• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

तीन दशकपछि रोकिएको माइला लामाको रिक्सा

64x64
धनु विश्वकर्मा बिहीबार, भदौ ३, २०७८  ०७:०६
1140x725

काभ्रे जिल्लाको तिमाल गाउँ काठमाडौंबाट उति टाढा छैन। माइला लामा बेला–बेला गाउँ पुग्छन्। तर, मन अडिदैन। अनि फेरि आइपुग्छन्, काठमाडौँ।

तिमालमा बाबुआमा छन्। दाजुभाइ छन्। तर, रिक्सा छैन। उनी त रिक्सा चलाउने मान्छे। उनको संसार काठमाडौँमा छ।

उमेर पाँच दशक नाघ्न लागेको छ। बिहे गरेका छैनन्। दाजुभाइका त नातिनातिना भइसकेका छन्। गाउँ जाँदा केटाकेटीलाई खानेकुरा लगिदिन्छन्। उनलाई बच्चाहरुसँग खेल्न खूब मनपर्छ।

‘अनि, तपाईं चाहिँ बिहे नगर्ने?’

प्रश्न सुनेर उनी मुस्कुराए। अनि बोले, ‘यो उमेरमा अब कसले पत्याउँछ? कोही पत्याउने छन् भने खोजिदिनू।’

उनी असनमा कोठा भाडामा लिएर साथीसँग बस्छन्। कोठाभाडा महिनाको ६ हजार रुपैयाँ तिर्नु पर्छ। आलोपालो र्तिछन्। साथी पनि रिक्सा चलाउँछन्।

उनीहरुको रिक्सा चलाउने रुट ‘राजधानीको मुटु’ मानिने वसन्तपुर, असन, ठमेल, दरबारमार्ग, रत्नपार्क, न्युरोड, जमल, बागबजार, सुन्धारातिर हो। उनी यहाँका हरेक चोक र गल्लीसँग अभ्यस्त छन्। उनको जीवनको सारथी भनेकै रिक्सा हो।

माइला लामा उहिल्यै काठमाडौँ छिरेका हुन्। काम खोज्न तिमालबाट लहैलहैमा यता आएका थिए। तीन दशकदेखि रिक्सा चलाइरहेका छन्। रिक्सा चलाउनमै मस्त छन्। ‘अरु काम गरिएन, रिक्सा चलाउनबाहेक कुनै काम जानेको पनि छैन,’ उनी भन्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

कोराना महामारीअघि उनी उति गाउँ जाँदैन थिए। काठमाडौँमै भ्याइनभ्याइ हुन्थ्यो। अहिले त वसन्तपुर जानु र ग्राहक कुरेर रिक्सामा बस्नुमै सीमित भएको छ। ‘न पहिलाजस्तो चहलपहल छ, न ग्राहक नै हुन्छन्। कोरोनाले अन्य व्यापारमा असर गर्दा रिक्सा चढ्ने पनि कम भए,’ उनी भन्छन्।

कोराना महामारीअघि उनी उति गाउँ जाँदैन थिए। काठमाडौँमै भ्याइनभ्याइ हुन्थ्यो। अहिले त वसन्तपुर जानु र ग्राहक कुरेर रिक्सामा बस्नुमै सीमित भएको छ।

कोरोना महामारीको दोस्रो लहरपछि वसन्तपुरमा उति भिडभाड छैन। रिक्सा चढ्ने त झनै कम छन्। पर्यटकहरु आउनै छाडेका छन्। उनी दिनभरि रिक्सामा बसेर यात्रु कुरिरहन्छन्। ‘अहिले कमाइ छैन, यात्रु पाउन मुस्किल छ,’ उनी भन्छन्।

उनको रिक्सा पनि अब त पुरानो भइसकेको छ। रिक्साको अगाडि भागमा फूलका गुच्छा सजाएका छन्। त्यसैको माथि सानो चिटिक्कको छाता राखेका छन। छाता आफ्नो लागि हो। यात्रुका लागि घाम–पानी छेल्न प्लाष्टिक ओताएका छन्। तर, रिक्सा चढिदिने नभएर पो!

अहिले रिक्सा यात्रु बोक्नेभन्दा बढी थकाइ मार्ने साधन भएको छ। पानी पर्दा यसैमा ओत। घाम लाग्दा पनि यसैमा ओत। निद्रा लागे यसैमा सुतिदिन्छन्। यात्रु पाए दौडिहाल्छन्।

यात्रुले जता लगे उतै जान्छन्। बढीजसो त वसन्तपुर, असन, ठमेलतिर पुग्छन्। असनमा चारपाङ्ग्रेलाई प्रवेश निषेध छ, त्यसैले होला त्यता गइरहनुपर्छ। ठमेलमा पनि एकतर्फी बाटो र चारपाङ्ग्रेलाई निषेध गरिएका ठाउँ छन्। यस्ता ठाउँमा रिक्सा लैजान पाइन्छ।

रिक्साकै आम्दानीबाट उनी आमाबाबुलाई खर्च पठाउँछन्। आफ्नो जिन्दगी चलाउँछन्। प्रायः दिनको १५ सयदेखि २ हजार रुपैयाँ कमाउँछन्। सिजनमा त चारदेखि पाँच हजार रुपैयाँसम्म हुन्थ्यो। हिउँदलाई उनी रिक्साको ‘सिजन’ मान्छन्। त्यति बेला पर्यटक आउँथे।
‘अब त सिजन पनि के भन्नु? पर्यटकको अनुहार नदेखेको कति भयो कति?’ उनले निराशा व्यक्त गरे।

नेपालीहरु त्यति रिक्सा चढिहाल्दैनन्। ‘चढे पनि पर्यटकसँग जति पैसा लिनु भएन,’ उनी भन्छन्। यसरी उनको आम्दानी सुकेको डेढ वर्ष भइसक्यो।

कोरोना नियन्त्रणका लागि ११ चैत २०७६ देखि सरकारले लकडाउन घोषणा गर्दा उनी कामविहीन भए। अनि गाउँ सम्झिए। यताभन्दा उतै सजिलो होला भनेर तिमाल पुगे। आामबाबुसँग बसे। खेतीपाती गरे। उनले खेतबारीको काम छाडेको वर्षौँ भएको थियो। ‘पहिला त निकै गाह्रो भयो। खन्न, जोत्न, भारी बोक्न सजिलो कहाँ छ र? पछि बिस्तारै बानी परेँ,’ उनी भन्छन्।

लकडाउन पूर्णरुपले नखुलेसम्म उनी यता आएनन्। लकडाउन खुलेपछि आउँदा पनि रिक्सा चढ्ने मान्छे नै पाएनन्। फेरि गाउँ सम्झिए, तर गएनन्। रिक्सा चलाएको तीस वर्षमा पहिलो पटक कमाइ ठप्प भयो।

उनीसँगैका साथी धेरै विदेश गए। उनलाई जान मन भएन। ‘एक्लो ज्यान छ। घरमा बाबुआमा छन्। तीन जना त रिक्सा चलाएरै पनि पाल्छु भन्ने लागेर यतै बसियो,’ उनी भन्छन्। अहिले भने उनलाई रिक्साबाहेक अरु सीप पनि सिकेको भए हुने रहेछ भन्ने लाग्छ। ‘अब त सिक्ने उमेर पनि छैन,’ उनले भने।

उनलाई अब फेरि कोरोनाको अर्को लहर सुरु होला कि भन्ने डर छ। अर्को लहर आउने हल्ला सुन्छन्। अनि, कामना गर्छन्, ‘अब रिक्सा थन्काउने दिन नआओस्।’

प्रकाशित मिति: बिहीबार, भदौ ३, २०७८  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्