• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

एक दिन महामारी जाला, अनि ऋण तिरौँला र घर पनि बनाउँला

धनु विश्वकर्मा शुक्रबार, साउन ८, २०७८  ०७:००
1140x725

काठमाडौं– दुर्गा थापालाई लाग्थ्यो, ‘ज्यान रहे ऋण तिर्दै जाऔँला।’ कमाइ राम्रै हुन्थ्यो। यहीबीच भूकम्प आयो। महामारी आयो। ज्यान त रह्यो, ऋणले पो छाडेन।

भूकम्पपछि पनि उस्तो दुःख थिएन। ऋण तिर्ने हिम्मत थियो। व्यापार चलेकै थियो। तर, महामारीले खान–लाउनै मुस्किल पारिदियो। 

दूर्गा महामारीअघिका दिन सम्झिन्छिन्। श्रीमान्–श्रीमतीको गरेर दैनिक कमाइ नै ५/६ हजार हुन्थ्यो। दुवै जनाका आ-आफ्नै चटपटे बेच्ने ठेला थिए। 

अहिले पनि उनी पुरानो ठेला छेउमा छिन्। बेला–बेला दर्किरहने पानीबाट जोगिन ठेलालाई पालले ढाकिएको छ। तर, ग्राहक उस्तो छैनन्। ग्राहक नभएपछि कमाइ पनि छैन।

ठेला ठेल्दै सानेपाबाट निस्किएपछि ग्राहक बोलाउनु पर्दैन थियो। चटपटे र पानीपुरी खानेहरु धमाधम आउन थाल्थे। व्यापार गजबले चलेको थियो। महामारीका कारण सानेपा छाड्न बाध्य हुनपर्‍यो। कीर्तिपुरको पाङ्गास्थित चारधारामा व्यापार उस्तो छैन। सानेपाका ती दिन अब सपना जस्तो भएका छन्। 

चार दशकअघि गोरखाको आरुबारीबाट काठमाडौं झरे यता दुर्गा थापाले यस्तो संकट व्यहोर्नुपरेको थिएन। कोरोना कहरका कारण उनको ऋण बढ्दै गएको छ। बन्दाबन्दी र निषेधाज्ञामा व्यापार ठप्पै भयो। अहिले ठेला सडकमा निकाल्न त पाएकी छन्, तर मान्छेहरु चटपटे खान आनाकानी गर्छन्।

रामबहादुर थापासँग बिहे गरेर काठमाडौं आएपछि उनी एउटा संस्थामा कार्यालय सहयोगी भइन्। उनका श्रीमान् पनि सरकारी कार्यालयमा उही पदमा थिए। दुई जनाको आम्दानीले काठमाडौंमा बच्चाको लालनपालन गर्न र खान धौ–धौ हुन्थ्यो।

परिवार चलाउनै मुस्किल भएपछि दुर्गाले आठ वर्षअघि छँदाखाँदाको जागिर छाडिदिइन्। अनि, सुरु गरिन् चटपटे व्यवसाय। जागिरभन्दा राम्रो कमाइ हुन थाल्यो। त्यसको केही समयपछि श्रीमानले अवकाश पाए। अनि दुवै जनाले दुई वटा ठेलामा चटपटे र पानीपुरी बेच्न थाले।

Ncell 2
Ncell 2
nimb
nimb

दुई जनाको कमाइ जागिरबाट आउने तलबभन्दा बढी हुन्थ्यो। यसरी नै कमाएको पैसाले छोरालाई वैदेशिक रोजगारीमा पठाए। छोरीको विवाह गरिदिए। कीर्तिपुरमा जग्गा किनेर टिनको टहरो बनाएका थिए। आफूहरु भने सानेपामा डेरा बसेर त्यतै आसपास व्यापार चलाउँथे।

१२ वैशाख २०७२ को भूकम्पपछि नै उनीहरुलाई संकट निम्तियो। गोरखा आरुबारीको घर भत्कियो। रामबहादुरले जागिरे जीवनको पैसा खन्याएर गाउँमा पक्की घर बनाएका थिए। ऋण पनि लिएका थिए। घर भत्कियो, ऋण भने बाँकी नै रह्यो। अनि, ठेलाको आम्दानी ऋण तिर्दै ठीक हुन थाल्यो।

उनका श्रीमान् मधुमेह र उच्च रक्तचापका बिरामी हुन्। औषधि खर्च, परिवार खर्च, ऋणको किस्ता सबै ठेलाको व्यापारले धानिरहेको थियो। महामारीले व्यापारै बन्द भयो। यो महामारीमा ज्यान रहनु नै पनि ठूलो कुराजस्तो भएको छ। तर, ऋणको चिन्ताले उनलाई राम्रोसँग निन्द्रा लाग्दैन।

व्यापार गर्नै नपाएपछि सानेपाको डेरा भाडा तिर्न मुस्किल भयो। अनि त्यहाँबाट कीर्तिपुरको आफ्नै जग्गामा बनाएको टिनको टहरोमा सरे। भाडा तिर्न ऋण थप्नुपर्‍यो। कोठा सार्दा पनि ऋण नै लिनुपर्‍यो। 

विदेश गएको छोराको पनि राम्रो कमाइ नभएपछि फर्किएको लामै समय भयो। फेरि राम्रो ठाउँमा जान म्यानपावर कम्पनीलाई पैसा दिएका छन्। तर, कम्पनीले महिनौँदेखि झुलाइरहेको छ। ‘छोरी विदेशमै छिन्। बिहे गरेर अर्काको घर गएकी छोरीसँग पैसा माग्नु पनि भएन,’ दुर्गा भन्छिन्।

उनलाई फाइनान्सको ऋणले खूब पोल्छ। किस्ता तिर्न एक दुई दिन ढिला हुनेबित्तिकै ताकेताको फोन आइहाल्छ। त्यति बेला त निर्जीव मोबाइलसँग पनि पो रिस उठ्ने रहेछ! तर, उनी नम्र भएर आफ्नो परिस्थिति सुनाउँछिन्।

ऋणले पोलेकै कारण निषेधाज्ञा खुकुलो हुने बित्तिकै उनले ठेला निकाल्न थालिन्। श्रीमानले भने अझै व्यापार सुरु गरेका छैनन्। ‘फाइनान्सको किस्ता तिनैकै लागि पनि मैले ठेला निकालेकी हुँ। रोगभन्दा भोक र ऋणको पिर ठूलो छ,’ उनी भन्छिन्।

उनका लागि गाउँ फर्किने बाटो पनि छैन। भएको एउटा घर ढलिसकेको छ। खेती गर्न जग्गा जमिन छैन। उनको पीडा नाप्ने कुनै मेसिन त छैन, तर कुरा गर्दै जाँदा आँखा बग्न थालिसक्छन्। ‘परिवारमा कसैको कमाइ छैन। सहरमा सबै थोक किनेर नै खानुपर्छ। यस्तो समय त यसअघि कहिल्यै भोगिएको थिएन,’ उनी भन्छिन्।

कोरोनाको पहिलो लहरमा उनको परिवारलाई सरकारले पाँच केजी चामल राहत दिएको थियो। दोस्रो लहरमा त्यही पनि पाइनन्। व्यापार पनि कीर्तिपुरमा भन्दा सानेपामा नै राम्रो थियो, विद्यालय र कलेजको छेउ। चटपटे र पानीपुरी खाने किशोर–किशोरीले नै हो।

उनले हिम्मत भने हारेकी छैनन्। ‘एक दिन त यो महामारी जाला नि! अनि फेरि मान्छेहरु चटपटे र पानीपुरी खान आइहाल्छन् नि। त्यसपछि ऋण पनि तिरौँला, घर पनि बनाउँला,’ उनले आशावादी हुँदै सुनाइन्।

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
चीनमा सवारीसाधन जाँचका लागि एआई रोबोट प्रयोग शनिबार, असोज ३, २०८३
संविधान दिवसमा शीतलनिवासको विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले के भने  ? शनिबार, असोज ३, २०८३
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्