• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

भारी बोक्न पाए पो दशैँ आउँछ !

64x64
धनु विश्वकर्मा बिहीबार, असोज ७, २०७८  ०७:०३
1140x725

काठमाडौं– असनका भरियाहरुको दुई समूह छ, स्थायी र अस्थायी। बाह्रैमासा काम गर्ने स्थायी हुन्। चाडबाडको बेला मात्र भारी बोक्न आउने अस्थायी।

दशैँ नजिकिएपछि सर्वसाधारणलाई किनमेल गर्न भ्याइनभ्याइ हुन्छ। त्यही कारण असनमा भिडभाड बढ्छ। बाहिरबाट आउने सामानको चाप पनि बढ्ने भएकाले अस्थायी भरिया यही बेला आइपुग्छन्। काभ्रेका इन्द्रबहादुर तामाङ यहाँका अस्थायी भरिया हुन्।

उनी बाह्रैमास भारी बोक्दैनन्। गाउँमा खेतीपाती छ। परिवार गाउँमै छन्। दशैँको बेला मात्र यता आउँछन्। ‘दशैँमा भारी बोक्न पाइने हुनाले चाडबाडको खर्च जुटाउन यता आउँछु,’ उनी भन्छन्, ‘अरु बेला गाउँमै खेतीपाती र मेला जान्छु।’

तर, यसपटक उनले भारी बोकेर पहिलाजस्तो कमाउन सकेका छैनन्। ‘पहिले काम भ्याई नभ्याई हुन्थ्यो। टाउकोबाट नाम्लो हट्दै हट्दैनथ्यो,’ उनले भने, ‘अहिले नाम्लो काँधमा झुन्डिएको छ।’ लकडाउनपछि भारी बोकेर कमाइ हुन छाडेको उनी बताउँछन्। 

अस्थायी भरियालाई स्थायीको जस्तो ‘सहज’ छैन। स्थायीका आफ्ना साहु हुन्छन्। काम भए साहुले खबर गर्छन्। उनीहरुले नभ्याउने भए मात्र अस्थायीलाई दिन्छन्।

दशैँ नजिकिँदै गर्दा ठेलमठेल हुन थालेको असनको साँघुरो गल्लीमा भेटिए, कुशल सुवेदी। भर्खर २१ वर्ष पुगेका कुशलले भरिया काम थालेको चार वर्ष भइसक्यो। उनलाई यसपटकको दशैँ पनि गत वर्षको जस्तै खल्लो हुने हो कि भन्ने चिन्ता छ।

कोरोना महामारीका कारण बजार बन्द हुँदा पोहोर उनले मनग्गे कमाइ हुने गरी भारी बोक्न पाएनन्। अनि त दशैँमा पनि मन खोलेर खर्च गर्न सकेनन्। यसपालि पनि त्यस्तै पो हुने हो कि, अझै टुङ्गो लागेको छैन।

उनले डेढ वर्षअघि भएको लकडाउनपछि भारी बोक्न पाएका थिएनन्। कामविहीन भएर घरैमा बस्नुपर्‍यो। उनी मात्र होइन, उनका बाबु पनि कामविहीन भए। बाबुछोरा नै असनमा भारी बोक्छन्। बाबु असनका स्थायी भरिया हुन्। कुशल भने पढाइ छाडेर कमाउनकै लागि दोलखाबाट बाबुसँग शहर पसेका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

यसपालि पोहोरभन्दा अलि फरक छ। असनमा भिड सुरु भइसकेको छ। बाबुछोराले भारी बोक्न पनि पाइरहेका छन्। दशैँ नजिकिएपछि कमाइ केही बढेको छ। ‘पोहोर त दशैँ आएको र गएको नै पत्तो भएन,’ कुशल भन्छन्, ‘भारी बोक्न पाए पो आम्दानी पनि हुन्छ, दशैँमा खर्च गर्न पनि पाइन्छ। भारी नै बोक्न नपाएपछि के दशैँ आउँछ?’

भारी बोक्न पाइरहे पनि यसपालि अघिअघिजस्तो कमाइ भने नभएको उनी बताउँछन्। कोरोना महामारीअघि दशैँताका दैनिक दुई हजारदेखि २५ सय रुपैयाँसम्म कमाइ हुन्थ्यो। ‘यसपालि त सात आठ सय छ। त्यैपनि लकडाउनमा जस्तो खाली बस्नु परेको छैन,’ उनी सन्तोष जनाउँछन्।

असनमा व्यापार ठप्पजस्तै हुँदा त्यसको मारमा व्यापारी मात्र थिएनन्, त्यसैमा आश्रित भरिया पनि थिए। व्यापार चम्किँदा नै उनीहरुले काम पाउने हुन्। दशैँका लागि हुने खर्च उनीहरुले भारी बोकेरै जुटाउनुपर्छ। 

दोलखाको कालिञ्चोक घर भएका शम्भु कटुवाल पनि स्थायी भरिया हुन्। उनले भारी बोक्न थालेकै २० वर्ष भयो। काम भएको बेला साहुले बोलाउँछन्। अरुले बोलाए पनि भारी बोक्न पुगिहाल्छन्। 

यसपटक पोहोरजस्तो खाली बस्नु परेन। तर, कमाइ पनि उस्तो छैन। ‘पहिले सिजनको बेला काम मारामार हुन्थ्यो, खाना नखाएर भारी बोक्ने गरिन्थ्यो,’ उनी भन्छन्, ‘यसपटक कमाइ छैन, काम भने पाइएको छ। यसरी त दशैँ खोइ के मनाइएला र?’ 

हुन त भरियाको कमाइ निश्चित हुँदैन। काम भएको दिन पैसा हुन्छ, काम नभएको दिन रित्तो हात। कामको चाप बढे मूल्य पनि बढाउन पाइन्छ, चाप कम भए हानथापले मूल्य पनि कम हुन्छ। महामारीअघि शम्भु दैनिक दुईदेखि तीन हजार कमाउँथे। अहिले ५०० देखि एक हजारसम्म मात्र कमाइ हुने बताउँछन्। 

दशैँ नजिकिँदै गर्दा व्यापार खुलेको अर्का भरिया दीपक तामाङको अनुभव छ। दुई वर्षपछि बल्ल उनको कमाइ बढेको छ। ‘यसपटक भारी बोक्न पाइएको छ, दशैँ केही राम्रो होला,’ उनले भने, ‘पोहोर भारी बोक्न पाइएन, दशैँमा उल्टै ऋण लाग्यो।’

तर, उनलाई फेरि कोरोना महामारीको पारो उभोँ उक्लिएला भन्ने चिन्ता छ। त्यसो भयो भने बजार बन्द हुन्छ। अनि फेरि कामै नपाइने डर छ। ‘दुई वर्षपछि बल्ल कमाइ हुन थालेको छ। अब चाडबाडपछि महामारी बढ्यो भने लकडाउन भएर काम नपाइने हो कि भन्ने चिन्ता छ,’ उनी भन्छन्।

अस्थायी भरिया इन्द्रलाई भने यसपालिको दशैँको मात्र चिन्ता छ। चाडबाडपछि महामारी बढे गाउँमै बस्ने नत्र हिउँदमा खेतीपाती नहुने हुँदा फेरि भारी बोक्न आउने उनी बताउँछन्। ‘यसपालीको दशैँ पोहोरको भन्दा त राम्रै होलाजस्तो छ,’ उनी भन्छन्।

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
यूएन महासभामा यसपटक ‘सानो टोली’, परराष्ट्रमन्त्री भोलि जाँदै, प्रधानमन्त्री २२ सेप्टेम्बरमा न्युयोर्क जाने शनिबार, असोज ३, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान शनिबार, असोज ३, २०८३
ओली–प्रचण्डलाई गगनको आग्रह– संविधानको नाममा ध्रुवीकरण नगरौं, रास्वपासँग पनि सहकार्य गरौं शनिबार, असोज ३, २०८३
नेपालको कुन संविधान कति पटक संशोधन भए ? शनिबार, असोज ३, २०८३
प्रदेशदेखि राखेजदेखि राजसंस्था स्थापनासम्म : ज्ञानेन्द्र शाहीका संविधान संशोधनका चार प्रस्ताव शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्