काठमाडौँ – काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ।
विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बुधबार बिहान काठमाडौँको वायु प्रदूषण १६७ एक्यूआई मापन गरिएको छ।
पहिलो नम्बरमा पाकिस्तानको लाहोर शहर रहेको छ। यहाँको वायु प्रदूषण ४५८ एक्यूआई मापन गरिएको छ।
छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित सहरको दोस्रो स्थानमा छ। २२६ एक्यूआईसहित दिल्ली विश्वै दोस्रो प्रदूषित सहर बनेको हो।
तेस्रो प्रदूषित शहरमा चीको बेइजिङ रहेको छ। त्यहाँको वायु प्रदूषण २१५ एक्यूआई मापन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।