काठमाडौँ– नेपाल चीन सीमा क्षेत्र आज बिहान आएको बाढीले ठुलो मात्रामा भौतिक संरचनामा क्षति पुर्याएको छ। भीषण वर्षासँगको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ।
यससँगै रसुवा हुँदै चीनसम्मको मार्ग विच्छेद भएको छ।
यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको जानकारी आएको बताए।

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार ६-७ वटा गाडी बगाएको प्रारम्भिक जानकारी आएको छ। ती गाडीमा चालक, सहचालक रहेको बताइएको छ। तर, यकिन भइनसकेको उनको भनाइ छ।
बाढीमा परेर कम्तिमा १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन्।

बाढीमा परेर कम्तिमा १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ८ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन्।
बाढीले रसुवागढी जलविद्युत आयोजनामा पनि क्षति पुगेको उनले बताए।
_hy6IYH2vIF-1751945573.jpg)



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।