• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन २१, २०८३ Thu, Aug 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘दुःख त खोलो पो रहेछ, १२ वर्षपछि फर्कियो’

64x64
धनु विश्वकर्मा बिहीबार, साउन २८, २०७८  ०७:०५
1140x725

‘पैसा नभए त यहाँ पानी खान पनि पाइँदैन।’

सान्नानी बस्नेतले पसिना पुछिन्। उनको अगाडि पानीको बोतल भने छैन। नत्र घट्घटी पिउँथिन् होला।

सिन्धुपाल्चोकको डडुवामा खान–लाउन दुःख भए पनि पानी किन्नु पर्दैन थियो। जरुवाको पानी मनलाग्दी पिउन पाइन्थ्यो। अझ गाउँ–घरतिर पानी माग्दा मोही नै दिन्थे। सान्नानीको परिवारले त्यो गाउँ छाडेर काठमाडौँ पसेको १२ वर्ष भयो। दुःखका दिन हराए भनेको झनै गाढा भएर आए। ‘१२ वर्षमा खोलो फर्किन्छ भन्थे, दुःख त खोलो पो रहेछ,’ पछिल्लो समय उनलाई यस्तो लाग्न थालेको छ।

कुनै दिन श्रीमान‍्ले विदेश जाने इच्छा देखाएका थिए। दुःखले थिच्दै लगेपछि श्रीमान् आजित भएर यस्तो निर्णय गरेको उनी बुझ्थिन्। तर, उनैले रोकिन्। छुट्टिएर बस्नुभन्दा दुवै जना मिलेर काम गर्ने र जिन्दगी चलाउने योजना बनाइन्।

उनको योजनाअनुसार जिन्दगी चलिरहेकै थियो। तर, कोरोना महामारीले जिन्दगीको गति नै रोकिदियो। करिब डेढ वर्षअघि लकडाउन घोषणा भएपछि घर–व्यवहार अस्तव्यस्त भएको छ।

सोह्रखुट्टेमा दुई वटा कोठा भाडामा लिएका छन्। ९० वर्षीया सासू सँगै बस्छिन्। ६० वर्षीया आमाजू पनि उनीहरुसँगै छिन्। श्रीमान‍्ले दोस्रो बिहे गरेर बेवास्ता गरेपछि उनले आमाजूलाई पनि आफूसँगै राखेकी छन्। दुई छोराछोरी समेत गरेर ६ जनाको परिवार छ। केही गरी कोरोना भित्रियो भने वृद्ध सासूलाई धेरै जटिल होला भन्ने पीर छ। तर, निषेधाज्ञा खुकुलिएपछि बाहिर निस्किन थालेका छन्। ननिस्की व्यवहार पनि चल्दैन।

उनीहरुले फुटपाथमा व्यापार गरेर घर–व्यवहार चलाएका छन्। परिवारका तीन जनाले व्यापार गर्छन्। सान्नानी रत्नपार्कबाट भोटाहिटी जाने आकाशे पुलमा नाङ्लामा व्यापार गर्छिन्। श्रीमान् फुटपाथमा कपडा बेच्छन्। आमाजू पनि फुटपाथमा बसेर नाङ्लोमा नै व्यापार गर्छिन्। चुरोट, खैनी, जुत्ता पालिस गर्ने बुरुस, चुइगम, चकलेट, उनीहरुले बेच्ने यस्तै वस्तु हुन्। तर, आमाजू–नन्द फरक–फरक ठाउँमा बस्छन्। श्रीमान् भने कपडा बोकेर रत्नपार्क र टुँडिखेल वरिपरि घुमिरहन्छन्।

तीन जनाको कमाइले परिवार चलाउन कठिन थिएन। यस्तैमा अचानक आयो, कोरोना महामारी। अनि लकडाउन सुरु भयो। उनीहरुको व्यापार ठप्पै भयो। कमाइ रोकियो। खानै समस्या हुन थाल्यो। त्यति बेला भने श्रीमान‍्लाई विदेश पठाएको भए पनि हुने रहेछ भन्ने लाग्यो। तर, मन बुझाइन्। ‘विदेश भन्दैमा बोटमा पैसा फल्ने कुरा भएन, त्यता पनि महामारीले दुःख दिएकै छ,’ उनी भन्छिन्।

nimb
nimb
Ncell 2
Ncell 2

सान्नानी बिहान खानपिन तयार गर्छिन्। खुवाउँछिन्। कोठा सफा गर्छिन्। यस्तै काममा समय बित्छ। त्यसपछि आफ्नो काममा लाग्छिन्। ४० वर्ष पार भएकी सान्नानीको उही दैनिकी चलिरहेको छ।

उनको विवाह २०५८ सालमा भयो। एक छोरा र छोरी जन्मिए। छोराछोरी अहिले स्कुल पढ्दैछन्। छोरी कन्या मन्दिर सामुदायिक विद्यालयमा ११ कक्षामा पढ्छिन्। छोरो निजी विद्यालयमा पढ्दै छन्। लकडाउनले व्यापार ठप्प भएपछि छोरालाई पनि सामुदायिक विद्यालयमा नै सार्ने योजनामा छिन्। 

उनी मधुमेह र उच्च रक्तचापको बिरामी हुन्। कमाइ ठप्प हुँदा औषधि किन्न धौ–धौ पर्न थालेको छ। तर, हिम्मत हारेकी छैनन्।

कोरोनाभन्दा अगाडि भूकम्पले दुःख दियो। २०७२ सालमा गएको भूकम्पले उनीहरुको जीवनमा नयाँ मोड ल्याइदियो। सिन्धुपाल्चोकमा ससुराले बनाएको घर भत्कियो। त्यसपछि नयाँ घर बनाउनुपर्ने भयो। सबै दाजुभाइ मिलेर घर बनाए। त्यसमा उनीहरुकै बढी लगानी भयो। त्यस घरमा जेठाजु बस्छन्। उनका नातिनातिना भइसकेकाले परिवार ठूलो छ।

गाउँको जग्गाजमिनमा खान–लाउन पुग्ने गरी उब्जाउ हुँदैन। अनि त्यो पनि जेठाजुलाई नै छाडिदिएका छन्। ‘काठमाडौंमा संघर्ष गरेर बाँच्न त सकिन्छ!’ यस्तै सोचेर हाम फालेका थिए।

गाउँको जग्गाजमिनमा खान–लाउन पुग्ने गरी उब्जाउ हुँदैन। अनि त्यो पनि जेठाजुलाई नै छाडिदिएका छन्। ‘काठमाडौंमा संघर्ष गरेर बाँच्न त सकिन्छ!’ यस्तै सोचेर हाम फालेका थिए।

तर, अचानक आइपुग्यो, कोरोना महामारी। अनि त गुजारा चल्ने बाटो नै बन्द भयो। लकडाउनमा धेरै मान्छे काठमाडौं छाडेर गाउँ गए। गाउँसँग उनीहरुको आड–भरोसा रहेछ। तर, उनीहरुको त गाउँसँग आडभरोसा पनि थिएन। काठमाडौंका कोठामै थुनिए। लकडाउन खुल्ने दिन पर्खिएर बसिरहे।

बल्ल बाहिर निस्किएर अलिअलि व्यापार गर्न थालेका थिए, फेरि निषेधाज्ञा लाग्यो। ‘अहिले व्यापार थालेको केही दिन मात्र भयो, फेरि कोरोनाको बिगबिगी बढ्यो भन्छन्। यसले त हामी गरिबलाई सकाएरै छाड्ने भयो,’ उनले भनिन्।

उनीहरुले पनि अरुबाट सामान किनेर ल्याएर बेच्नुपर्छ। मूल्य थोरै बढाएर बेचेर गुजारा चलाउने हो। कोरोनामा सामान ल्याउने ठाउँ बन्द हुन्छ। महङ्गी बढेको बढेकै छ। त्यसमाथि महानगर प्रहरीले फुटपाथमा सामान बेच्न दिँदैन। प्रहरी देख्नेबित्तिकै भागदौड चल्छ। ‘हामीलाई पनि महानगरलाई नटेरी फुटपाथमा व्यापार गर्ने रहर त कहाँ हो र? तर, बाँच्ने अरु उपाय पनि त छैन,’ उनी गुनासो गर्छिन्।

गाउँ र शहरमा धेरै फरक छ। गाउँमा माया गर्ने आफन्त हुन्छन्। दुःख सुनाउन पाउँदा पनि आधा कम हुन्छ। काठमाडौंमा त सुनिदिने पनि कोही छैनन्। ‘यहाँ त कुरा सुनाउन पनि पैसा पो तिर्नुपर्छ। पानी सित्तैमा पाउने त ठूलो कुरा भयो नि,’ उनले भनिन्।

उनीसँग कुरा सकेर उठ्नै लाग्दा भनिन्, ‘लौ नानी, कोरोनाले भन्दा भोकले मरिने पीर भयो। बाँचिएछ भने भेट होला।’ उनलाई फेरि निषेधाज्ञा लाग्ला भन्ने चिन्ता छ।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
राष्ट्रियसभाको बैठक बस्दै, गृहमन्त्रीले जवाफ दिने बिहीबार, साउन २१, २०८३
रौतहटमा पेट्रोल बोकेको ट्यांकरमा आगलागी बिहीबार, साउन २१, २०८३
मनसुन सक्रिय: कुन-कुन प्रदेशमा हुँदैछ भारी वर्षा? बिहीबार, साउन २१, २०८३
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी त्रिभुवन विमानस्थलबाट पक्राउ बुधबार, साउन २०, २०८३
डिप्लोमा इन्जिनियरहरूको छुट्टै परिषद् बन्दै बुधबार, साउन २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार, साउन २०, २०८३
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी त्रिभुवन विमानस्थलबाट पक्राउ बुधबार, साउन २०, २०८३
निम्स दाइसहितको शव सङ्कलन गरी बेसक्याम्पमा ल्याइयो बुधबार, साउन २०, २०८३
हर्मुज खोल्न ट्रम्पको चेतावनी बुधबार, साउन २०, २०८३
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याब नियुक्त बुधबार, साउन २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्