काठमाडौं– आईसीसी टी–२० विश्वकप छनोट खेल अन्तर्गत अन्तिम खेलमा नेपालले सामोआलाई २१२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
नेपालका ओपनर आशिफ शेख र अलराउन्डर दीपेन्द्र सिंह ऐरीको अर्धशतकमा नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २११ रन बनाएको हो ।
नेपालका लागि आशिफ शेखले सर्वाधिक ६९ रन बनाए । ३१ बलमा अर्धशतक बनाएका उनले ४१ बलमा ६९ रन बनाएका हुन् । टि–२० आई करिअरमा उनको यो सर्वाधिक स्कोर हो ।
यस्तै दीपेन्द्र सिंह ऐरीले पनि अर्धशतक प्रहार गरेका छन् । उनले ३३ बलमा ५३ रनको योगदान दिए । यस्तै १५ बलमा कुशल भुर्तेलले १७ रन बनाए । यता लोकेश बमले मात्र १२ बलमा ३९ रनमा अविजित रहे । १२ बल नै खेलेका कप्तान रोहित पौडेलले १२ बलमा २१ रन तथा आरिफ शेखले ७ बलमा ९ रन बनाए ।
नेपाल यसअघि नै विश्वकपमा पुगिसकेको छ । यो खेल जीते प्रतियोगितामा शीर्ष रहँदै उपाधि जित्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।