• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख ८, २०८३ Tue, Apr 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
नियात्रा

थलोमा देखिएको कुरुप दृश्य

64x64
माधव घिमिरे ‘अटल’ शनिबार, कात्तिक ६, २०७८  ०९:०८
1140x725

एकाएक तय भएथ्यो माङ्खा जाने कार्यक्रम।

‘राजु भाइ, मलाई छिट्टै सिन्धुपाल्चोक जानुपर्ने भो। सम्भव छ?’

उनीसँग यो प्रस्ताव राख्दा मेरा अनन्य मित्र कृष्ण कोपिलाकी ममतामयी माता गणेशकुमारी कोइरालाको महाप्रस्थान भएको पाँचौँ दिन भइसकेको थियो।

माधव घिमिरे ‘अटल’

उन्नाईस वर्षपछि काठमाडौँमा तीन घण्टाभित्र सबैभन्दा बेसी वर्षा रेकर्ड भएको थियो। त्यसैको भोलिपल्ट हामी सिन्धुपाल्चोक हिँड्ने सल्लाहमा थियौँ। कतै मौसमले धोका दिने पो हो कि भन्ने संशय थियो। भोलिपल्ट झिसमिसेमै उठेर झ्यालबाट आकाशतिर हेर्दा जान सकिन्छ कि भन्ने झिनो आभास गरायो। ठीक त्यही बेला राजु भाइको फोन आयो। तत्कालै जाने निधो पनि भइगो।

मेरो बसाइँ मनमैँजु, उनको भक्तपुर। हतारहतार नित्यकर्म पूरा गरेर लागेँ म भक्तपुर।

बिहानको साढे आठ बजिसकेको थियो भक्तपुरबाट हिँड्दा। मौसम साँच्चिकै खराब भइदिएको भए त यात्रा कहाँ सम्भव हुन्थ्यो र!

विना योजनाको यात्रा, त्यो पनि भटभटेमा।  

धीमा गतिमा अघि बढ्यो हाम्रो यात्रा। छरितो सवारी हो बाइक। राजुको हँकाइ भद्र छ। यथार्थमा आम सडकको अवस्थाअनुसारकै थियो उनको हँकाइ। फेरि माइक्रो र मिनी बसका अराजक चालकबाट सावधानी अपनाउनैपर्छ, दुई पाङ्ग्रेले। ‘विस्तारै गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न’ भन्ने त सवारी आहान नै छ। सफल यात्राको द्योतक हो सुस्त हँकाइ। राजुको पछाडि बसेर हुइँकिँदै गर्दा यस्तै-यस्तै सोचिरहेको थिएँ म।

nimb
nimb
Ncell 2
Ncell 2

राजु शर्मा अर्थात् एक सहृदयी र ऊर्जाशील युवा। सिन्धुका गतिशील चेतनावाहकको पर्याय पनि हुन् उनी। उनकै पहलमा समाजमा सामान्य लाग्ने थुप्रै असामान्य कामहरु भएका छन्। पेसा, व्यवसाय राजधानी खाल्डोमा भए पनि मन चाहिँ सधैँ सकसमा बाँचेका बस्ती र अक्करमा परेका मान्छेहरूमा छ उनको।

पारिवारिक गफगाफ, जीवनका उकालीओराली, जागिरे जीवनका आरोह–अवरोह, यात्राको समयचाप र भुइँमान्छेका सकसबारे गफियौँ दुई भाइ। हरेकजसो भेटमा प्रायः यस्तै गफगाफ हुन्छ हाम्रो। परस्परमा गरिने इज्जत, विश्वास र मायाले आत्मीय बनाएको छ हाम्रो सम्बन्ध।

गफिँदागफिँदै पुगियो सिम्ले। यात्रुहरुको भोक मार्ने जङ्सन हो यो। मज्जाले लाद्रो भर्‍यौँ हामीले। औपचारिक भलाकुसारीबाहेक बाटोमा भेटिने लम्बेतान बातचित भएन कसैसँग।

यात्रा पुनः रोकियो अँधेरी पुगेर। खिच्रीमिच्री किनमेलपछि लागियो उकालो। हिलो, गेग्रान र गिटीमा राजुले कान निमोठ्दा रुन्चे हाँसो हाँस्न विवश थियो विचरो बाइक।

राजुले सकसपूर्ण ढङ्गले माङ्खा पुर्‍याए।
०००

आमूल परिवर्तनको कहरिलो यात्रामा लामबद्ध हुने योद्धाहरूको भूमि हो– माङ्खा। रगत दिएर इतिहास बदल्ने समरयात्रीहरूको क्षेत्र हो– माङ्खा। मूलतः सदियौँदेखि यही भूगोललाई थातथलो बनाएका आदिवासी तामाङहरुको बसोबास क्षेत्र हो यो। कुनै बेला उनीहरूले लगाएका बालीनाली चोरेर बिछट्टै दुःख दिन्थे रे वानरहरूले। स्थानीय तामाङ भाषामा मान्छेका यी चञ्चल पुर्खालाई ‘माङ्खुई’ भनिँदोरहेछ। ‘माङ्खुई’ भन्दाभन्दै अपभ्रंश भएर माङ्खा भनिएको रे। कुनै बखत कोपिला सरकै मुखबाट सुनेको सम्झँदै गर्दा अतीततिर घोत्लिन पुगेथेँ म।

बर्खा र महामारीको समय। बाक्लो आवतजावत पनि अठ्याङ। र, पनि मित्रस्नेहले तानेर पुगेका थियौँ हामी माङ्खामा।

आफ्ना भाइहरुसँगै घरको छिँडीमा किरियापुत्रीका रुपमा बसेका थिए कोपिला सर। दाह्री, जुङा र कपाल खौरिएका। सेतो धोती बेरेका। मेखलाले शरीर ढाकेका र टाउकोमा सेतै कपडाको झपेत्रो हालेका। जीवनमा एकपटक सबैले व्यहोर्नैपर्ने दुःखको घडी व्यतीत गर्दै थिए उनी। शोक, सन्तप्त देखिन्थे, परिवारजन र समस्त आफन्तजन पनि। उनको गालाका रेखाहरुमा पीडाका तरङ्ग सल्बलाइरहेका देखिन्थे। जन्म दिने आमा गुमाउँदाको त्यो दुःखद क्षणमा उनको वेदना महसुस गर्न सक्थेँ म। त्यसो त जीवनको अन्तिम सत्य हो– मृत्यु। एक दिन हामी सबैले रोज्नुपर्ने बाटो पनि हो यो।  

मैले दिवंगत आत्माको चीर शान्तिको कामना गरेँ मनमनै। शोक, सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेँ।

कोपिला सर एउटा सक्रिय, प्रेरणादायी एवम् गतिशील शिक्षक। शिक्षाको न्यानो घाम हुन् उनी। उनले आफूमा भएको विद्याको तापले यो अक्करिलो भूगोलका विद्यार्थीहरुलाई सेक्न थालेको लामै कालखण्ड बितिसकेको छ। आमूल परिवर्तनको राजनीतिमा पनि दशकौँदेखि प्रत्यक्ष/परोक्ष योगदान छ उनको। सकेसम्म सबैको भलो चिताउने सादगी व्यक्तित्व हुन् उनी।

हामी पुग्नुअगावै समवेदना व्यक्त गर्न एउटा विशाल टोली पुगिसकेको रहेछ त्यहाँ। बोलीचालीको भङ्गिमाबाट उनी सम्बद्ध पार्टीको होला भन्ने लख काटेँ मैले। समवेदना व्यक्त गर्ने परम्पराले स्वाभाविक रुपमा दुखेको घाउमा मल्हमपट्टी लगाउन मद्दत गर्छ। तेह्र दिनसम्म अलिनो एक छाक मात्र खाने र सेतो वस्त्र धारण गर्ने परम्परा आजको आधुनिक युगमा कतिसम्म जायज, विज्ञानसम्मत र तर्कसङ्गत होला भन्ने कुराको घनीभूत बहस अझै भएको छैन। सम्भावित वैकल्पिक विधि अद्यापि सुझाइएझैँ लाग्दैन। हिन्दू धर्मावलम्बीले आजपर्यन्त पुरानै संस्कारलाई निरन्तरता दिँदै आएका छन्, भलै फाट्टफुट्ट मनमौजीरुपमा यो विधि उल्लङ्घन नगरिएको भने होइन।

क्रियास्थलमा आएका ती भलादमीहरूले कीर्तिशेष भएकी गणेशकुमारी कोइराला परिवारलाई समवेदना–पत्र हस्तान्तरण गर्ने दर्मियानमा तस्वीर खिचाउन तँछाडमछाड गरेको अनपेक्षित दृश्यले भने मेरा आँखा बिझायो। बाफरे, हस्तान्तरणकर्तालाई भाइरल बन्ने कत्रो रहर! समय, सहानुभूति र अर्थ लगानीको हिसाबकिताब पो हो कि भनेझैँ लाग्ने ! गूढ कुरा बुझ्न धौधौ नै भयो।

तर, म भन्छु– संस्कृतिभित्रको एउटा विकृति नै हो यो।

एक छिन अनौपचारिक गफगाफपछि ओरालियौँ हामी किरियापुत्रीलाई स्वास्थ्यको ख्याल राख्न आग्रह गर्दै।

पैदलै झर्ने सिलसिलामा अचानक जम्काभेट भयो, जीवनलाई जोखिमहरूको सुन्दर कविता कोर्ने एक योद्धा कृष्णप्रसाद चौलागाईंसँग। माओवादी युद्धमा होमिँदैगर्दा उनले जनताका छोराछारीलाई बन्दुक बोकाउने सिलसिलामा सायद मोहित र विद्रोहीले गाएका यी र यस्ता गीतहरु कति गाए होलान् र मुक्तियुद्धको बाटोमा उनीहरुलाई पनि होमे होलान्–
‘कसले भन्छ क्रान्ती यहाँ सफल हुँदैन
कसले भन्छ योद्धाहरुको जीत हुँदैन...’

तर, आज मुक्तियुद्धले बाटो बिराएकोमा दु:खेसो गर्ने उनी जबरजस्त मुस्कुराउन भने खोज्दै थिए, भलै दिल टुटेकै किन नहोस्। परिचय र भलाकुसारीपछि कुरैकुरामा उनले भने–‘अन्य संसदीय पार्टीले के भन्लान् भनेर नेताहरूले सपना बदले। रत्तिभर हेक्का राखेनन् कि अरू यथास्थितिवादीहरू तत्कालीन माओवादीले सफलताको सोपान चढेको होइन, लडेको हेर्न चाहन्थे। ममताले हात समातेर उकाल्न होइन, खुट्टा तानेर पछार्न खोजेका थिए।’

फर्कनुपर्ने हतारोका कारण उनले गुनासोका पेटिका फुकाउन भने भ्याएनन्। आगामी भेटमा मनग्गे गफगाफ गर्ने वाचा बाँधी बिदा भयौँ उनीसँग। राजुले भटभटेलाई ओराल्दैगर्दा मेरो हृदयपटलमा रङमङाइरह्यो गायक जीवन शर्माको गीत–
‘कालो धन थुपारेर ढल्की हिँड्नुभन्दा
हलो जोत्नु, गिटी कुट्नु होला राम्रो धन्दा
होला बरु झुपडीमा भोकै सुत्नु राम्रो
बितोस् बरु जिन्दगी पसिनामै हाम्रो....’

०००

हरियाली वस्त्र बेरेकी छिन् प्रकृतिले। स-साना झरनाको मधुर गुञ्जनले गुञ्जायमान छ वातावरण। किञ्चित पर ब्वाँसेको सेरोफेरोतिर अविरल छङ्छङिरहेछ, खँदर्का झर्ना अर्थात् नौछाँगे। स्थानीयहरू व्यस्त छन्, आ-आफ्नै लुतेधन्दामा। समयको सुईसँगै धन्दामा तल्लीन नभए आगो बल्दैन चुलोमा। गुल्जार डाँडाकाँडामा धसिएका छन् स्थानीयहरु पेटपालो र खाइजीविकाका निम्ति।

हिँड्दाहिँड्दै अकस्मात मेरो नजर पर्छ कूपकन्या माविमा सल्बलाइरहेका एक हुल शिक्षार्थीतर्फ। छ दशक उमेर पार गरेको प्रौढ शिक्षालयलाई २०७२ साले महाभूकम्पले क्षतविक्षत बनाएछ। अनेकन् रस्साकस्सीपछि वडा अध्यक्ष चित्रबहादुर तामाङको विशेष पहलमा टाटाको सहयोगबाट पुनर्निर्माण भएको रहेछ भवन। यही नवीन संरचना नियाँल्दै गर्दा आधा दर्जन वर्ष अघिका वीभत्स दृश्य फनफनी घुमे मेरो मानसपटलमा। महाभूकम्पमा ज्यान गुमाउनेमध्ये झण्डै आधाउधी यतैहुँदीका थिए। हेलीका कर्कश आवाजले दिमाग रन्थनाउँथे तिनका। कदाचित् त्यो कम्पन मध्यरातमा भएको भए...! के गत हुँदो हो सिन्धुबासीको ? चक्कराउँछ मगज आजपर्यन्त।

बाटोमै सेपेर निर्माण गरिएको छ शैक्षिक देवल। यदाकदा गुड्ने नै किन नहुन्, चार पाङ्ग्रेदेखि दुई पाङ्ग्रेका उच्चाटिला आवाजले विशृङ्खलित पार्छ विद्यार्थीको ध्यान। नजिकैको धारामा हुने नुहाइधुवाइले उत्तिकै विभाजित गरेको हुन्छ कलिला मष्तिष्क। ती मुनाहरूले नजर फ्याँकेर झ्यालबाट एकैसाथ नियालिरहेका थिए, हिँडिरहेका बटुवा र आकाशमा छुन्मुनाइरहेका बादलका बुच्का।

हरियालीकै राज छ सर्वत्र। भिरालो भूधर। उर्वर जमिन। अनेक आकार र आकृति बनाएर इतरिरहेछन् बादलका चोइटाचोइटी र उत्ताउलिरहेछन् जमिनमा जल हुत्याउने होडमा। गाउँको पुछारमा हुनहुनाइरहेछ अविरल भोटेकोशी।

कुनै बखत सिङ्गै पहाड फाल हालेको जुरेको जुरोतिरबाट ओर्लंदै गर्दा ठेल्दैछौँ हामी भटभटे। हामीलाई तान्नुपर्ने चिजलाई हामीले नै ठेल्नुपर्‍यो। एकछिन असिनपसिन बनेपछि आइपुग्यो बलेफी गाउँपालिका वडा नं– ६ को नवनिर्मित भवन। एक स्थानीय युवाका अनुसार अनेक रडाको, राजनीतिक रस्साकस्सी र आफूलाई पायक पार्ने ठूलाठालुको अस्वस्थ दाउपेचलाई ह्याकुलाले थिचेर भौगोलिक रुपबाट मध्यबिन्दुमा पर्ने गरी निर्माण सम्पन्न गरेका रहेछन् वडाध्यक्ष चित्रबहादुर तामाङले। अत्यावश्यक वृहत् कार्यक्रमसमेत  आफ्नै परिसरमा आयोजना गर्न पुग्ने मनग्गे जमिन छ यहाँ। सलामयोग्य लाग्यो उनको यो दृढ फैसला।

भटभटेको कान बटार्दैबटार्दै राजुले पुर्‍याए जालबारी स्वास्थ्य इकाईको सेरोफेरोमा। निकोल निक्की प्रतिष्ठानकी संस्थापिका निकोल निक्कीले आर्थिक सहयोग उपलब्ध गराएर निर्माण कार्य सम्पन्न भएको रहेछ यो भवन। भित्तामा राखेको बोर्डमा टङ्कित थियो– निकोल निक्कीको योगदान। रूद्रप्रसाद चौलागाईं र यज्ञप्रसाद चौलागाईं जग्गादाता। मूलबाटोदेखि इकाईसम्म पुग्नका निम्ति चौडा सडक बनाउन मद्दत गर्ने भूमिदाता दिवंगत चन्द्रप्रसाद चौलागाईं र केदारमाया तिमिल्सिना। यी उदारमना व्यक्तित्वलाई शिर झुकाई नमन गरेँ। जताततै लुट देखेको र भोगेको वर्तमानमा दिलदार मान्छे पनि त भेटिँदारहेछन्! राजु शर्मासहितको वृहत् कार्यदलको हंसमुख तस्वीरमा उदारता र समाजसेवाको प्रतिविम्ब भेटिन्थ्यो। सूत्रवाक्यहरु अङ्कित छन्, तस्वीरको बायाँतिर। भोगाइ र गराइका गहन शब्दहरू पोखिएका छन् भित्तैभरि–
‘एकता नै वास्तविक बल हो।’

‘भाग्योपहारभन्दा कैयौँ गुणा मीठो हुन्छ श्रमको फल।’

‘विकासको बीज पसिनाको दानालेमात्र उमार्न सकिन्छ।’

‘हरेक बार, खाना चार।’

निःसन्देह शब्द त आफैँमा अर्थपूर्ण हुन्छन् नै तर, खोजेर लेखिने शब्दभन्दा भोगेर लेखिने शब्दले नै दुनियाँको दिल छुँदोरहेछ। स्थानीय पहललाई मैले दिलैदेखि पुनः सलाम गरेँ। उनीहरूको पहलमा एउटामात्र किन नहोस् इँटा थप्ने मन थियो किन्तु मेसो मिलेन।

बाइकले निरन्तर निहुँ खोजिरहेकै थियो। नघिच्याई सुखै पाइएन केही घुम्ती।

ओरालिँदै गर्दा मनमा लागिरह्यो, त्यसै भनिएको रहेनछ– ‘सके आँसुको सहारा बनौँ, नसके पनि कारण चाहिँ नबनौँ’ भनेर। अनायासै राजु शर्मालाई पुलुक्क हेर्न पुगेँ म। उनी सकीनसकी तानिरहेका थिए उनकै सवारी। सोचेँ– ‘जहाँ रहे पनि मान्छेको जरूरत बनेर रहनू, बोझ बनेर होइन।’ सायद कुनै बेला शर्माको काम देखेर जोकोहीले भन्नेछ– फलानो... यतैकतै बस्थ्यो र अत्यन्त उत्कृष्ट ढङ्गले काम गथ्र्यो। यही झझल्को मिल्थ्यो उनका सत्कर्मको।

ओरालिने दर्मियानमा थियौँ हामी। बेसी आइपुग्दा घामले बर्साएको राप हामीलाई अभिशाप बनिरहेको थियो।

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  ०९:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
माधव घिमिरे ‘अटल’
लेखकबाट थप
थलोमा देखिएको कुरुप दृश्य
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
सुनको मूल्य बढ्यो मंगलबार, वैशाख ८, २०८३
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै मंगलबार, वैशाख ८, २०८३
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा मंगलबार, वैशाख ८, २०८३
एप्पलका सीईओ टिम कुकले दिए राजीनामा मंगलबार, वैशाख ८, २०८३
वीरगञ्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ करोड राजस्व संकलन मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण सोमबार, वैशाख ७, २०८३
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी सोमबार, वैशाख ७, २०८३
यी हुन् रास्वपाका १६ सचिवालय सदस्य (सूचीसहित) सोमबार, वैशाख ७, २०८३
त्रिभुवन विमानस्थलको उडान समय घटाइयो सोमबार, वैशाख ७, २०८३
अर्थमन्त्री डा वाग्ले र सबै मन्त्री तथा सचिवहरुबीच छलफल सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्