• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’

64x64
नेपाल लाइभ सोमबार, असार २३, २०८२  ११:४९
1140x725

एजेन्सी–  खर्बपति व्यापारी तथा कुनै समयका निकट मित्र एलन मस्कले नयाँ राजनीतिक दल खोलेको विषयमा अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन्। ‘मलाई लाग्छ कि तेस्रो पार्टी खोल्नु भनेको वाहियात कुरा हो।’

आइतबार एयर फोर्स वनमा चढ्नुअघि पत्रकारहरूसँग बोल्ने क्रममा ट्रम्पले भनेका थिए। अमेरिकामा सधैँ दुई दल मात्रै भएको अनि तेस्रो दल सुरु गर्नु भनेको द्विविधा थप्नु मात्रै हुने उनले बताए। पछिल्लो पाँच हप्तायता मस्क पूर्ण रूपमा पटरीबाट झरेर अनियन्त्रित रेल जस्तै भएको भन्दै उनले यो देखेर आफूलाई दुःख लागेको बताए। 

मस्कले अब अमेरिकामा तेस्रो राजनीतिक दल सुरु गर्न चाहेको यो अमेरिकी इतिहासमा कहिल्यै सफल नभएको समेत उनको भनाइ छ।  ट्रम्पले भनेका छन्, ‘अमेरिकाको प्रणाली त्यस्ता दलहरूको लागि बनेको होइन।

तेस्रो दलहरूको एक मात्र काम अव्यवस्था र अराजकता फैलाउनु हो। र हामीसँग पहिले नै पर्याप्त अराजकता छ, जुन कट्टरपन्थी वामपन्थी डेमोक्रेटहरूले फैलाइरहेका छन्।’

मस्कले शनिबार अमेरिकामा नयाँ राजनीतिक दल गठनको घोषणा गरेका थिए। उनले यसलाई अमेरिका पार्टी नाम दिएका छन्। मस्कले बारम्बार अमेरिकाको राष्ट्रिय कर्जा बढाउने सरकारी नीतिको आलोचना गर्दै आएका थिए।

यसैबिच ट्रम्पसँग उनको सम्बन्ध तिक्त भयो। मस्कले आइतबार आफ्नो सामाजिक पोस्टमा अमेरिकामा नयाँ पार्टी चाहिन्छ कि चाहिँदैन भनेर सर्वेक्षण चलाएका थिए। यसमा सहभागीमध्ये ६६ % ले नयाँ राजनीतिक दल चाहेको बताएका थिए।

सो सर्वेक्षणको नतिजापछि मस्कले नयाँ राजनीतिक दल पाउने भन्दै अमेरिकाले अब २ दलीय प्रणालीबाट मुक्ति पाउने बताएका थिए। देशलाई बर्बाद गर्ने र भ्रष्टाचार गर्नेमा उनले अमेरिकाका दुवै दल रिपब्लिकन र डेमोक्रेटको नाम लिएका थिए। 

अमेरिकीहरूले स्वतन्त्रता फिर्ता पाउन भनेर अमेरिका पार्टी नामको राजनीतिक दलको गठन हुन लागेको पनि उनले पोस्टमै भनेका थिए। मस्कले अमेरिकाको स्वतन्त्रता दिवस पारेर जुलाई ४ मा माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा सर्वेक्षण चलाएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

यसमा उनले सोधे कि के तपाईं दुई–दलीय प्रणालीबाट स्वतन्त्रता चाहनुहुन्छ ? के हामीले अमेरिका पार्टी बनाउनुपर्छ ? भन्ने प्रश्न सोधेका थिए। सर्वेक्षणको नतिजामा ६५ दशमलव ४ प्रतिशतले चाहिन्छ र ३४ दशमलव ६ प्रतिशतले चाहिँदैन भनेका थिए। 

चुनाव लड्न पाउँदैनन् मस्क 

अमेरिकी संविधानअनुसार अमेरिकामा जन्मेको व्यक्तिले मात्र चुनाव लड्न सक्छ। मस्क दक्षिण अफ्रिकामा जन्मेका थिए। यस्तोमा उनी अमेरिकामा चुनाव लड्न सक्दैनन्। तर मस्कले आफ्ना उम्मेदवारहरू खडा गर्न सक्छन्।

२०२६ नोभेम्बर मा प्रतिनिधिसभाको सबै ४३५ सिट र सिनेटको १०० मध्ये ३४ सिटको लागि चुनाव हुनेछ। मस्कको योजना प्रतिनिधिसभाको ८–१० सिट र सिनेटको ३–४ सिट जित्ने छ। यसो भयो भने उनी ‘किङ्गमेकर’ बन्न सक्नेछन्। 

२०२४ को राष्ट्रपति चुनावमा मस्कले ट्रम्पको चुनावी अभियानलाई करोडौं डलर दान दिएका थिए। ट्रम्पले मस्कलाई सङ्घीय सरकारको खर्च घटाउने नयाँ विभाग डजको प्रमुख बनाएका थिए।

कार्यकाल बाँकी रहँदै मस्क त्यसबाट अलग भएर ट्रम्पको ‘बिग ब्युटिफूल’ विधेयकको विरोध गर्न थाले। त्यसयता दुवैको सम्बन्ध बिग्रिएको छ।  

के हो अमेरिकाको दुई–दलीय प्रणाली ?

पछिल्लो १५० वर्षदेखि अमेरिकाको राजनीतिमा केवल दुई दल डेमोक्रेटिक र रिपब्लिकनले प्रभुत्व जमाएका छन्। देशमा राष्ट्रपति चुनावदेखि राज्य सभाहरूसम्म यी दुई दलहरूको प्रभुत्व छ। यो दुई–दलीय प्रणालीलाई अमेरिकी लोकतन्त्रको स्थिरताको कारण पनि मानिन्छ।

डेमोक्रेटिक पार्टी सन् १८२८ मा एन्ड्रयू ज्याक्सनको युगमा सुरु भएको थियो। यसलाई सुरुमा किसान र आम जनताको पार्टी मानिन्थ्यो। २० औँ शताब्दीमा यो सामाजिक कल्याण, नयाँ सम्झौता र नागरिक अधिकारजस्ता आर्थिक सुधारहरूको वकालत गर्ने पार्टी बन्यो।

त्यही समयमा दासत्वको विरोधमा १८५४ मा रिपब्लिकन पार्टी गठन भएको थियो र अब्राहम लिङ्कन यसको पहिलो राष्ट्रपति बने। २० औँ शताब्दीमा यो व्यापार र कर कटौतीलाई समर्थन गर्ने पार्टी बन्यो। 

किन सफल भएनन् तेस्रो दल ?

अमेरिकामा तेस्रो दल त धेरै पटक गठन भए, तर तिनीहरू सफल हुन सकेनन्। १९१२ मा राष्ट्रपति थियोडोर रुजवेल्टले बुल मूस पार्टी गठन गरे र ८८ इलेक्टोरल भोटहरू प्राप्त गरे। यद्यपि, पार्टी अर्को चुनावसम्म पनि टिक्न सकेन।

१९९२ मा, रस पेरोटले १९% लोकप्रिय मत प्राप्त गरे, तर एउटै इलेक्टोरल भोट प्राप्त गरेनन्। यी दलहरूले मिडियामा कोष, सङ्गठन र ठाउँ पाउँदैनन्। मतदाताहरूले तिनीहरूलाई भोट कट्टर पनि मान्छन्।

यही कारणले गर्दा लिबर्टेरियन वा ग्रिन पार्टी जस्ता दलहरूले अहिलेसम्म राष्ट्रपति चुनावमा ३–४% भन्दा बढी मत प्राप्त गर्न सकेका छैनन्। अमेरिकामा तेस्रो पार्टीहरूको असफलताको मुख्य कारण यसको निर्वाचन प्रणाली हो।

यहाँको निर्वाचन संरचनाले दुई दलीय प्रणालीलाई समर्थन गर्दछ।  

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  ११:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुग्लिन–नारायणगढ सडक आज दुईपटक दुई–दुई घण्टा बन्द हुने
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता
हालान्डको गोलमा सिटी विजय
सम्बन्धित सामग्री
अफगानिस्तानमा फेरि आतंकको अखडा बन्दै अल–कायदा द वासिङ्टन पोस्टको रिपोर्टअनुसार सन् २०२१ मा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि उत्पन्न सुरक्षा शून्यताको फाइदा उठाउँदै अल–काय... आइतबार, भदौ २८, २०८३
इजरायली प्रधानमन्त्रीले कपाल र मेकअपमा गरे ७ करोडभन्दा बढी खर्च सन् २०२३ को सेप्टेम्बरदेखि नोभेम्बरसम्म प्रधानमन्त्रीको कपाल सजाउन करिब २ हजार ६ सय डलर र मेकअपमा करिब १ हजार ५८० डलर खर्च भएको अभिल... आइतबार, भदौ २८, २०८३
इन्डोनेसियामा २४० यात्रु सवार जहाज सम्पर्कविहीन इन्डोनेसियामा २४० जना यात्रु सवार एक यात्रुवाहक जहाज आइतबार जाभा सागरमा सम्पर्कविहीन भएको छ। जहाजसँग सम्पर्क टुटेपछि अधिकारीहरूले खो... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
मुग्लिन–नारायणगढ सडक आज दुईपटक दुई–दुई घण्टा बन्द हुने सोमबार, भदौ २९, २०८३
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
हालान्डको गोलमा सिटी विजय सोमबार, भदौ २९, २०८३
बार्सिलोनाको जितमा यमलको २ गोल सोमबार, भदौ २९, २०८३
ओली भन्छन्– बालेनको सरकार ‘छापा मार सरकार’ जस्तो देखिन्छ सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
ढोगेको तस्बिर सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लेखे– ‘राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो’ आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्