• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

युट्युबरले ‘बिच्काएका’ ती गरिखानेहरु

64x64
धनु विश्वकर्मा शुक्रबार, कात्तिक १२, २०७८  ०७:०५
1140x725

‘दाइ नमस्कार!’ उनको सामुन्ने पुगेर मैले भनेँ।

‘हजुर!’ उनले नमस्कार फर्काएनन्। यत्ति बोले र मौन बसे।

‘तँपाईसँग कुरा गर्न मिल्छ?’

‘किन र?’ उल्टै प्रश्न गरे।

आफू पत्रकार भएको जानकारी दिँदै मैले फेरि प्रश्न गरेँ– ‘तपाईंको नाम के हो दाइ?’

‘किन चाहियो? थाहा छैन,’ उनी झर्किए।

‘कता बस्नुहुन्छ?’ म सकेसम्म नम्र भएर बोलेँ।

‘कता बस्छु, बस्छु!’ उनी कुरा गर्न पटक्कै तयार भएनन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘म मिडियाकर्मी हुँ, त्यै भएर सोधेको।’ मैले भनेँ। मसँग कपी र डट्पेन पनि थियो। उनको आवाज रेकर्ड गर्न मोबाइल प्रयोग गर्दै थिएँ।

तर, मेरो कुरा नसकिँदै उनी बम्किन पो थाले।

‘ए, गरिबलाई कतै गए खान नदिने भए होइन! के बोलेको पैसा दिन्छौ? हाम्रो दुःख हामीसँग नै छ। यस्ता मान्छे दिनकै लाइन लागेर आउँछन्, यहाँ। गरिबको बेइज्जत गर्छन्। आफ्नू दुःख आफनै निधारमा छ। दुखित पीडितको को छ सहारा?’

उनको ठूलो आवाज सुनेपछि असनको त्यो भिडमा अरु मानिस पनि जम्मा भए। अनि उल्टै उनलाई नबोल्न भन्न थाले।

‘यी युटुबे हुन्, नबोल नबोल। हामीलाई खिचेर लगेर अनेक भनेर देखाइदिन्छन्। उता पूरै गाउँमा हामी के काम गर्छौँ सबलाई थाहा हुन्छ’, एक जनाले भने।

म लाजले पानी भएँ। अनि, त्यहाँबाट चुपचाप हिडेँ।

म भुईंमान्छेका कथा लेख्न मन पराउँछु। कामको सिलसिलामा कहिले चक्रपथ, कहिले रत्नपार्क, कहिले असन त कहिले कता कुदिरहन्छु। मेरो कामै कुद्ने हो। घुम्ने हो। हिँडिरहन्छु।

त्यो दिन असन र आसपास भारी बोक्नेहरुको कथा खोज्दै हिँडेको थिएँ। युट्युबरहरुसँग कतिपय मान्छे असन्तुष्ट छन् भन्ने त थाहा पाएकै थिएँ। यसअघि सडकमा मकै पोल्नेदेखि अन्य व्यापार गर्नेसम्मको रिपोर्टिङ गर्दा पनि त्यसको अनुभव गरेको थिएँ। कहिलेकाही सामाजिक सन्जालमा पनि यसबारे चर्चा हुन्थ्यो। तर, कोही यति धेरै बिच्किएका छन् भन्ने अनुमान गरेको थिइनँ।

म भिडबाट निस्किएर असनभित्र छिरेँ। दिउँसोको टन्टलापुर घाम थियो। इन्द्रचोकमा किनारतिर बसिरहेका व्यक्तिलाई नमस्कार गरेँ। तर, फर्काएनन्। नाम सोधेँ, इन्द्र तामाङ रहेछ। 

‘दाइ तपाईंसँग एकछिन बोल्न मिल्छ?’ मैले सोधेँ।

‘किन?’ उनले यत्ति भने। 

मैले सबै बेलिबिस्तार लगाएँ। आफू युट्युबर नभएको बताएँ। तर, मेरो कुरा नसकिँदै उनले भने– ‘हुँदैन, हुँदैन।’

‘किन र दाइ?’

‘तपाईंसँग बोलेर मेरो निधारमा अब नाम्लो नलाउनुपर्ने हो र? के दिनुहुन्छ नी बोलेर? आफना दु:ख आफैँसँग छन्।’ उनले अरु धेरै भने। अहिले सम्झिएको यत्ति हो।

उनले बोलुन्जेल मैले सुनिरहेँ। त्यसपछि फेरि पनि नम्र भएर बोलिदिन आग्रह गरेँ। उनी त जुरुक्क उठेर हिँडे। असनको भिडमा कतै हराए।

अब म महाबौद्धतिर लागेँ। एकजना भाइ कसैको स्कुटरमाथि खुट्टा हल्लाएर बसिराखेका थिए। काँधमा डोरी झुन्डाएका थिए।

उनीसँग पनि मैले नमस्कारबाट नै कुरा सुरु गरेँ। पहिला नाम सोधेँ। कुशल सुवेदी रहेछन्। त्यसपछि उनले नै प्रश्न गरे, ‘किन नाम सोधेको?’

मैले आफू पत्रकार भएको बताएँ। काँधमा झुन्डाएको नाम्लोबाट उनी असन आसपास नै भारी बोक्ने काम गर्छन् भन्ने मैले अनुमान लगाइसकेको थिएँ। अनि सोधेँ- ‘यो पेसामा कत्तिको कमाइ छ?’

‘खास केही छैन,’ उनले छोटो उत्तर दिए। त्यसभन्दा बढी उनले पनि बोल्न मानेन्। 

‘तपाईंहरु किन मिडियासँग बोल्न चाहनुहुन्न?’ मैले सोधेँ।

‘यस्ता यहाँ दिनकै आउँछन्। दुनियाँ चिज सोधेर हैरान गर्छन्। कति जनासँग बोलेर सक्नु?’ उनले यति भनिसक्दा पछाडिबाट आएको कसैले भन्यो– ‘नबोल है, नबोल!’ बोल्दै गरेका भाइ रोकिए।

कोरोना संक्रमणको दोस्रो लहर मत्थर हुँदै गर्दा मैले बिजुलीबजार पुलनजिक सडक किनारमा मकै पोलेर बेच्ने ‘सुशीला आमा’बारे लेखेको थिएँ। कोरोना संक्रमणले खान–लाउन दुःख हुन थालेपछि उनी फेरि मकै पोल्न सडकमा निस्किएकी थिइन्।

उनी पनि सुरुमा बोल्न मानेकी थिइनन्। मैले ‘कमाइ कति गर्नुहुन्छ?’ भनेर सोधेको थिएँ। तर, उल्टै उनले ‘किन र? तपाईंले दिने हो र?’ भनेकी थिइन्। अरु प्रश्नमा उनले सोझो जवाफ दिएकी थिइनन्।

त्यो दिन म मकै खाएर मात्र गएँ। भोलिपल्ट फेरि गएर मकै खाएँ। बल्ल उनी मसँग खुलेर कुरा गरेकी थिइन्। त्यसपछि थाहा पाएको थिएँ– उनी पनि युट्युबरदेखि दिक्दार भएकी रहिछन्।

अर्को घटना पनि दशैँअघिकै हो। रिक्सा चालक माइला लामा वसन्तपुरनजिक चर्को घाममा रिक्सामा नै थकाइ मारिरहेका थिए। म उनको छेउमा पुग्दा जुरुक्क उठेर भने– ‘जाने हो?’

‘एकछिन तँपाईसँग गफ गर्न मिल्छ?’ मैले भनेको थिएँ।

‘तपाईं युट्युबे हो?’ उनले भनेका थिए।

‘होइन,’ मैले भनेको थिएँ। तर, उनले सुरुमा पत्याएका थिएनन्।

‘अरु को आउँछ यहाँ, हामी जस्ता गरिबलाई जिस्काउन? आफू यहाँ प्यासेन्जर नपाएर हैरान छु। उता अनेक कुरा लगाएर भिडियो हालिदिन्छन्। उता गाउँमा काठमाडौँमा के–के न गरेको रैछ भनेको रिक्सा चलाउँदो रहेछ भनेर उडाउँछन्,’ उनले गुनासो गरे। तर, पछि उनी मसँग कुरा गर्न तयार भएका थिए।

महांकालस्थित आकाशे पुलछेउको मन्दिरको फुटपाथमा सान्नानी बस्नेत व्यापार गर्छिन्। उनीसँग म निकै बेर गफिएँ। त्यसपछि उनको फिचर लेखेको थिएँ। उनीसँग गफिँदा छेउमा अर्की महिला पनि थिइन्। उनको फुटपाथमै पुस्तक पसल थियो। सान्नानीलाई तिनले भनेकी थिइन्– ‘यिनीहरु युटुबे हुन्, फोटो खिच्न नदेउ है! फेसबुकभरि छ्याप्छाप्ती आउँछ। लाज हुन्छ।’

‘ए हो र! त्यस्तो थाहा पाएको भए बोल्ने नै थिइनँ,’ सान्नानीले भनेकी थिइन्।

मिडिया भन्ने बित्तिकै सर्वसाधारण नै भाग्न थालेका अरु पनि उदाहरण छन्। कति मात्र लेखौँ! के मिडिया यति बदनाम भइसके कि सर्वसाधारणको भावनामाथि असंवेदनशील छन्?

सबै मिडिया पक्कै त्यस्ता छैनन्। तर, यहाँ आमसन्चारका संस्थागत माध्यम र युट्युबलाई बेग्लाबेग्लै बुझ्नुपर्छ कि! फेरि जिम्मेवार युट्युबर पनि छन्, जसले निकै राम्रो काम गरिरहेका छन्। त्यसैले सबैभन्दा महत्वपूर्ण विषय, युट्युबहरुलाई कानुनी दायरमा ल्याएर नियमन गर्ने हो भने यस्ता समस्याबाट मुक्त हुन सकिएला।

हामी अहिले सामाजिक सन्जाललाई कुनै पनि हालतमा बेवास्ता गर्न सक्दैनौँ। अहिले कुनै पनि सूचना वा जानकारी सबैभन्दा छिटो फैलाउने माध्यम नै सामाजिक सन्जाल भएको छ। तर, त्यसलाई दुरुपयोग गर्दा कस्तो प्रभाव पर्छ भन्ने उदाहरण हुन्, माथिका मेरा भोगाइ।

कुनै समय मिडियासँग कुरा गर्न जो कोही पनि सहज मान्थे। खुलेर आफ्ना भनाइ राख्थे। मिडियाहरुप्रति विश्वास थियो। आफ्ना कुरा धेरैले सुन्दा र प्रतिक्रिया दिँदा खुसी हुन्थे। 

अहिले कहाँ कुरा बिग्रियो त? हरेक घटनालाई ‘भारइल’ बनाउन सनसनीपूर्ण प्रस्तुति दिँदा पो सर्वसाधारणको मनमा चोट पुगेको हो कि! किनभने युट्युबमा ‘भ्युज’ बढाउने नाममा जस्तोसुकै विषय र जस्तोसुकै भाषा प्रयोग गर्ने गलत संस्कार बस्यो। यो ‘भाइरल’ मनोविज्ञान मिडिया र मिडियाकर्मीका लागि घातक छ। यसले संवेदनशील बनाउँदैन।

मिडिया संवेदनशील हुनैपर्छ। पीडितलाई थप पीडा पुग्नेगरी कुनै पनि विषय प्रस्तुत गर्न हुँदैन। बरु उनीहरुलाई न्यायका लागि सहयोग पुग्ने गरी समाचार र समाचार सामग्री दिनुपर्छ। हाम्रो प्रस्तुतिले भरिया, ज्यामी, सडक किनारका व्यापारी जस्ता गरी खाने वर्गको चित्त दुख्नु पक्कै राम्रो होइन।

क्यामरा अहिले युट्युबको ‘आतंकको बिम्ब’ भएको छ। कसैले क्यामरा वा रेकर्डर निकाल्यो कि युट्युबर भएको आशंका गरिहाल्छन्। 

अब क्यामरालाई ‘आतंकको बिम्ब’ बन्नबाट रोक्न ढिला गर्न हुँदैन।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्