• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मकैजस्तै भुङ्ग्रोमा परे पनि जीवन, मरेको छैन भविष्यको आशा

धनु विश्वकर्मा मंगलबार, साउन १२, २०७८  ०७:००
1140x725

काठमाडौं- सुशीला र उनका श्रीमानको दैनिकी ठीक विपरीत दिशामा चल्छ। उनलाई दिउँसोदेखि झमक्क रात नपरेसम्म मकै पोल्न भ्याइनभ्याइ हुन्छ। श्रीमान् रक्सी खाएरै दिन बिताउँछन्। उनी दुःख गरेर कमाउँछिन्। श्रीमान् भट्टीमा गएर उडाउँछन्। उनी आमा हुनुको जिम्मेवारी निभाइरहेकी छिन्। श्रीमान् बाबु हुनुको ‘उन्माद’ देखाइरहेका छन्।

उनको नाम सुशीला खड्का, उपनाम सुशीला आमा। मकै खाने ग्राहकहरुले उपनाम दिएका हुन्। उनलाई यसरी बोलाएको मीठो लाग्छ। तर, मीठो छैनन्, जीवनका आरोह–अवरोहहरु।

टन्टलापुर घाम होस् या दर्के पानी, आगो फुक्न छाड्दिनन्। उनी काठमाडौंको बिजुलीबजारबाट अनामनगर जाने सडक किनारमा भेटिन्छिन्। यही ठाउँमा मकै पोल्न थालेको ६ वर्ष भइसक्यो। मकै पोलेरै दुई छोराछोरी पढाइरहेकी छिन्।

उनले आफू कलिलै उमेरको हुँदा आमा गुमाएपछि जिन्दगीको बाटो नै मोडियो। आमा बित्दा किशारी थिइन्। घरमा आर्थिक अवस्था राम्रो थिएन। आमा नै नभएपछि घरमा बसिरहन सकिनन्। अनि काम खोज्दै रामेछापबाट काठमाडौं आइन्। 

उनले गाउँ छाडेर शहर पसेको तीन दशक भइसक्यो। सुरुमा ज्यामी काम गरिन्। काम गर्ने सिलसिलामा नै श्रीमानसँग भेट भएको थियो। चिनजान र बोलचाल भयो। मन मिलेपछि बिहे गरे। उति बेला जाँड–रक्सी खाए पनि काम गर्थे। दुई जनाको कमाइले परिवार चलेको थियो।

सधैँ ज्यामी काम गर्दा शरीरले धान्न छाड्यो। दुई बालबच्चा भए। अनि लामो समय अरुको घरमा सरसफाई गरेर परिवार पालिन्। छोराछोरी पढाइन्। तर, बिस्तारै श्रीमान् रक्सीको लतमा फसे। काम गर्न छाडे। उल्टै भएको पनि सक्न थाले। एक्लैले कमाएको पैसाले परिवार पाल्न समस्या भयो। त्यसपछि मकै पोलेर बेच्न थालिन्।

मकै पोल्न पनि सजिलो छैन। वर्षामा सस्तो हुन्छ र सजिलै पाइन्छ। हिउँदमा मकै जुटाउनै गाह्रो छ।, महङ्गो पर्छ। दाउरा पनि उस्तै महङ्गो छ। पानी पर्दा काम गर्न गाह्रो, चर्को घाममा पनि गाह्रो। तर, मकै खाने उनका ग्राहक भने वर्षा र हिउँदमा उत्तिकै छन्।

उनी मकै लिन बिहानै कालीमाटी पुग्छिन्। दिउसोबाट मकै पोल्न थाल्छिन्। बिजुलीबजारको त्यो चोक सार्वजनिक यातायातको ‘स्टेसन’ पनि हो। आउने–जाने भीड भइरहन्छ। त्यही भीडबाट मकै खानेहरु फुत्त निस्किन्छन्। त्यसबाहेक दिउसोको खाजा खाने कतिपय नियमित ग्राहक पनि छन्। तिनै ग्राहकले हो, उनको उपनाम ‘सुशीला आमा’ राखिदिएका।

Ncell 2
Ncell 2
nimb
nimb

उनी प्रतिघोगा रु.३० मा मकै बेच्छिन्। दिनमा रु.१ हजार ५०० देखि २ हजारसम्म कमाउँथिन्। अहिले भने ५० घोगा मकै बिक्न मुस्किल छ। कोरोना महामारीले उनको जीवनमा समस्याका खात लागेका छन्।

निषेधाज्ञा खुकुलो भए पनि मान्छेको आवातजावत पहिलाजस्तो छैन। आवातजावत गर्नेले पनि पहिलाजस्तो मकै खान छाडेका छन्। सडकतिर उभिएर खान हच्किन्छन्। उनी मकै खानेहरुको पहिलाको जस्तै भीड पर्खेर बसेकी छिन्।

कोरोना महामारीको पहिलो लहरमा गरिएको बन्दाबन्दी र दोस्रो लहरमा गरिएको निषेधाज्ञाले उनको जीवनको रथ रोकिएझैँ भयो। यसै पनि ‘रथका दुई पाङ्ग्रा’ श्रीमान् र श्रीमतीको गति फरक थियो। त्यसमाथि महामारीको प्रहार पर्‍यो। उनलाई फेरि निषेधाज्ञा लाग्ने हो कि भन्ने पीर छ।

उनले निषेधाज्ञामा लागेको ऋण तिर्नै सकेकी छैनन्। खाद्यान्न पसलमा उधारो तिरेकी छैनन्। दुई महिनादेखि कोठाभाडा पनि तिर्न सकेकी छैनन्। धन्य! घरबेटीले व्यथा बुझिदिएका छन्। पसलवालाले उधारो रोकिदिएका छैनन्। तर, अब मकै बेचेर कमाएको पैसाले पहिला कोठा–भाडा र पसलको उधारो तिर्ने विचारमा छिन्। ‘उधारो नतिरे त पछि फेरि कुन मुख लिएर माग्न जानु?’ उनी भन्छिन्।

सुशीला आमा निकै फरासिली छिन्। मकै खान आउनेहरुसँग ख्याल ठट्टाका कुरा गरेर हँसाइरहन्छिन्। कतिपय ग्राहकसँग मकैबाटै सम्बन्ध जोडिएको छ। चिनजान राम्रो छ। उनका रमाइला गफ सुन्दा सुशीला आमालाई कुनै पीर छैन कि जस्तो लाग्छ। ‘पीर त कति छन् कति, पीर लिएर बसेर मात्र के हुन्छ?’ उनी भन्छिन्।

उनले छोराछोरीको कलेजको फिस तिर्न सकेकी छैनन्। उनलाई त्यही सकस छ। छोराछोरीको पढाइमा अवरोध आओस् भन्ने चाहँदिनन्। ‘आँफूले नपढेर दुख पाइयो, छोराछोरीलाई पढाउनुपर्छ। मजस्तो दुःखको जीवन नहोस्,’ उनी भन्छिन्।

कोरोनाको पहिलो र दोस्रो लहरमा उनलाई कसैले राहत दिएन। सरकारले राहत बाँड्छ भन्ने त सुनेकी हुन्, तर सरकार कता छ भन्ने पत्तै पाइनन्। जसोतसो परिवार चलाइन्।

उमेरले पाँच दशक नाघिसकेको छ। ‘श्रीमानको व्यवहार सम्झिँदा उहिल्यै मरौँ जस्तो लाग्थ्यो। अब त छोराछोरी ठूला भए। काममा लाग्ने बेला भयो। सुखका दिन आउलान् नि,’ उनी भन्छिन्।

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चीनमा सवारीसाधन जाँचका लागि एआई रोबोट प्रयोग
संविधान दिवसमा शीतलनिवासको विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले के भने  ?
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
चीनमा सवारीसाधन जाँचका लागि एआई रोबोट प्रयोग शनिबार, असोज ३, २०८३
संविधान दिवसमा शीतलनिवासको विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपतिले के भने  ? शनिबार, असोज ३, २०८३
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्