलुकहरूलाई समाजवादी देशहरूको प्रतिनिधित्व गर्ने सोभियत संघ हायलकायल पार्दथ्यो। विश्व नै दुई शक्तिमा विभाजित भएकोमा सोभियत संघ पूँजी, साहित्य, वैज्ञानिक प्रगति जस्ता विविध पक्षको प्रभाव विश्वभर फैलाउने क्रममा थियो। गरीब र धनीको विभेद तात्कालिक जनतालाई थाहा नै हुन्थेन। अरु मुलुकहरूमा गरीब रहन्छन् भन्ने सुन्दा त्यहाँका मान्छेहरू ‘गरीब’ भनेको हेर्न र बुझ्न उत्सुक हुन्थे भन्ने सुनिन्थ्यो। त्यसै रुसमा आज समाजवादी सैनिक पोशाकमा मान्छेहरू क्रन्दनमा डुबेका छन्, दयाको भीख मागेर बाँच्न बाध्य छन्।

‘म नेपाल आएँ भने तपाईंले नै घुमाइदिनुपर्छ है,’ अलेक्सी बोल्नुभयो।

‘किन हामीले घुमाइदिए हुन्न?’ जुम्रानोभ (जनार्दन) जीले पक्रनुभयो। ‘साहित्यकारहरू हृदयका कुरा बोल्छन्, इतिहास, भूगोल र राजनीतिक परिवेशलाई केस्राकेस्रा पारेर छोडाउँछन् र अरु मान्छेलाई सही दिशातिर डोर्‍याउन सक्छन्, त्यसैले म उहाँसँगै घुम्न चाहन्छु,’ अलेक्सीले जनार्दनजीलाई जवाफ फर्काउनुभयो र मपट्टि फर्केर अङ्ग्रेजी र रसियाली भाषा मिसिएको वाक्य प्रस्तुत गर्दै मुस्काउनुभयो– ‘यु आर खरोसो म्यान।’ (तपाईं राम्रो मान्छे हुनुहुन्छ)।

‘ओचिन्राद,’ (म धेरै खुशी छु) मैले मुस्कानमा मुस्कान थपेँ।

‘तपाईंहरू साइतमा यहाँ आउनुभएछ। उ हेर्नुहोस् त लेनिन र पुटिनसँग पनि भेट्न पाउने हुनुभयो,’ अलेक्सी दाँत ङिच्च पार्दै हाँस्नुभयो र बोल्नुभयो, ‘लेनिन भित्र निद्रामा हुनुहुन्थ्यो, ब्यूँझेर बाहिर आइसक्नुभएछ।’ 

साँच्चै लेनिन र पुटिनको अनुहार, भेशभूषा सबैकुरा ठ्याक्कै मिल्ने दुई व्यक्तिहरू बेन्चमा बसेर वार्ता गरिरहेका थिए। सबै पर्यटकका आकर्षण भएका थिए उनीहरू। ‘लेनिन समाजवादी, पुटिन प्रजातन्त्रवादी, तैपनि कुरा मिलेछ हैन यहाँ?’ मैले अलेक्सीसँग हाँसो गरेँ। 

‘लेनिन देश बिगार्नु हुँदैन भनेर पुटिनलाई सम्झाउँदै होलान्,’ अलेक्सीको जवाफले हामी सबै हाँस्यौँ। 

मान्छेहरू सय रुवल तिरेर ती नक्कली लेनिन र पुटिनसँग तस्बिर खिचाइरहेथे। उनीहरूसँग तस्बिर खिच्ने चाहना हुँदाहुँदै पनि त्यति धेरै रकम भुक्तान गर्ने ममा इच्छा जागेन। अलिपर हिँडेजस्तो गरेर मैले क्यामेराको लेन्स घुमाउँदै उनीहरूको दूरतालाई नजिक तानेँ र तस्बिर लिइछाडेँ।

‘दाइ! हजुरहरूलाई औद्योगिक प्रदर्शनीको अवलोकन गर्ने निम्ता पनि छ नि बिर्सनुभयो?’ भाइ शचीन्द्र वज्राचार्यले सम्झाउनुभयो।

‘हो त नि ढिला नगरौँ।’ झटपट मस्को शहरको माझमा भइरहेको औद्योगिक प्रदर्शनी स्थलमा पुग्यौँ। हाम्रो स्वागतको लागि पश्मिना होम प्रोस्पेक्ट मस्कोका निर्देशक केशव तिमिल्सिना। प्रदर्शनीको आयोजक संस्थाका उपप्रमुखसँगै मूलद्वारमै प्रतीक्षा गरिरहनुभएको थियो। मूलद्वारमै घ्याम्पोजत्रो रङ्गीचङ्गी बेलुनले ढाकिएका दुई युवतीहरूले स्वागत गरे।

प्रदर्शनीस्थलमा हीराजडित हार, फूल, गमलाजस्ता घर सजावटका सामग्री, काठ र बाँसका कलात्मक भाँडाकुडा, हस्तिहाडका सामग्री, हाते कागजद्वारा तयार पारिएका उपहार, ऊनी र छालाका वस्त्र, घडी आदिका आकर्षक कक्षहरू थिए। भीड खचाखच थियो। प्रदर्शनी–कक्षहरूमा रहेका आधाजसो सामग्रीहरू हाते सीपद्वारा सजिएका थिए। हामीकहाँ बाँस, घाँस, काठपातको त्यति अभाव हुँदैन। तिनीहरूको सदुपयोग गरेर कलात्मक उत्पादन गर्ने हो भने रोजगारी र रकमको कुनै अभाव हुँदैनथ्यो।

प्रदर्शनी–कक्षको बीचभागमा नेपाली झन्डा फहराइरहेको पश्मिना–प्रदर्शनीकक्षमा भेटियो। दुईजना रसियाली बहिनीहरूले धमाधम नेपाली पश्मिना कपडाका बखान गर्दै बेचिरहेका थिए। ‘दोव्रेदेन’ (दिउँसोको नमस्कार) – मैले चिनारीको औपचारिकता शुरु गरेँ। ‘नमस्ते’ उनीहरूले अभिवादन फर्काए। केशव तिमिल्सिनाजीले आपसमा चिनाजानी गराउनुभयो।

प्रायः सबै प्रदर्शनी–कक्षमा हसिला युवतीहरू नै थिए। उनीहरू हरेक आगन्तुकलाई ‘द्रास्भिचे (ए, हजूर !)! शब्दले सम्बोधन गर्दथे। सामानका राम्रा नराम्रा सवै पक्ष सविस्तार बताइदिन्थे। मूल्य घटाउन राम्रैसँग मोलामोलाइ हुँदोरहेछ त्यहाँ। पसलमा पसेपछि कुनै न कुनै

सामान नकिनी बाहिरनै मन नलाग्ने। बिक्रीकलामा पोख्त थिए ती युवतीहरू।

‘तपाई इरानी हो?’ – एउटी चुलबुले विक्रेत्रीको प्रश्न मेरो कानमा रोकियो।

‘कसरी इरानी ठान्नुभयो?’ – मेरो सोधाइ।

 ‘तपाईको अनुहारको वर्ण र उचाइले मलाई इरानी जस्तो लाग्यो।’

‘हैन म नेपाली हुँ,’ मैले सीधा उत्तर दिएँ। 

उनी अकमक्क परिन्। ‘कहाँ नेपाल भनेको?’ उनको प्रश्न।

‘चीन र भारतको बीचमा, जहाँ सगरमाथा छ,’ बल्ल अड्कल काटिन् उनले।

धन्न सगरमाथा एउटा नभएको भए आफूलाई चिनाउन नै गाह्रो पर्ने। मैले मनमनै सगरमाथालाई प्रणाम गरेँ।

‘तपाईको नाम नि?’ मेरो परिचय पछि मैले सोधेँ। 

‘फेङ् चोउ,’ उनले हाँस्दै पत्तीले चिरेजस्ता चिम्सा आँखा नचाउँदै जबाफ दिइन्। म  चिनिया मूलकी हुँ मेरा पुर्खा यता आएर बसेका,’ उनले थपिन्।

थोरै बेरमा मन धेरै कुरामा उनीसँग बाँडियो। ‘बेच्न राखिएका सुन्दर प्लास्टिक फूलहरू राम्रा कि उनी?’ मलाई छुट्याउन धौधौ परिरहेथ्यो। साथीहरू बाहिरिसकेका थिए। 

‘हस् त म जान्छु है,’ मैले बाहिरने अनुमति मागें।

‘फूलदानी वा फूलका गुच्छा, जे भएपनि लैजानुहोस् न,’ उनको नरम स्वरमा आत्मीयता दर्शियो।

‘मैले केही पनि नकिन्ने निर्णय गरेँ, मैले मुख फोरेँ, ‘किन्नुपर्दैन। तपाईलाई यो सित्तैमा उपहार। कमसेकम यो गुच्छा देखेपछि त मलाई सम्झनुहोला नि,’ फेङ् चोउले एउटा कलेजी रङ्गको गुलाफको गुच्छा मेरो हातमा थमाइन्। ‘लिउँ कि नलिऊँ’ म अन्यमनष्क भएँ। 

रकम भुक्तानी गर्छु नि त,’ खल्तीमा हात हालेँ। ‘पर्दैन, पर्दैन भनेपछि पर्दैन,’ फेङ्ले जिद्दी गरिन् मानौं उनी र मबीच धेरै अघिदेखि गाढा सम्बन्ध थियो। मैले उनको मन नै त्यस गुच्छामा सरेजस्तो ठानेँ। 

‘म त तिमीलाई यो गुच्छाका पत्रपत्रमा सङ्गालेर लैजादैछु,’ फूलसँगै मन दिने सुन्दरीलाई अलिकति आफ्नो मन सुम्पेँ। 

‘सधैँभरि सँगै राख्नु है,’ उनी अरु खुलेर हाँसिन्। ‘दश्वेदानिया!’ (फेरि भेटौला) म हात हल्लाउँदै बाहिरिएँ। 

‘सरलाई त्यो जेबुस्का(युवती)ले त यतै राख्न खोज्दै थिई नि!’ केहीबेर हाम्रो कुरा सुन्नुभएका शचीन्द्रले कोट्याउनु भयो गाडीमा चढेपछि। 

फर्कदा रसियाली संसद्डुमाको भवनलाई बायाँ पारियो। तात्कालिक सोभियत संघको जासूसी संस्था केजीबी भवन (जहाँ संघीय सुरक्षा–कार्यालय बसेको छ)अघिल्तिर पुगेपछि म झस्केँ। ‘ख्वै मेरो फूलको झुप्पा?’ अनायास मेरो ओठबाट आबाज निस्क्यो। 

‘ल, रेष्टुरामै छोड्नुभयो होला, कसको हातमा पर्‍यो अब,’ शचीन्द्रले दिक्दारी पोख्नुभयो। 

‘कति रुवल परेको थियो?’ अलेक्सी अलि हताश हुनुभयो।

‘रुवलको कुरा होइन, अमूल्य थियो अलेक्सी त्यो फूलको झुप्पा।’

उदास र हताशताको आँधी मेरो शरीरभर मडारियो। मैले फेङ चोउ मेरै सामु फेरि उभिएझैँ लाग्यो। अनुहार सम्झे र सम्झे ‘सधैँभरि सँगै राख्नू है’ भन्ने उनको प्रणयसूचक आबाज कानको जालीभरि गुन्ज्यो।

साँझ झमक्क पर्‍यो। मस्को शहर जगमगायमान थियो रङ्गीविरङ्गी बत्तीहरूले। हिउँमा बत्तीको प्रकाशले फरकफरक रङ्ग प्रक्षेपित हुँदै थियो। महान् भोल्गा रङ्गीविरङ्गी थियो।

-मस्को, रूस

प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १६:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डा. दामोदर पुडासैनी किशोर
लेखकबाट थप
राजधानीका डन र मोफसलका गुरुजी
एक घर एक गाउँ!
मृतसञ्जीवनी किनारमा मृत्युका छायाँहरू
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
निजामती विधेयकमा गम्भीर षड्यन्त्र भयो, बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : प्रचण्ड मंगलबार, असार १७, २०८२
आगराको ताजमहलसहित धेरैजसो विश्व सम्पदा स्थलहरू खडेरी वा बाढीको जोखिममा : संयुक्त राष्ट्रसङ्घ मंगलबार, असार १७, २०८२
मुकुल ढकालको रिटमा पेशी सर्‍यो मंगलबार, असार १७, २०८२
राष्ट्रियसभाः विनियोजन विधेयकका विविध पक्षमा छलफल जारी मंगलबार, असार १७, २०८२
झापामा कोभिडका आठजना सङ्क्रमित फेला मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्