काठमाडौं– अन्तरराष्ट्रिय बजारमा बिहीवार कच्चातेलको भाउ बढेर प्रतिब्यारेल ८६ डलरभन्दा माथि पुगेकोे छ।
यो तीन वर्षकै उच्च भएको समाचारहरुमा उल्लेख छ। सीमित आपूर्ति र विश्वभर देखिएको ऊर्जा अभावका कारण कच्चा तेलको मूल्य बढेको विश्लेषकहरुको भनाइ छ।
अमेरिकाको ऊर्जा सूचना प्रशासनले बुधवार सार्वजनिक गरेको तथ्यांकअनुसार कच्चा तेल र इन्धनको इन्भेन्टयिरज सीमित भएको छ।
बिहीवारको कारोबारमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ८६ डलर १० सेन्टको उच्चतम् विन्दुसम्म उक्लिएको थियो । यो सन् २०१८ को अक्टोबर यताकै उच्च हो।
बिहीवार अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियटको भाउ भने शून्य दशमलव ७ प्रतिशतले घटी प्रतिब्यारेल ८२ डलर ८५ सेन्टमा आएको थियो।
पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन ओपेक र समूहबाहिर रहेका रुस लगायत तेल उत्पादकहरुको समूह ओपेक प्लसले उत्पादन बढाउने योजनामा सुस्त गतिमा अगाडि बढाएसँगै यस वर्षको अहिलेसम्मको अवधिमा ब्रेन्ट क्रुडको भाउ ६० प्रतिशतभन्दा धेरैले बढिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।